कैलासबावु श्रेष्ठ/गोरखा
असोज १९ गते । दसैंको पाँचौ दिन आज शक्तिस्वरुपा भगवती स्कन्दमाताको विशेष पूजा गरिन्छ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद््मासना देवी पनि भन्ने गरिन्छ ।
धार्मिक ग्रन्थका अनुसार सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुन्छन् ।
दसैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलन छ । दसैंका अवसरमा देशभरका शक्तिपिठहरुमा भक्तजनको भिड लागेको छ । यता गोरखाको विभिन्न स्थानमा रहेको देवीको मन्दिरमा श्रद्वालु भक्तजनको भिड नै लागेको छ । गोरखा बजारमा रहेको गोरखकाली मन्दिरमा बिशेष पूजा सहित बली दिने गरीन्छ भने नारेश्वरमा रहेको बिन्दयाबासिनी, खोप्लाङ्गमा रहेको अन्नपूर्ण तथा देउरालीमा रहेको अकलामा समेत श्रद्वालु भक्तजनहरुको भिड लागेको छ ।
त्यस्तै गरी गोरखाको मनकामना तथा तनहुँको छिम्केवरी र छाप्दी बाहारीमा समेत श्रद्वालु भक्तजनको भिडलागेको छ ।
उता उपत्यकाको भद्रकाली, नक्साल, शोभा भवगती, मैतीदेवी पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना लगायत शक्तिपीठमा विहानैदेखि दर्शनार्थीको घूईंचो छ ।
दशैको पाँचौ दिन
दशैको पाँचौ दिन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



