कैलासबावु श्रेष्ठ/गोरखा
असोज १८ गते । गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनमा क्रममा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ताको गृहकार्य भइरहेको बताउनुभएको छ ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै निधिले संवैधानिक र कानुनी व्यवस्था अनुसार गृहकार्य अगाडि बढि रहेको जानकारी दिनुभयो ।
महान्यायधि वक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका सम्बद्ध अधिकारी बीच विभिन्न चरणमा छलफल भईरहेको उहाको भनाई छ । सरकारले मुद्दा फिर्ताको विषयमा सबै पक्षको सहकार्य र छलफलमा आवश्यक निर्णय गर्ने समेत उहाले बताउनुभयो ।
उहाले मधेस आन्दोलनमा भएको क्षतिका विषयमा अध्ययन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनेको पनि जानकारी गराउनुभयो । मधेस आन्दोलनमा मारिएका ११ प्रहरी सहित ५२ जनालाई सहिद घोषणा गरिएको भन्दै मन्त्री निधिले घाइतेहरुको उपचार खर्च सरकारले ब्यहोरेको समेत उल्लेख गर्नुभयो ।
उहाले चितवनमा भएको सवारी दुर्घटनामा वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको खोजी कार्य जारी रहेको जानकारी पनि दिनुभयो । मुलुकभर भएका दुर्घटनाको अध्ययन गरि सडकलाई सुरक्षित बनाउनका लागी पनि सरकारले गृहकार्य गरिरहेको धारणा पनि राख्नुभयो ।
मधेस आन्दोलनका सबै मुद्वा फिर्ताको तयारी हुदैः गृहमन्त्री निधी
मधेस आन्दोलनका सबै मुद्वा फिर्ताको तयारी हुदैः गृहमन्त्री निधी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



