×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

‘नयाँ समीकरणका लागि चलखेल’

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ।
    भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् ।
    उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताको सूचीसमेत तयार भइसकेको दाबी गरे ।
    नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित विजया दशमी, नेपाल संवत् ११३७ नयाँ वर्ष, दीपावलीको शुभकामना कार्यक्रममा अध्यक्ष बिजुक्छेले सधैं सत्ता र पद चाहिरहने एमाले यो बाटोमा जानसक्ने सम्भावना रहेको बताए ।
    ‘अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन चाहिरहेको छैन’, उनले भने, ‘भारतीय विस्तारवादले पनि कांग्रेसभन्दा अरु दलकै नेतालाई सरकारको नेतृत्व खोजिरहेको छ ।’
    उनले प्रधानमन्त्री दाहाललाई भारतीय विस्तारवादको कठपुतलीको संज्ञा दिए । ‘प्रधानमन्त्री दाहाल भारतीय विस्तारवादका कठपुतली हुन् । गएको ६०-७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले दाहालमार्फत गरेको छ’, अध्यक्ष बिजुक्छेले भने ।
    उनले प्रधानमन्त्री दाहालका सचिव तथा सल्लाहकारसमेत भारतीय दलाल भएको दाबी गरे । ‘दाहालका सचिव तथा सल्लाहकारहरू भारतीय विस्तारवादका दलाल नभएका भए नेपाललाई भूटानको स्थितिमा पुर्‌याउन सकिने थिएन’, उनले भने, ‘त्यसैले दाहालले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु राम्रो संकेत होइन ।’
    उनले भारतीय विस्तारवादविरुद्ध कुनै पनि बेला संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको भन्दै त्यसको लागि तयार रहनु युवाहरुलाई निर्देशन दिए । अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो ।
    अध्यक्ष बिजुक्छेले स्थानीय तहबारे तीन दलले गरेको सहमतिअनुसार चैतभित्र निर्वाचन हुने सम्भावना नभएको बताए । तीन ठूला दलबीच भएको सहमति कार्यान्वयन हुनेमा त्यसका नेता तथा साँसदहरू नै विश्वस्त नभएको उनको भनाइ थियो ।
    उनले निर्वाचनमा थ्रेस होल्ड राख्ने ठूला दलको सोच र कार्यशैली पञ्चायती भएकोसमेत आरोप लगाए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.