×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

अख्तियार प्रमुख कार्कीको घरमा म्याद टाँस गर्ने सर्वाेच्चका तामेल्दार सम्पर्कबिहीन

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बिहान ११ बजेदेखि सम्पर्कविहिन भएका सर्वाेच्चका तामेल्दार शम्भ् खत्री (हातमा पत्र लिएका) । फाइल तस्बिर : कान्तिपुर

    आश्विन २०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा आज फेरि म्याद (सूचना) टाँस्न सर्वोच्च अदालतका तामेल्दारसहितको टोली जाने भनिए पनि तामेल्दार शम्भु खत्री सम्पर्कविहिन भएका छन् । अदालत स्राेतका अनुसार बिहान ११ बजे तिर वडा नम्बर १० काे कार्यालयमा नै भेट्ने जानकारी गराएका उनी अहिले सम्पर्कविहिन भएका हुन् ।05102016035751lokman_house_tameldar_03-1000x0

    ‘उहाँले ११ बजे तिर भेटेर म्याद टाँस गर्न जाने भनि फाेनमा भन्नु भएकाे थियाे । अहिले उहाँकाे फाेन अफ छ,’ अदालत स्राेतले भन्याे, ‘उहाँले केही खबर पनि गर्नुभएकाे छैन । पत्रहरु सबै उहाँसँग नै छ ।’

    हिजो बुधबार पनि म्याद टाँस गर्न टोली गए पनि त्यहाँ भाडामा बस्नेहरु मात्र भएकाले त्यसै फर्किएको थियो ।

    हिजो भाडामा बस्नेहरु मात्रै रहेकाले म्याद टाँस्न नमिल्ने भनि फर्किएको तामेल्दारको टोली आज फेरि सूचना टाँस गर्न जाने भएका हुन् । हिजो टाँस्न नमिल्ने भनेर फर्किए पनि आज के आधारमा टाँस्न मिलेको हो भन्ने खुलाइएको छैन । म्याद टाँस गर्न टोली सर्वोच्चबाट हिँड्ने तरखरमा रहेकाे बेला तामेल्दार नै सम्पर्कविहिन भएपछि सबैजना अन्याैलमा परेका छन् ।

    अख्तियार प्रमुखको नियुक्ति पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि प्रमुख आयुक्त कार्कीेले बहसको बारम्बार म्याद बुझ्न नमानेपछि उनको घरमा सूचना टाँस्ने निर्णयमा सर्वोच्च पुगेको हो ।05102016035748lokman_house_tameldar_01

    हिजो सूचना टाँस्नका लागि मुचुल्का उठाउन अदालतको टोली वडा नम्बर १० स्थित वडा कार्यालय पुग्नु अगावै कार्यालयबाट बाहिरिएकी वडा सचिव सरिता राई आज भने ढिला गरी कार्यालयमा उपस्थित छिन् । वडा प्रशासनमा काम गर्ने एक अधिकारीले उनी महानगरपालिकाको तालिमका लागि बाहिर रहेकाे बताएका थिए । तर उनी केही बेर अघि कार्यालयमा अाएकी हुन् ।

    बुधबार म्याद टाँस्न अख्तियार प्रमुखकाे घर पुगेका सर्वाेच्चका तामेल्दार शम्भु खत्री । तस्बिर : अंगद ढकाल

    वडा सचिवको रोहवरमा मुचुल्का उठाएर सूचना टाँसेपछि उक्त म्याद कार्कीले नै बुझेसरह हुने कानुनी व्यवस्था छ । मध्य दिनसम्म वडा सचिवको पर्खाइमा रहेको सर्वोच्च टोली त्यसपछि म्याद टाँस्न कार्कीकै घर पुगेको थियो । कार्कीको घर भाडामा लगाइएको र परिवारका सदस्य कोही पनि नबस्ने जानकारी पाएपछि टोली म्याद नटाँसी फर्केको हो ।05102016031322notice_supreme_court-1000x0

    प्रमुख आयुक्त कार्कीको नियुक्ति कानुनसम्मत नभएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ मा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले २०७१ असोज ८ मा खारेज गरेको उक्त रिट पुनरावलोकन हुने भएपछि पछिल्लो कदम चालिएको हो ।

    सर्वोच्चको तामेली शाखाले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । अधिवक्ता अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्वीकार गरिरहेका छन् । पुनरावलोकनको निर्णयपछि सर्वोच्चले सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट नियुक्तिसम्बन्धी फाइल झिकाइसकेको छ ।

    मुलुकी ऐन अदालती बन्दोबस्तीको ११० नम्बरमा म्याद सूचना तामेल गर्न पठाउने विधि उल्लेख छ । यस्तो सूचना सकेसम्म सम्बद्ध व्यक्तिलाई नै बुझाउनुपर्नेछ । व्यक्ति नभेटिए उसको घरका सदस्य वा उनीहरू पनि नभेटिए सबैले देख्ने गरी घर वा डेराको ढोकामा सूचना टाँस गर्न सकिन्छ । तर यसरी म्याद टाँस्दा सम्बन्धित वडा कार्यालयका सचिवको उपस्थिति अनिवार्य हुन्छ । यसरी पनि सूचना टाँस्न नसकिए अदालतले राष्ट्रिय पत्रपत्रिका वा टेलिभिजनमा सूचना प्रसारण गरेर म्याद बुझाउन सक्नेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.