कैलासबावु श्रेष्ठ/गोरखा
असोज १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले राहत र पुनर्निर्माणको अनुभूति हुने गरी काम हुन सकेको बताउनु भएको छ ।
मंगलबार बिहान बालुवाटारमा बसेको पुनःर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकमा प्रधानमन्त्री दाहालले संवेदनशील भएर राहत, पुनर्बास र पुनःर्निर्माणको काम गर्नुपर्ने बताउनुभयो ।
प्राधिकरणको कार्यकारी समिति र निर्देशक समितिको बैठक बोलाएर थप निर्णय र कामलाई रफ्तारमा लान भन्दै उहाँले छिट्टै जनताले परिणाम देख्ने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।
नीतिगत सुधार गरेरै भएपनि पुनःनिर्माणको काम छिट्टै टुंग्याउने तयारी सरकारले गरेको उहाँको भनाई छ । बैठकमा आमन्त्रित पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक अरु पूर्व प्रधानमन्त्रीहरु उपस्थित नभएकोमा प्रधानमन्त्री दाहालले दुःख व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा हुने राष्ट्रिय बहसमा सहभागी हुन पूर्व प्रधानमन्त्रीहरुलाई आग्रह गर्नुभयो । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशीलराज ज्ञवालीले प्राधिकरणले गरेको हालसम्मको प्रगति, समस्या र प्राधिकरणको अवस्थाबारे परामर्श समितिलाई जानकारी गराउनु भएको थियो । भूकम्प पछिको पुनःनिर्माणका क्रममा हालसम्म भएका कामको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनशक्तिको अभाव र भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानीमा समस्या देखिएको बताउनु भयो ।
बैठकमा काँग्रेस सभापति शेर वहादुर देउबा, नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम लगाएतले कानुनी जटिलताका कारण कुनैपनि काम सहजै गर्न नसकिने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । बैठकले परामर्श समितिले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १४ जना सांसदलाई परामर्श समितिमा थप्ने अधिकार प्रधानमन्त्री तथा परामर्श समितिका अध्यक्ष दाहाललाई दिएको छ ।
यसैगरी बैठकले दातृ निकायसँग समन्वय र पुनर्निर्माणमा स्रोत जुटाउने प्रयोजनका लागि ऐनमा व्यवस्था भए बमोजिमको पुनःर्निर्माण विकास सहायता तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
जनताले पुनःनिर्माणको अनुभूती गर्न पाएनन्ः प्रम दाहाल
जनताले पुनःनिर्माणको अनुभूती गर्न पाएनन्ः प्रम दाहाल
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



