×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

चिनियाँ राष्ट्रपतिसँग यी विषय उठाउँदै छन् प्रम प्रचण्डले

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    साढे तीन वर्षअघि बेइजिङमा राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै प्रचण्ड
    चन्द्रलाल गिरी
    राष्ट्रपति सीको नेपाल भ्रमण पहिलो प्राथमिकता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग अर्को साता भारतको गोवामा हुने भेटमा उनको नेपाल भ्रमण सुनिश्चित गर्न भरमग्दुर प्रयास गर्ने भएका छन्।

    चिनियाँ राष्ट्रपति सी ब्रिक्स राष्ट्रहरूको आठौँ शीखर सम्मेलनमा सहभागी हुन भारतको गोवा आउँदैछन्। पर्यवेक्षक राष्ट्रको प्रतिनिधिका रुपमा प्रधानमन्त्री प्रचण्ड पनि ब्रिक्स सम्मेलनमा सहभागी हुँदैछन्। परराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार गोवामा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटवार्ता असोज २९ गतेलाई तय गरिएको छ।

    आर्थिक रुपमा उदीयमान राष्ट्रहरू– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह– ब्रिक्स सम्मेलनमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमार पर्यवेक्षकका रुपमा सहभागी हुँदैछन्। ब्रिक्स सम्मेलनसँगै बंगालको खाडीसंवद्ध राष्ट्रहरूको संगठन बिमस्टेकको बैठक पनि गोवामा हुँदैछ। पाकिस्तान बाहेकका सार्क राष्ट्रहरू बिमस्टेकमा सहभागी हुँदैछन्।

    दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्न लागेका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालका अनुसार गोवा भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित गर्नु प्रधानमन्त्रीको पहिलो प्राथमिकता हुनेछ।

    ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सफल बनाउने विषय सरकारको प्राथमिकतामा छ तर नेपालले मात्र चाहेर भ्रमण हुने होइन’, खनालले बुधबार बालुवाटारमा भने, ‘चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर छ, तर राष्ट्रपतिको भ्रमणबारे अहिलेसम्म हाम्रा प्रधानमन्त्रीलाई समेत कुनै संकेत दिइएको छैन।’

    खनालका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग नेपालको अघिल्लो सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै थप सहकार्यका निम्ति नेपाल तयार रहेको जनाउने छन्। राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीच पहिले भएका सम्झौता कार्यान्वयन गर्न र नेपाल–चीनबीच थप साझेदारीलाई प्रवद्र्धन गर्न बल मिल्ने तर्क प्रधानमन्त्रीले राख्ने तयारी गरेका छन्।

    काँग्रेस–माओवादी गठबन्धन सरकार बनेपछि ओली सरकारको पालामा नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा अन्योलता देखिएको भन्दै चिनियाँ अधिकारीले चासो बढाएको बेला प्रचण्डले राष्ट्रपतिसँगको भेटमा बेइजिङको विश्वास जित्ने प्रयास गर्नेछन्।

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीले भने चिनियाँ राष्ट्रपतिसँग हुने भेटवार्ताको एजेण्डा तय हुँदै गरेको जनाए। ‘चीनसँग के के विषयमा छलफल गर्ने भन्ने ठोस एजेण्डा परराष्ट्र मन्त्रालयले बनाउँदै छ, एक–दुई दिनमा टुङ्गो लाग्छ’, अधिकारीले भने।

    तर ‘साइडलाइन’ वार्तामा छुट्टै एजेण्डा तय गर्ने प्रचलन नरहेको परराष्ट्र मन्त्रालयमा चीन डेस्क हेर्ने सहसचिव झविन्द्र अर्यालले बताए। ‘यस्तो भेटमा दुई देशका नेताहरूले दुई देशको आपसी हितका विषयमा खुला छलफल गर्न सक्छन्’, उनले भने।

    बालुवाटार निकट स्रोतहरूका अनुसार प्रधानमन्त्री प्रचण्डले नयाँ संविधान लागू गर्न भारतको सहयोग लिनु पर्ने बाध्यता नेपालको भए पनि चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने र एक चीन नीतिको पालना गर्ने प्रतिवद्धता दोहोर्याउने छन्।

    गोवा भेटमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणसँगै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे समेत छलफल हुने जनाइएको छ। प्रधानमन्त्री भएको एक महिनामै भारत भ्रमण गरेका प्रचण्ड अर्को छिमेकी चीन भ्रमणको प्रतिक्षामा छन्।

    गोवा भेटमा चीनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका निम्ति दिने सहयोग परियोजनामा सहमती जुटाउने तयारी पनि नेपालले गरेको छ। सोमबार परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई भेटेर चिनियाँ राजदूत वु चुन्ताईले पुनर्निर्माण परियेजना सहित गोवा भेटका एजेण्डाबारे छलफल गरेका थिए।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.