×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

डा. केसी दशैंभर अनसन बस्ने खतरा, डीन नियुक्ति अडि्कयो

  •  
  • शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जेपी अग्रवाललाई नै डीन नियुक्त गर्नुपर्ने सर्त

    २१ असोज, काठमाडौं । देशभर दशैंको उमंग सुरु भइसकेको छ । धेरै मानिसहरु राजधानी छाडेर घर लागेका छन् । सिंहदरबारदेखि सबै सरकारी निकायमा भोलिदेखि दशैं विदा सुरु हँदैछ ।

    तर, त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी भने चारबुँदे माग राख्दै असोज १० गतेदेखि आमरण अनसनरत छन् । १२ दिन लामो अनसनका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।
    डा. केसीको अनसन स्थगित गराउने प्रयास भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । तर, कुनै ठोस सहमति हुन सकेको छैन ।

    डा. केसीले शुक्रबार चार बजेसम्म आफ्ना दुई माग सम्बोधन गर्न सरकारलाई भनेका छन् । डीन नियुक्ति र शुल्क निर्धारणसम्वन्धी समितिको प्रतिवेदन खारेज गर्ने निर्णय भएमा सकारात्मक वातावरण बन्ने डा. केसीको शर्त छ

    शिक्षामन्त्री धनिराम पौडेलका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम) बाट डीन नियुक्तिको माग सम्बोधन गर्ने प्रयास जारी छ । प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्री गगन थापालगायतले यसका लागि पहल गरिरहेका छन् । तर, यसमा पनि धेरै अवरोध देखिएको स्रोतले बताएको छ ।

    सोलिडारिटी फर डा. केसी एलाइन्सका संयोजक जीवन क्षेत्रीले पनि डीन नियुक्ति गर्न भनेको तर, सुनुवाइ नभएको बताए ।

    स्रोतका अनुसार डा. केसीले शुक्रबार चार बजेसम्म आफ्ना दुई माग सम्बोधन गर्न सरकारलाई भनेका छन् । डीन नियुक्ति र शुल्क निर्धारणसम्वन्धी समितिको प्रतिवेदन खारेज गर्ने निर्णय भएमा सकारात्मक वातावरण बन्ने डा. केसीको शर्त छ ।

    शुल्क निर्धारणसम्वन्धी समिति कार्यान्वयन नगर्ने निर्णय गर्न सकिने भए पनि डीन नियुक्तिमा भने अप्ठ्यारो देखिएको छ ।

    स्रोतहरुका अनुसार अनसनरत डा. केसीले जेपी अग्रवाललाई नै डीन नियुक्त गर्नुपर्ने सर्त राखेका छन् । डा. केसीले एकजनाको नाम मात्र दिएको पुष्टि गर्दै शिक्षामन्त्री पौडेलले भने, विकल्प दिनुस् भनेका छौं हामीले ।’

    डीन नियुक्तिमा केसीले दिएको नाम त्रिविले मानेको छैन । त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई देखाएको छ र उसले महान्यायाधीवक्ताको राय मागेको छ । स्रोत भन्छ, हामी डीन नियुक्ति गरेर भए पनि डा. केसीको अनसन स्थगित गराउने प्रयासमा छौं । तर, यो त्यति सजिलो देखिएको छैन ।’

    स्रोतका अनुुसार दशैं विदा सुरु नहुँदै डीन नियुक्ति भएमा डा. केसी दशैंभरि अनसनमा बस्ने सम्भावना बढ्नेछ । डा. केसी यसअघि ८ पटक अनसन बसेका छन् । र, सबैभन्दा लामो अनसन भनेको १४ दिनसम्म गएको छ ।

    डा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने र आफ्नो सुझावसहित चिकित्सा शिक्षा ऐन तत्काल पास गर्नुपर्ने थप माग राखेका छन् । तर, सरकारले भने यो आफ्नो वशमा नभएको बताएको छ ।

    संवैधानिक निकायका प्रमुखलाई सरकारले महाअभियोग लगाउन नमिल्ने र विधेयक संसदीय प्रक्रियामा रहेकाले हस्तक्षेप गर्न नमिल्ने सरकारको जवाफ छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.