कैलासबावु श्रेष्ठ/गोरखा
असोज १८ गते । नयाँ शक्ति नेपालका सँयोजक तथा पुर्व प्रधानमन्त्रि डा.बाबुुराम भट्टराईले इटहरीमा निर्माणाधिन सँगीत साधाना प्रतिष्ठानको भवन अवलोकन गरेका छन् । निर्माणाधिन अवस्थामा रहेको उक्त भवनको अवलोक गर्दै भट्टराईले आफु फरक सोच र विचारलाई समेट्ने हुनाले सबैको साँस्कृती रक्षाका लागि लागी पर्ने बताए ।
उनले नयाँ शक्तिको पनि एजेण्डा भनेको सबै समुदाय तथा जात जातिको साँस्कृतीक अस्तित्वलाई स्थापित गर्ने हो र यस सँगीत साधानले पनि नेपालमा पहिलो पटक सबै समुदायको गीत सँगितलाई झल्काउन लागेको हुनाले आफुले सक्दो सहयोग गर्ने बचन दिए ।
करिब ११ करोडको लागतमा निर्माण भएको उक्त सँगीत साधाना प्रतिष्ठानको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । ४ तले उक्त भवनमा अहिले सम्म करिव २ करोडको लागतामा पहिलो तला निर्माणाधिन अवस्थामा रहेको छ ।
देश तथा विदेशबाट सँकलन गरेको आर्थिक सहयोगबाट निर्माण भइरहेको प्रतिष्ठानले नेपाली संगीतलाई विश्व स्तरमा चिनाउने र बाहिरी मुलुकको गीत सँगीतलाई पनि नेपाली समाजमा समेत चिनाउने काम गर्ने प्रतिष्ठानका महासचिव राजु के.सी.ले जानकारी दिए ।
सबै संस्कृतीको रक्षाका लागि लाग्छुःडा.भट्टराई
सबै संस्कृतीको रक्षाका लागि लाग्छुःडा.भट्टराई
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



