×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

ढोरपाटनमा आफूखुसी सिकार

  •  
  • शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ढोरपाटनमा झारल सिकार गरेपछि फोटो खिँचाउँदै नेपाली र विदेशी सिकारी । फाइल तस्बिर

    अब्दुल्लाह मियाँ, काठमाडौं
    आश्विन २०, २०७३- ढोरपाटन सिकार आरक्षमा विदेशीले हेलिकोप्टर प्रयोग गुर्नका साथै तथा आफूखुसी सिकार गर्ने गरेको भेटिएको छ ।

    ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अणनाथ बरालले नाउर र झारलको सिकार गर्ने अनुमति पाएका कम्पनीले आरक्षसँग सम्पर्कै नगरी काठमाडौंबाट सिधै हेलिकोप्टरबाट सिकार गर्नुपर्ने वन्यजन्तुको ब्लकमा विदेसीलाई लाने गरेको बताए ।

    ‘जहाँ मन लाग्यो त्यहीं हेलिकोप्टर ल्याण्ड गर्ने र आरक्षका कर्मचारीको अनुपस्थितीमै सिकार गराउने गरेको पाइयो,’ बरालले कान्तिपुरलाई भने, ‘यो ऐन र नियमावली विपरित हो ।’ हेलिकोप्टर ल्याण्ड गरे वापत एक पटकको दुई हजार र विदेशी पर्यटकले तीन हजार रुपैयाँ आरक्षमा दस्तुर बुझाउनुपर्ने नियम छ । यो आर्थिक वर्षको सिकारको सिजन असोजमा सुरु भएको छ । असाजे १७ मा हिमालयन सफारी कम्पनीका महेश बस्नेतले एक जना अमेरिकीलाई सिकार खेलाउन ढोरपाटन लगेका छन् ।

    ‘सिधै हेलिकोप्टरबाट सिकारी लिएर सेङ ब्लकमा आएका छन् भन्ने सुनियो तर हामीलाई थाहा छैन,’ बरालले भने, ‘आरक्षका कर्मचारीको रोहबरमा सिकार खेल्नुपर्नेमा त्यसो नगरेको पाईयो, यो नियम विपरित हो ।’ नियम विपरित सिकार गराएका कारण हिमालयन सफारीको लाईसेन्स निलम्बन गर्न माग गर्दै वार्डेन बरालले बिहीवारै विभागलाई पत्र लेखेका छन् । निकुञ्जको नियमावली २०३० अनुसार रातको समयमा सिकार खेल्न नहुने, अन्य वन्यजन्तुलाई असर र होहल्ला गर्न पाईँदैन ।

    बस्नेतले यो सिजनमा ढोरपाटनका विभिन्न ब्लकमा ४ वटा नाउरको सिकारको लाईसेन्स पाएका छन् । विभागका निमित्त महानिर्देशक गोपालप्रकाश भट्टराईले बस्नेतका विदेशी सिकारीबारे आफूले पनि बुझ्न बाँकी रहेको बताए । विदेशीलाई ढोरपाटनमा सिकार गराउँदै आएका नेपाल वाइल्डलाइफ सफारीका अमृत थापाले भने सिकारमा जाँदा आफूहरुले हेलिकोप्टर जथाभाबी ल्याण्ड नगरेको बताए । ‘सिकार खेल्ने खास ठाउँमा ल्याण्ड गर्न प्रतिवन्ध छ,’ उनले भने, ‘त्यसैले त्योभन्दा तल्लोक्षेत्रमै ल्याण्ड गरी हिंडेर गएर सिकार खेलाईन्छ ।’

    यो सिजनमा चार वटा कम्पनीले ढोरपाटनका विभिन्न ब्लकमा विदेसीलाई सिकार गराउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति (लाईसेन्स) पाएका छन् । विभागले ११ नाउर र ५ झारल सिकार गर्ने लाईसेन्स दिएको हो ।

    नाउरको सिकार गर्न आउने ११ मध्ये ६ जना अमेरिकी छन् भने अरु रसियाली, स्पेनी र स्विडेनी छन् । विभागको व्यवस्थापन शाखाका विष्णु थपलियाका अनुसार अमृत थापाको नेपाल वाईल्डलाईफ सफारीले २ नाउर र एक झारल, शमशेर पराजुलीको ग्लोबल सफारीले २ नाउर र २ झारल, दीपक राणाको ट्रेक्स एण्ड ट्रेलले ३ नाउर र २ झारल र महेश बस्नेतको हिमालयन सफारी कम्पनीले ४ नाउरको सिकार गर्ने अनुमति पाएको छ ।

    विभागले केही वर्षदेखि टेन्डर गरेर सिकारको अनुमति दिने गरेको छ । टेन्डर गरेर सिकार अनुमति दिंदा राजश्व बढी जम्मा हुन्छ । थपलियाका अनुसार यो सिजनमा सिकार अनुमति, सिकार गराउने क्षेत्र (ब्लक) र वन्यजन्तुबाट ३३ लाख ६९ हजार रुपैयाँ राजश्व जम्मा भएको छ । एउटा नाउरको सिकारका लागि २ लाख १० हजारसम्म र झारलको १ लाख एक हजार रुपैयाँसम्म टेन्डर परेको थियो ।

    असोज र कात्तिकपछि चैत र वैशाखमा पनि सिकारका लागि सौखिन अन्तराष्ट्रिय सिकारी ढोरपाटन आउने गर्छन् । ट्रफी (सिङ) का लागि सिकार गर्ने गरिन्छ । एक सिकारीले एउटा सिकारमा करिब २५ लाख रुपैयाँसम्म खर्चिने गरेको पाईएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.