×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

दशैंमा अष्ट्रिच मिट किन खाने ?

  •  
  • शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सीपी शर्मा

    मासुमा प्रोटिन, भिटामिनहरु त्था अन्य विभिन्न स्वास्थयबर्द्घक तत्वहरु पाइन्छ । यी तत्वहरुले मानिसलाई स्वस्थ रहन र रोगसंग लड्ने क्षमता अभिवृद्घ गर्नका लागि सहयोग गर्दछन् । त्यसैले मासु सेवन गर्नका लागि चिकित्सकहरुले पनि सल्लाह दिन्छन् ।

    अहिले विश्व भरी नै खानपान र जीवनशैलीमा आएको परिवर्तनसंगै मानिसहरुलाई बिभिन्न रोगहरुले आक्रमण गर्न थालेका छन् । र, यो क्रमवृद्घ हुँदै गएको पाइएको छ । अर्कोतिर, हामीले खाने खानामा पर्याप्त मात्रामा पौष्टिक तत्व नभएकाकारणले पनि हामी रोगको शिकार हुन पुग्छौं ।

    रेड मिटबारे

    कोलेष्ट्रोल, ट्राइग्लिस्राइड आदि बढे पछि चिकित्सकहरुले रातो मासु   (बफ, मटन, पोर्क आदि) नखान सल्लाह दिन्छन् । तर, धेरै मानिसहरुलाई रेडमिटको स्वाद नलिएसम्म मासु खाए जस्तो अनुभव नै हुँदैन ।

    त्यसैले चिकित्सकहरुले नखान सल्लाह दिँदादिँदै पनि कतिले अनियन्त्रित रुपमा रातो मासु खाइदिन्छन् । अनी कोलेष्ट्रोल, ट्राइग्लिस्राइड र यूरिक एसिड आदिको समस्याबाट गुजि्रन्छन् र कहिले काँही ज्यानलाई नै जोखिममा पार्दछन् ।

    उचित मूल्य र फाइदा पनि

    अष्ट्रिच मिटलाई रेड मिट मानिन्छ ।  तर यसमा अन्य रेड मिटले गर्ने बेफाइदा छैनन् । बरु, यसका थुप्रै फाइदाहरु छन् ।

    अहिले नेपालमै व्यवसायिकरुपमा अष्ट्रिच पालन सुरु भइसकेको छ । र, अष्ट्रिच मिट नेपाली बजारमा उपलब्ध हुन थालिपनि सकेको छ । मूल्य पनि हाललाई झण्डै खशीको मासुकै वरिपरि हुने गरी कायम गरिएको छ । त्यसैले यो महंगो पनि छैन ।

    अष्ट्रिच मिटमा के पाइन्छ ?

    अष्ट्रिच मिटमा ओमेगा ३, ६ र ९ पाइन्छ । त्यस्तै गरी, प्रोटिन, म्याग्नेसियम, भिटामिन ई तथाअन्य भिटामिनहरु, सिलेनियम, आइरन, फस्फोरस, पोटासियम आदिपनिपाइन्छ । यी तत्वहरुबाट हुने फाइदाहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।

    ओमेगाः अष्ट्रिच मिटमा पाइने ओमेगा ३ ले कोलेष्ट्रोललाई सन्तुलित गर्न सहयोग पुर्‍याउँछ । जसले गर्दा मुटु स्वस्थ रहन्छ । र, हार्ट अट्याक, स्ट्रोक आदिबाट हुने जोखिम न्यूनिकरण गर्छ । यसमा पाइने ओमेगाले पाचनप्रणालीमा गडबडि, अस्थमा, डाइबिटिज, अर्थराइटिस, ओस्टियोपारोसिस लगायत रोगसंँग लड्ने क्षमतामा पनि अभिवृद्घ गर्छ । तर, अन्य रेममिट सेवनगर्दा भने खराब कोलेष्ट्रेल (एलडिएल) बृद्घ हुने सम्भावना अत्याधिक हुन्छ ।

    त्यस्तैगरी यसमा पाइने ओमेगा ६ ले दिमाग लाई तन्दुरुस्त राख्न सहयोग पुर्‍याउनुका अतिरिक्त अटिजम, छारेरोग आदि लाग्नबाट बचाउँछ ।

    भिटामिनः अष्ट्रिच मिटमा भिटामिन ईर अन्य भिटामिनहरु जस्तै बी १, बी २, बी ५ आदि पाइन्छ । भिटामिन ई ले आँखा, छाला र कपाललाई रोग लाग्नबाट बचाउँछ ।

    त्यस्तैगरी महिनावारी सम्बन्धी गडबडीलाई कम गर्न, दूषित हावाबाट पर्ने प्रभाव कम गर्न, नशा सम्बन्धि र डाइबिटिज जस्ता रोगबाट हुने जोखिम कम गर्न पनि मद्दत गर्छ ।

    म्याग्नेसियमःम्याग्नेसियमले शक्ति प्रदान गर्दछ । महिनावारीको समयमाहुने दुखाइ लाई कम गर्छ । तनाव कम गर्नका लागि पनि सहयोग पुर्‍याउँछ ।

    प्रोटिनः यसमा पाइने प्रोटिनले मांसपेशीलाई बलियो बनाउन, ब्लडसुगर सन्तुलित गर्न, हड्डी बलियो बनाउन, मुड फ्रेस राख्नलाई मद्दत पुर्‍याउँछ ।

    आइरनःआइरनले शरीरमा अक्सिन पुर्याउन, तापक्रम सन्तुलित गर्न, एनिमिया जस्ता रोगबाट बचाउन रमांशपेशीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

    पोटासियमः पोटासियम शरिरको प्रत्येक कोषलाई आवश्यक पर्छ । अष्ट्रिच मिटमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रण गर्न, मिर्गौंलामा बन्न सक्ने पत्थरीको जोखिमलाई न्युनिकरण गर्न र हड्डीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

    सिलेनियमः सिलेनियम शरीरलाई अत्यावश्यक पर्ने मिनरल हो । यस्ले क्यानसर जस्ता रोगसंग लड्ने क्षमतामा बृद्घ गर्दछ । थायराइड नियमित र सन्तुलित गर्न पनि सहयोग पुर्‍याउँछ ।
    फस्फोरसः फस्फोरस शरीरलाई नभइनहुने मिनरल हो । अष्ट्रिच मिटमा पाइने फस्फोरसले शरिरमा रहेको खरावपदार्थ -टक्सिन) बाहिर पठाउन, दाँत, हड्डी आदिलाई बलियो राख्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

    स्वाद पनि

    आजकल कतिपय योगा गुरुहरुले मासु नखाएकै राम्रो भन्छन् । तर, मासु खाने मानिसका लागि अष्ट्रिच मिट फाइदै फाइदा भएको मासु हो । राम्रोसँग पकाउन जान्यो भने यस्को स्वाद पनि अत्यन्तै मिठो हुन्छ । यो महंगो पनि छैन ।

    अष्ट्रिच मिटमाका विभिन्न परिकार जस्तै अष्ट्रिच सेकुवा, अष्ट्रिच ग्रेभी, अष्ट्रिच तावा, अष्ट्रिच किमा, अष्ट्रिच फ्राई, अष्ट्रिच चिल्ली, अष्ट्रिच सुप, अष्ट्रिच मःम आदि विभिन्न परिकार बनाएर खान सकिन्छ ।

    नेपाल मै उत्पादित अष्ट्रिच मिट खाऔं र स्वस्थ बनौं । मासुको आयात कम गर्ने अभियानमा सहयोगी बनौं । नेपाली उत्पादनलाई बढावा दिऔं । यस पटकको दशैं अष्ट्रिच मिट खाएर मनाऔं ।

    (लेखक नेपालमा अष्ट्रिचपालन उद्यम सुरु गर्ने अष्ट्रिच नेपाल प्रालिका अध्यक्ष हुन्)

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.