×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सर्वोच्चको कार्यक्रममा राष्ट्रपतिको चासो, प्रहरीको मनोबल गिराउने कार्यक्रम भन्दै महानिरीक्षक अर्याल असन्तुष्ट

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लैंगिक हिंसाविरुद्धको कार्यक्रममा आफ्ना भनाइ राख्दै एसिड प्रहारबाट पीडितहरू सीमा बस्नेत र संगीता मगर ( मुखमा सल लगाएकी) । तस्बिर : कृष्ण/कान्तिपुर
    आश्विन १९, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले केही दिनअघि गरेको एक कार्यक्रमप्रति चासो प्रकट गरेकी छन् । यही आइतबार आफ्नै प्रमुख आतिथ्यमा सम्पन्न महिला हिंसासम्बन्धी कार्यक्रममा देखाइएका प्रस्तुति र त्यसका सहभागी पात्रका विषयमा राष्ट्रपति असन्तुष्ट बनेको शीतल निवास स्रोतले जानकारी दियो ।

    प्रधानन्यायाधीश सुशीला कार्की र अन्य केही न्यायाधीशहरूलाई यसबारे भण्डारीले आफ्नो सुझाव दिइसकेको स्रोतले बतायो ।

    उक्त दिन सर्वोच्च अदालत आफैंले ‘महिला हिंसाविरुद्धको राष्ट्रिय कार्यक्रम’ आयोजना गरी राष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश कार्की, सभामुख ओनसरी घर्तीसहित अतिथि थिए ।

    प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सुरक्षा अंग प्रमुख सहभागी कार्यक्रममा नाटक प्रदर्शन गरिएको थियो । उक्त नाटक प्रहरीको मनोबल गिराउने किसिमको भएको भन्दै असन्तुष्ट बनेका महानिरीक्षक अर्याल कार्यक्रमको बीचैमा हिँडेका थिए । कार्यक्रममा हिंसामा परेका २ युवतीलाई सर्वोच्चको तर्फबाट सम्मान गर्दै मञ्चमा प्रमुख आकर्षणका रूपमा बोल्न दिइएको थियो ।

    तेजाब आक्रमणमा परेका युवतीद्वय संगीता मगर र सीमा बस्नेतले कार्यक्रममा विशेष सम्बोधन गरेका थिए । उनीहरूसँग सम्बन्धित मुद्दा पाटन अदालतमा विचाराधीन भएकै अवस्थामा सर्वोच्चले सम्मान गर्न नहुने भन्दै न्यायाधीशहरूले नै असन्तुष्टि जनाएका थिए ।

    त्यसखालको कार्यक्रम सर्वोच्चले गर्नु शोभनीय नहुने भन्दै सर्वोच्चका वरिष्ठ न्यायाधीशहरू वैद्यनाथ उपाध्याय, चोलेन्द्रशमशेर जबरा, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्रसहित अनुपस्थित भएका थिए ।

    राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गत रोलार प्रोजेक्टले उपलब्ध गराएको रकममा सर्वोच्चले देखाएको कार्यक्रममा सर्वनामले महिला हिंसासम्बन्धी नाटक प्रदर्शन गरेको थियो । उक्त नाटकमा प्रहरीको पोसाक लगाएका व्यक्तिले युवतीलाई बलात्कार गरेको दृश्य देखाइएको थियो । सर्वनामले एकपक्षीय हिसाबले नाटक देखाएको भन्दै महानिरीक्षक अर्याल कार्यक्रम पूरा नसक्दै उठेर हिँडेका थिए ।

    राष्ट्रपति भण्डारीले पनि प्रहरीको मनोबल गिराउने दृश्य रहेछ भनी केही न्यायाधीशसामु त्यतिबेलै प्रतिक्रिया दिएकी थिइन् । ‘सुरक्षा निकायको तेजोबध हुने गरी नाटक देखाउनु हुन्न । सन्तुलित हुनुपर्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहभागी ती न्यायाधीशले कान्तिपुरसँग भने, ‘वास्तवमा सर्वोच्चले त्यस्तो कार्यक्रम गरेर नदुखेको टाउको दुखाएको हो ।’

    नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले गैरसरकारी संस्थाको व्यवस्थापनमा सर्वोच्चले कार्यक्रम गर्दै जानु शोभनीय नहुने टिप्पणी गरे । ‘एक त सर्वोच्चले एनजीओ, आईएनजीओको पैसाले कार्यक्रम गर्ने नै होइन । त्यसमाथि त्यहाँ लगिएका वक्ता मुद्दाकै पक्ष रहेका मैले पनि सुनें,’ अध्यक्ष केसीले भने, ‘हामी पनि बारका तर्फबाट बेञ्चलाई यसबारे उचित राय सुझाव दिनेछौं ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.