कैलासबावु श्रेष्ठ/गोरखा
असोज २३ गते । नेपालीहरुको महान पर्व बढादसैँ मान्नका लागि राजधानी काठमाडौं उपत्यकाबाट अहिलेसम्म २२ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् ।
उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको हो । बिहीबार, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिरिने यात्रुको सबै भन्दा बढी चाप रहेको र आइतबार सामान्य भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार शनिबार १ दिन मात्रै २ लाख ५० हजार भन्दा बढी यात्रु उपत्यका छाडेर आफ्नो गाउँ गएको भने शुक्रबार सबैभन्दा बढी ३ लाख ५० हजार यात्रु बाहिरिएका थिए । उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, साँखु, पासाङल्हामु मार्ग र टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।
दसैँलाई लक्षित गरी अहिले साना ठूला गरी दैनिक ५ हजारको हाराहारीमा सवारी सञ्चालनमा ल्याइएको छ । सामान्य अवस्थामा दैनिक १ हजारदेखि १ हजार २ सयसम्म सवारी आवतजावत हुने गर्दथ्यो । दसैँको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासंघले जनाएको छ ।
सनिबार सम्म २२ लाख बढी यात्रु राजधानीबाट बाहिरीए
सनिबार सम्म २२ लाख बढी यात्रु राजधानीबाट बाहिरीए
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



