×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गाउँलेले आकासतिर हेरिरहे, प्रचण्डको हेलिकोप्टर भूँइमा बसेन

  •  
  • आइतबार, असोज १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री पुष्पकमल दाहाल चढेको हेलिकोप्टर। तस्बिर सौजन्यः केशर रोका
    गजेन्द्र बोहरा
    प्यूठान : पहिरोले जमिन चिराचिरा परेको प्यूठानको फोप्ली गाउँको आकाशमा शनिबार बिहान एउटा हेलिकोप्टर नाच्दै थियो। फोप्ली-५ का पुनाराम पुन मगरले जम्मा भएका गाउँलेहरुलाई आकाशतिर देखाए ‘ऊ प्रधानमन्त्री आए, हेलिकोप्टरमा ।’
    केहीबेर आकाशमा घुमेर हेलिकोप्टर फर्कियो। गाउँलेले परसम्म हेरिरहे। त्यसैगरी पहिराले प्रभावित भएका खवाङ, डाम्री, लिघा, स्याउलीवाङ र लुङलगायतका गाउँमा पनि हेलिकोप्टर घुम्यो, प्रधानमन्त्रीले प्रभावित गाउँहरु आकाशबाटै हेरे । अनि प्यूठानकै लुङ गाविसको बाहने बजारमा ओर्लिए।
    माओवादी केन्द्रका कार्यकता, गाउँले अनि सरकारी अधिकारीहरुले स्वागत गर्दै लगाइदिएको मालाले प्रधानमन्त्री पुष्पकमल दाहालको गला पूरै ढाकियो । मालाले छोपिएर अलिअलि देखिएको अनुहार लिएर उनी मञ्चमा उक्लिए। प्रधानमन्त्रीलाई भेट्नका लागि पहिरो पीडितहरु गाउँगाउँबाट आएका थिए । पहिरोले सबैभन्दा प्रभावित गाउँ फोप्लीबाट २ घण्टा हिँडेर प्रधानमन्त्री भेट्न पीडितहरु बाहनेबजार झरेका थिए। प्रधानमन्त्री मञ्चमा १४ मिनेट बोले अनि फेरि हेलिकोप्टर चढेर फर्किए।
    १४ मिनेटमा प्रधानमन्त्रीले पहिरो पीडितहरुको राहत अनि पुर्नस्थापनाको बारेमा बोले । पहिरो पीडितहरुलाई पनि भूकम्प पीडित सरह आठ लाख रुपैयाँ दिने घोषणा गरे । उनले पहिरो पीडितहरुको पुर्न निर्माणका लागि ३ लाख रुपैंयाँ अनुदान, ३ लाख सहुलियत ब्याजदर र २ लाख रुपैंयाँ बिना ब्याजको ऋण रकम गरी आठ लाख रुपैयाँ पीडितलाई दिने घोषणा उनको थियो ।
    दशैं मान्नका लागि प्रतिपीडित परिवार १५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरे र त्यसको व्यवस्था मिलाउन मातहतका निकाय र कर्मचारीलाई अह्राए । १४ मिनेटभित्रै उनले युद्ध पनि सम्झिए । जनयुद्धमा प्यूठानले लगाएको गुन कहिल्यै नबिर्सिने भन्दै उनले प्यूठानवासीसँग युद्धको भावना पनि साटे । ‘द्वन्द्वका बेला तपाइँ प्यूठानवासीले धेरै गुन लगाउनु भो, सहयोग गर्नुभो’ प्रधानमन्त्रीले भने ‘अहिले प्यूठानको यो दुःखमा हामी साथमा छौँ, सरकार साथमा छ ।’
    त्यस्तै उनले केही राजनीतिक कुरा पनि गरे । अहिले सरकार राजनीतिक समस्या समधानमा जुटिरहेको र त्यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए । ‘तर, हामी सबैको सहमतिमा संविधान संशोधन गर्छौँ त्यसका लागि प्रयास पनि भइरहेको छ ।’
    गत साउन १० र ११ गते गएको पहिरोमा प्यूठानको फोप्ली गाविसमा मात्रै २७ जनाको ज्यान गएको थियो भने एक जना अझैं वेपत्ता छन् । पूरै प्यूठानभरि पहिरोमा परेर ५६ जनाको ज्यान गएको थियो । सहयोगको घोषणापछि पीडितहरु आपसमा खुसी साट्दै थिए । ‘हाम्रै गाउँमा प्रधानमन्त्री आउने भन्ने सुनेका थियौँ तर, आकाशमा मात्रै उडेर गए’ फोप्ली ५का पुनाराम मगरले भने ‘बाहानेमा झारेर हाम्लाई धेरै आशा देखाछ सरकारले चाडपर्व मान्न पाइने भो ।’
    प्रधानमन्त्रीको भाषण सुनेर पहिरो पीडित चमी बिक पनि हौसिएकी थिइन् । २ घण्टा पैदल हिँडेर प्रधानमन्त्रीलाई सुन्न आएकी उनले गाउँलेसँग भन्दै थिइन् ‘दशैं खर्च नि पाउने रे, अनि घर बनाउने पैसा पनि दिने रे प्रधानमन्त्रीले भनेपछि सरकारले दिइहाल्छ नि ।’ पहिरोले घर, जमीन बगाएपछि सबै पीडितहरु अहिले आफन्तको खेतबारीमा अस्थायी टहरा हालेर बसेका छन् । पहिरोका कारण गाउँको जमीन समेत फाटेपछि गाउँमा टहरा बनाउने समेत ठाउँको अभाव छ ।
    ‘प्रधानमन्त्री गाउँमा नपुगेपछि बाहाने आयौँ’,फोप्लीका पहिरोपीडित चमी वि.क.ले भनिन्,‘धेरै आशा पाएका छौँ । दशैतिहार र घर बनाउने खर्च चाँडै पाइयोस् ।’ पहिरो गएपछि अहिलेसम्म पाएको सवै राहत सकिएको बताउँदै उनले दशैतिहार खर्च दिने खवरले खुसी भएको सुनाइन् । गाउँका सवै पहिरोपीडितहरु आफन्त र सार्वजनिक स्थानमा अस्थायी शिविर बनाएर बसेको जानकारी गराइन ।
    बाढीपहिरोले जिल्लाभर ५६ जनाको ज्यान गएको छ । फोप्लीकै एक एक महिला अझैसम्म फेला नपरेको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
    प्रधानमन्त्री बोल्नुभन्दा अगाडि प्यूठानको प्रमुख जिल्लाअधिकारी जनकराज पन्तले बाढी– पहिरोबाट जिल्लाभर झण्डै २ अर्ब बराबरको क्षति भएको जानकारी गराए । उनका अनुसार पहिरोले जिल्लाका १७ वटा गाविसहरु पूर्णरुपमा प्रभावित भएका छन् । २ सय घर पूर्णरुपमा, ८ सय उच्च जोखिम र ७ सय घरहरु आंशिक रुपमा क्षति भएको पनि उनले तथ्याङ्क सुनाए ।
    प्रधानमन्त्रीलाई सुन्नका लागि फोप्ली, खवाङ, डामृ, लिघा, स्याउलीवाङ र लुङ गाविसका बाढीपहिरो पीडितहरु आएका थिए । प्रधानमन्त्रीको साथमा पूर्वमन्त्रीहरु वर्षमान पुन र रेखा शर्मा पनि आएका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.