×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

वर्ष दिनपछि मात्रै राष्ट्रिय परिचयपत्र

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौँ, असोज २० गते ।  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र प्रणाली अबको एक वर्षभित्र सञ्चालनमा आउने भएको छ ।
    राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक कृष्णचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आह्वान गरी  फ्रान्सको ‘सफरान आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी’लाई छनोट गरिसकिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार फ्रान्सेली कम्पनीले आफ्नो काम सुरु गरिसकेको छ ।
    एसियाली विकास बैङ्क (एडीबी)ले यो कार्यक्रमका लागि ८० लाख डलर (करिब ८० करोड रुपियाँ) अनुदान सहयोग दिएको छ ।  पौडेलले एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रणालीको स्थापना हुने र त्यसको छ महिनाभित्र एक लाख १७ हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।
    पौडेलले त्यसमध्ये सिंहदरबारभित्र कार्यालय भएका सात हजार कर्मचारीलाई प्रमाणपत्र वितरण गरिने बताउनुभयो ।  उहाँले बाँकी एक लाख १० हजार परिचयपत्र निर्वाचन आयोगको तथ्याङ्कलाई हेरेर कुनै एक जिल्ला छनोट गरी वितरण गरिने जानकारी दिनुभयो ।  उहाँले जिल्ला छनोट अझै हुन नसकेको जानकारी दिनुभयो ।  राष्ट्रिय परिचयपत्र निःशुल्क वितरण गरिने केन्द्रले जनाएको छ ।
    नेपाली नागरिकताको प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याएको थियो ।  त्यसपछि मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायका रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरेको हो ।
    २०७१ माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले स्वीकृत गरेको ढाँचा अनुसार केन्द्रले परिचयपत्रको डिजाइन तयार गरेको निर्देशक पौडेलले बताउनुभयो ।  उहाँका अनुसार कार्डको भित्र र बाहिरपट्टि क्रमशः सगरमाथा र नेपालको मानचित्र अङ्कित हुनेछन् ।  यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथाको आधिकारिक तस्बिर उपलब्ध गराइसकेको छ भने नापी विभागले नेपालको मानचित्र उपलब्ध गराउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
    परिचयपत्र वितरणको सम्पूर्ण कार्य चार चरणमा सम्पन्न हुने बताउँदै निर्देशक पौडेलले पहिलो चरणमा परिचयपत्र प्रणालीको स्थापना तथा छनोट गरिएका एक जिल्लामा परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।  त्यसैगरी दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचयपत्र वितरण गरिनेछ ।  उहाँका अनुसार सुरुमा यो परिचयपत्रलाई ‘जीटुजी’ (सरकारदेखि सरकारसम्म) र त्यसपछि ‘जीटुसी’ (सरकारदेखि नागरिकसम्म­) पु¥याइने नीति लिइएको छ ।  चिप्स र युनिक कोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका दसवटै औँलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रोस्क्यान हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन साबित हुने विश्वास केन्द्रले लिएको छ ।  यस कार्डमा सम्बन्धित व्यक्तिको सानो तस्बिरसमेत अङ्कित हुनेछ ।
    निर्देशक पौडेलले एकीकृत सेवा सुविधा प्राप्त हुने गरी व्यक्तिको जैविक विवरणसहितको यो स्मार्टकार्डले सरकारी सेवा प्रदायक निकायमा सम्बन्धित व्यक्तिको विवरणलाई प्रमाणित गर्न समेत यो परिचयपत्रले अन्तिम अस्त्रका रूपमा काम गर्ने बताउनुभयो ।
    त्यसैगरी यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्नेछ ।  यो परिचयपत्रले मुलुकको सुरक्षाव्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्क यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.