कैलासबावु श्रेष्ठ/गोरखा
असोज १६ गते । अर्घाखाँचीको नरपानीमा झण्डै पाँच बर्ष देखि चुनढुंगा उत्खनन बन्द रहेको छ । कम्पनिले विगतमा गरेका संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै उत्खनन कार्य रोक्न माग गर्दै स्थानीय बासीन्दा संघर्षमा उत्रिए पछि उत्खनन कार्य पाँच बर्ष देखि बन्द भएको हो ।
चुनढुंगा उत्खनन गर्न सुरु गरेको छ वर्षमा पानीका मुहान सुकेपछि गाउलेहरु आन्दोलनमा उत्रिएका हुन । अहिले पछिल्लो समयमा आएर कम्पनीले आफुहरुले उत्खनन गरेको स्टक माल लैजानु पर्ने दाबी गर्दै आएको छ । चुनढुंगा उत्खनन गर्न दिनेकि नदिने भन्ने बारेमा जिल्लामा बहसको बिषय बनेको छ । यो बिषय चर्चाको बिषय बनेको छ । चुन ढुङगा उत्खननका कारण खानेपानिका मुहान सुकेको र बातावरणिय तथा पर्यावरणिय क्षेती भएको भन्दै स्थानिय बासिन्दाहरुले २०६८ कातिक २० गते देखि नरपानीमा संचालित चुन ढुङगा उत्खननको सवै कामकाज पुर्ण रुपमा ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।
अर्घाखाँची सिमेन्ट प्रालीले स्थानिय सडक निमार्ण ,सडकको स्तर बृद्वी, पानीका मुहानको संरक्षण, बृक्षारोपण, दुर्घटना न्यूनिकरण योजना, शैक्षिक चेतनाका कार्यक्रम संचालन गर्नुका साथै नया उधोग स्थापनामा स्थानिय बासीन्दाहरुलाई नै कामदार को रुपमा नियुक्ति गर्ने जनाए पनि हालसम्म कुनै कुरा कार्यन्वयन नगरेको भन्दै आक्रोसीत भएका हुन । भौतिक संरचना निर्माणको क्षेत्रमा हुन थालेको काम अवरुद्ध भएको छ ।
स्थानिय बासिन्दाहरुले चरण बद्ध रुपमा आन्दोलन थालेका छन् । नरपानीमा प्रर्दशन, विरोध सभा, रिले अनसन लगायतका कार्यक्रम भईरहेका छन् । स्थानीय प्रशासनको पहलमा चुनढुंगाको बिषयलाइ लिएर पटक पटक बार्ता, छलफल र अन्तरक्रियाहरु भए पनि सहमति जुटन सकेको छैन । सरकारले ३० वर्षसम्म चुनढुंगा उत्खनन गर्न डाईनेष्टिक कम्पनी हालको अर्घाखाची सिमेन्ट प्रालीलाई अनुमति दिएको थियो । उत्खनन कार्यको ६ वर्ष भित्रै एकाएक खानेपानीका मुहान सुकेपछि गाउलेले आन्दोलन सुरु गरेका हुन ।
प्राबिधिक रिपोर्ट अनुसार चुनढुंगा उत्खननले पानीको मुहान नसुकेको र पानीको ब्यबस्था गर्न कम्पनी तयार रहेको अर्घाखाँची सिमेन्ट प्रालीका महा प्रबन्धक महेन्द्र रावलले बताए । उनले भने कम्पनिले सहमति अनुसार काम गर्छौ भन्दा पनि स्थानीयले मानेका छैनन । सहमति र सम्झौता अनुसार कम्पनि काम गर्न तयार छ । चुनढुंगा उत्खनन गरेर कम्पनीलाई मात्रै सिमित फाईदा भन्दा सिंगो गाउ र जिल्लालाई जोगाउनुपर्ने गाउलेको भनाई छ ।
यो ऐतिहासिक सुन्दर पहाड मासिए केही वर्षमै मरुभुमी बन्ने र नरपानी लगायत आसपासका वासिन्दा विस्थापित हुनुपर्ने र खानेपानीका कारणले जिल्लाका विभिन्न गाउका वस्तीहरु पनि संकटमा पर्ने भएकाले यसले जिल्लालाई ठुलो असर पर्ने संभावना देखिएकाले अब उत्खनन कार्य सधैका लागि बन्द गर्नुपर्ने आन्दोलनकारीको माग रहेको छ ।
चुनढुंगा उत्खननले खानेपानीका मुहानहरु सुकेको कारण उनले सरकारले यसलाई रोकी लाईसेन्स खारेज गनुृ पर्ने स्थानीय सुर्य भट्टराइले बताए । अर्घाखाचीको नरपानीमा चुनढुङ्गा उत्खनन गरी कपिलबस्तुको चन्दा्रैटा बिरपुरमा देउराली सिमेन्ट उत्पादन गर्दै आएको डाइनेस्टिक इन्ड्रष्टिज प्रा.लि हालको अर्घाखाची सिमेन्ट प्रालीले नेपाल सरकार संग डोहोटेमा सिमेन्ट उद्योग संञ्चालन गर्ने सम्झौता गरेको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राज्यले सबै क्षेत्रको सुरक्षा गर्नु पर्ने स्थिती रहेको बताउदै सर्ब पक्षिय र स्थानीयको सहमति अनुसार काम गर्नका लागि पहल गरेको बताए ।



