कैलासबावु श्रेष्ठ/गोरखा
असोज १९ गते । पचली भैरवको जात्रा बुधबारबाट विधिवत रुपमा सुरु हुँदै छ । तिथिअनुसार आश्विन शुक्ल चतुर्थी र पञ्चमीमा पचली भैरवको मूर्तिजडित तामाको ध्याम्पोको खटे जात्रा गरिन्छ । 
नेवार समुदायले पचली भैरवलाई आजु देवताका रुपमा पुज्ने गर्दछन् । उनीहरुले आजुलाई आफ्ना पूर्खा सम्झन्छन् । आजु द्यः ले लिच्छिविकालिन राजा गुणकामदेवलाई राज्य सुम्पिएको सम्झनामा जात्रा मनाउँदै आएको बताइन्छ । 
जात्रामा लिच्छविकालिन राजाको प्रतिनिधिका रुपमा राज खड्ग र शाहवंशीय राजाको प्रनिनिधिका रुपमा गुरुजु पल्टन उपस्थित हुने प्रचलन छ । अहिले जात्रामा गरिने नयाँ भैरवजडित घ्याम्पो पूर्वराजा ज्ञानेन्द्र शाहले बनाउन लगाएको बताइएको छ ।
नयाँ घ्याम्पोलाई विधिपूर्वक पूजा गरी न्यास दिइसकिएको छ ।
आज देखी पचली भैरव जात्रा
आज देखी पचली भैरव जात्रा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















