कैलासबावु श्रेष्ठ/गोरखा
असोज २० गते । हिन्दु नेपालीहरुको महान पर्वको छैटौं दिन आज कात्यायनी भगवतीको पूजा गरी मनाइ्यो ।
बडादसैं अन्तरगत आजको दिनमा देवी दुर्गाका ९ वटा स्वरूपमध्ये कात्यायनी भगवतीको पूजा गरीएको हो । आजै देशको विभिन्न भागमा रहेको देवीहरुको मन्दिरमा श्रद्वालु भक्तजनका साथै सर्व साधारणहरुको भिड लागेको छ ।
यसै बिच आजै गोरखाको गोरखकाली मन्दिरमा कात्यायनी भगवतीको बिशेष पूजा अर्चना सम्पन्न भएको छ । घटस्थापना पछि नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दसैंको छैटौं दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् । साथै धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ ।
दसैंको आज छैटौं दिन
दसैंको आज छैटौं दिन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



