×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २२ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

राजाकै हैसियतमा ज्ञानेन्द्र पैदल हिडेपछि.. (फोटोफिचर)

  •  
  • मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिरः दिनेशविक्रम शाह

    काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाएका छन् । परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले नै खड्ग चढाएका हुन् ।
    ज्ञानेन्द्र गणेस्थानदेखि पचलीभैरवसम्म पैदल नै गएका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयबासीले ठूलो विशेष छाता ओढाएर विशेष स्वागत समेत गरेका थिए । मन्दिर क्षेत्रमा प्रवेश गर्दा राजावादी केही कार्यकर्ता र शुभेच्छुकले ‘हाम्रो राजा हाम्रो देश,’ ‘राजा आऊ देश बचाऊ’लगायत नारा समेत लगाएका छन् ।
    पूर्वराजा ज्ञानेन्द्रका प्रेस सल्लाहकार फणिराज पाठकका अनुसार पचली भैरबका गुठियाहरुको आग्र्रहमा पूर्वराजाले नै खड्ग चढाएका हुन् । पाठकले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘स्थानीय गुठियारले राजाकै हैसियतमा आमन्त्रण गरेपछि सरकार सहभागी भएर खड्ग चढाउनुभएको छ ।’
    Former-King-Gyanendra-Shah1यस अघि २०५८ मा ज्ञानेन्द्रले राजा भएकै समयमा खड्ग चढाएका थिए । खड्ग चढाउन पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।
    पचली भैरबमा खड्ग चढाएमा दैवी शक्ति प्राप्त हुने र शुभकार्य हुने विश्वास गरिन्छ । पचली भैरबमा खड्ग चढाएसँगै ज्ञानेन्द्रले सवालाख बत्ती समेत बालेका छन् ।
    यसै अवसरमा पचली भैरबमा जात्रा समेत हुने गर्दछ । यो जात्रा मल्ल राजा गुणकामदेवको पालदेखि सुरु गरिएको हो । गणतन्त्रमा राजाले चलाएको परम्परालाई बिर्सिएको भन्दै स्थानीय गुठियाले ज्ञानेन्द्रलाई पचली भैरवको जात्रामा सहभागी हुन आग्रह गरेपछि ज्ञानेन्द्र आइतबार बिहान मन्दिरमा पुगेका हुन्।

    Former-King-Gyanendra-Shah5

    Former-King-Gyanendra-Shah6

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.