×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पाकिस्तानमा राजनीतिक हलचलः अमेरिका र चीन दुबैको दबाव

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रतिआतंकवाद अदालत जगाइने, सेनाले सरकारलाई हस्तक्षेप नगर्ने

    २० असोज, काठमाडौं । पछिल्लो समयमा भारतले पाकिस्तानलाई विश्वसमुदायबाट एक्ल्याउने नीति लिएपछि पाकिस्तानभित्र ठूलो राजनीतिक तरंग आएको छ । सोमबार र मंगलबार इस्लामावादमा भएको गर्मागर्मी बहसपछि पाकिस्तान  सरकारले केही नयाँ कदम चाल्ने निर्णयसमेत गरेको छ ।

    पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले अमेरिका, भारत र चीनसमेतको दबावलाई मथ्थर पार्नका लागि हक्कानी नेटवर्क, लस्कर ए तोयवा, जैस ए मोहम्मद तथा आतंकवादी नेताकारुपमा चिनिएका हाफिज सइदमाथि कडा कानूनी कारवाही अघि बढाउने संकेत गरेका छन् । र, यसका लागि उनले पाकिस्तानी सेनाको समर्थन मागेका छन् ।

    भारतसँग बिग्रँदो सम्बन्धबारे छलफल गर्न पाकिस्तानमा मंगलबारमात्रै सर्वदलीय बैठक बसेको थियो । सोही दिन प्रधानमन्त्री शरिफले संसदको बैठकलाई सम्बोधन गरे ।

    संसद बैठकमा विपक्षी दलका नेताले सरकारको कडा आलोचना गर्दै विदेश नीतिमा सरकार किन असफल हुँदैछ भन्ने प्रश्न उठाए । अर्का नेता इमरान खानले त प्रधानमन्त्री नवाजको राजीनामासमेत मागे ।पाकिस्तानी विदेश सचिवले यो पनि जानकारी गराएका छन् कि चीनले पाकिस्तानमाथि आफ्नो ‘कोर्ष’ परिवर्तन गर्ने संकेत दिएको छ

    विदेश सचिवको नयाँ खुलासा

    पाकिस्तानी विदेश सचिव एजाज चौधरीले मंगलबार केही नयाँ खुलासा गरेका छन् । पाकिस्तानलाई विश्व समुदायबाट भारतले एक्ल्याउन खोजिरहेको बताउँदै सचिव चौधरीले अमेरिकाबाट चर्को दबाव परेको ब्रिफिङ गरे । र, उनले चीनले समेत दबाव दिएको अर्को खुलासा गरे ।

    अमेरिकाले हक्कानी नेटवर्कविरुद्ध कारवाही अघि बढाउन पाकिस्तानलाई दबाव दिइरहेको चौधरीलाई उधृत गर्दै पाकिस्तानी मिडिया ‘डन’ले लेखेको छ ।

    हक्कानी नेटवर्क अफगानिस्तानको सशस्त्र समूह हो, जसले अमेरिकी सैन्यविरुद्ध आक्रमण गर्दै आएको छ । हक्कानी नेटवर्कको गतिविधि पाकिस्तानमा रहेको भन्दै अमेरिकाले त्यसविरुद्ध कारवाही हुनुपर्ने माग गर्दै आएको छ ।

    त्यसैगरी भारतले मुम्वई घटनाका आक्रमणकारीमाथि कारवाही गर्न र पठानकोट आक्रमणका दोषीमाथि कारवाही अघि बढाउन पाकिस्तानलाई दबाव दिइरहेको समाचारमा जनाइएको छ ।

    मंगलबार इस्लामावादमा अन्तर सर्भिसेज एन्टिलिजेन्स(आइएसआइ) का महानिर्देशक सैनिक जनरल रिजवान अख्तर र पञ्जावका चीफ मिनिस्टर शाहबाज शरिफको समेत सहभागितामा एउटा कोठाभित्र भएको छलफलमा विदेशमन्त्री चौधरीले चीनको प्रशंग उक्काउँदा धेरैजना सरकारी अधिकारीहरु आश्चर्यमा परे ।

    obama-xi-china-usचीनले पाकिस्तानमाथिको आफ्नो समर्थन दोहोर्‍याए पनि जैश ए मोहम्मदका नेता मसूद अजहरमाथि संयुक्त राष्ट्रसंघबाट प्रतिवन्ध लगाउनेबारे प्रश्न उठाएको चौधरीले बताएका थिए ।

    पाकिस्तानी विदेश सचिवले यो पनि जानकारी गराएका छन् कि चीनले पाकिस्तानमाथि आफ्नो ‘कोर्ष’ परिवर्तन गर्ने संकेत दिएको छ ।

    सैनिक जनरलसँग भनाभन

    पाकिस्तानी सञ्चारमाध्यममा अनुसार उक्त बैठकमा सैन्य अधिकारी जनरल अख्तर र पञ्जावका चिफ मिनिस्टर शाहबाजवीच भनाभन भयो । उनीहरुवीच भनाभन भएपछि प्रधानमन्त्री नवाज शरिफले हस्तक्षेप गरेर रोकेका थिए ।

    बैठकमा विदेश सचिव चौधरीले सैनिक जनरललाई सोधेका थिए कि पाकिस्तानलाई अलग गराउने (विदेशीहरुको) यो कदमलाई रोक्नका लागि कस्तो कदम चाल्न सकिन्छ ? चौधरीको प्रश्न जोडदार थियो । अन्तरराष्ट्रिय समुदायको माग मसूद अजहर एवं जैश ए मोहम्मदका विरुद्ध कारवाही गर्नुपर्ने रहेको छ । र, हाफिज सइद एवं लस्कर ए तोयबा र हक्कानी नेटवर्कमाथि समेत ।

    सैनिक जनरल अख्तरले यस्तो तर्क पेश गरे कि सरकार यसबारेमा स्पष्ट छैन, ती विशेष व्यक्तिका संगठनमाथि आमरुपमा प्रतिबन्ध लगाउने वा ती व्यक्तिहरुलाई गिरफ्तार गर्ने । उनले यसो भनिनसक्दै पञ्चाबका चीफ मिनिस्टर शाहबाजले वीचैमा हस्तक्षेप गरेर भने कि जब नागरिक सरकारले उनीहरुमाथि आक्रमण गर्छ, सेनाले पर्दा पछाडिबाट काम गर्दै आएको छ ।

    nawaj-sarif

    प्रधानमन्त्री नवाजले उनीहरुमाथि हस्तक्षेप गरेर रोकेर भने कि विगतमा अपनाइएको नीति राज्यको नीति थियो । त्यसैले यस्तो प्रकारको नीतिमा राज्यको सामुहिक जिम्मेवारी रहन्छ ।

    एकताको सन्देश अन्तरप्रान्तीय भ्रमण

    यसैवीच पाकिस्तानी सरकारी अधिकारी, सैनिक र नागरिक सरकारवीच एकताको सन्देश दिन चारवटै प्रान्तमा संयुक्त भ्रमण गर्ने निर्णय भएको जनाइएको छ ।

    यो भ्रमणमा आइएसआइका महानिर्देशक जनरल रिजवान अख्तर, राष्ट्रिय सुरक्षा सल्लाहकार नासिरका साथै प्रान्तीय सर्वोच्च समिति एवं आइएसआइका सेक्टर कमाण्डहरु सहभागी हुने छन् । र, यो भ्रमण लाहोरबाट सुरु हुनेछ, जहाँ जनरल अख्तर र शाहबाजावीच सम्बन्ध चिसिएको छ ।

    रणनीति फेर्दै पाकिस्तान

    यसैवीच पाकिस्तानले केही आन्तरिक एवं बाह्य नीतिहरु परिवर्नन गर्ने संकेत दिएको छ । उसले आफू भारतसँग युद्धको पक्षमा नरहेको र सम्वादको वातावरण बनाउन तयार रहेको स्पष्ट पारेको छ ।

    hafiz

    सेनाप्रमुख  र प्रधानमन्त्रीको भेटपछि सार्वजनिक गरिएको समाचारमा भनिएको छ कि अब नागरिक सरकारले हतियारधारी समूहमाथि कानूनी कारवाही अघि बढाउँदा यसमा सेनाको गुप्तचर निकायले हस्तक्षेप गर्नेछैन ।

    त्यसैगरी रावलपिण्डीस्थित प्रतिआतंकवाद अदालतमा विचाराधीन रहेका मुम्बई आक्रमणसँग सम्बन्धित मुद्दाको प्रक्रियालाई पुनः अगाडि बढाइनेछ । त्यसैगरी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पठानकोट आक्रमणको अनुसन्धानलाई चाँडो निश्कर्षमा पुर्‍याउन निर्देशन दिएका छन् ।

    पाकिस्तानको लोकतन्त्रमाथि सेनाको दबदबा रहँदै आएको छ । सरकारले कुनै पनि कदम चाल्दा सेनाले हस्तक्षेप गर्ने गरेको छ । सीमा क्षत्रेमा आतंकवादी समूहमाथि कारवाही गर्न खोज्दा पाकिस्तानी सेना र उसको खुफिया एजेन्सीले आतंकवादीहरुलाई पर्दा पछाडिबाट सहयोग गर्ने गरेको सरकारी अधिकारीहरुले गुनासो गर्दै आएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.