कैलासबावु श्रेष्ठ/गोरखा
असोज २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन र पूजा गर्दै छिन ।
राष्ट्र प्रमुखका हैसियतमा यसअघि राजाले शक्ति पीठको पूजा गर्ने परम्परा अनुसार गणतन्त्र स्थापना पछि राष्ट्रपतिले पूजा गर्ने गरेका हुन् । राष्ट्रपति भण्डारीले दिउँसो ४ बजेदेखि उपत्यकाका आधा दर्जनभन्दा बढी शक्ति पीठको दर्शन गर्ने उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जनाएका हुन् । 
राष्ट्रपतिले रक्तकालीबाट सुरु गरी नक्साल भगवती, गुहेश्वरी, संकटा, मैतीदेवी शोभा भगवती लगायत शक्तिपीठको पूजा अर्चन गर्ने छिन् ।
यसैबीच पूर्वराजा पनि साँझ ५ बजेबाट उपत्यकाका शक्तिपीठको दर्शन र पूजा अर्चनाका लागि निस्किदै छन् । नक्साल भगवतीबाट सुरु हुने दर्शन र पूजा अर्चनाको क्रम इन्द्रायणी पुगेर टुंङ्गिने पूर्व राजाका सचिव डा.फणि पाठकले जनाएका हुन् ।
राष्ट्रपति द्वारा पूजा अर्चना
राष्ट्रपति द्वारा पूजा अर्चना
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



