×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि…

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लमजुङ (बेँसीसहर), असोज १५ गते । साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् ।

    बाटोमा बराल्लिएर हिड्ने, बटुवालाई ढुङ्गा हान्ने, झम्टने सविताको बानी थियो । बटुवालाई जथाभावी झम्टने गरेपछि उनलाई घरभित्रै साङ्लाले बाँधेर राखिएको थियो । चारवर्ष अघिमात्रै सविता विशेष कक्षामा भर्ना भएकी हुन् । “सविताको आनीबानी नकरात्मक मात्रै थियो, फोहोरी थिइन्, अहिले उनको बानी सुधार भएको छ”–शिक्षिका मिरा खनालले भन्नुभयो ।

    भोटेओडारस्थित भक्ती नमुना उमाविमा विशेष कक्षा सञ्चालन भएपछि सवितालाई पनि भर्ना गरिएको थियो । सुरुका वर्षमा उनको आनीबानी परिवर्तन गर्न गराउन कठिन भएको शिक्षिका खनाल बताउनुहुन्छ ।

    “सविताको बानी सुधार गर्नमात्रै तीन वर्षभन्दा बढी लाग्यो, अहिले उनले अनुशासन सिकेकी छन्”–शिक्षिका खनाल भन्नुहुन्छ, “उनी यसरी परिवर्तन हुनेछिन् भन्ने लाग्न छाडेको थियो, सविता अहिले केही अक्षर लेख्न सक्ने भएकी छन् ।”

    अहिले उनलाई अनुशासन सिकाउन पर्दैन, बटुवालाई ढुङ्गा मुढाले हान्ने सविता अहिले विद्यालयमा कोही नयाँ मान्छे देख्ने बित्तिकै दुई हात जोडेर नमस्कार गर्छिन्, आफ्नो सरसफाइमा विशेष ध्यान दिन थालेकी छिन् ।

    “विद्यालयमा कोही आएर उनीसँग बोलेन भने वा वास्ता गरेन भने उनी मन दुःखाउछिन्”–शिक्षिका खनालले भन्नुभयो, “चिनेको मान्छेलाई अँगालो हाल्छिन्, नचिनेकालाई नमस्कार गर्छिन् ।”

    सवितामा आएको परिवर्तनले उनका घर परिवार, शिक्षक÷शिक्षिका सबै छक्क परेको विद्यालयका प्राचार्य उत्तर कुमार श्रेष्ठ बताउनुहुन्छ । “उनको फरक क्षमता विकास हुन बाँकी छ, तर उनको बानी भने सुधार भइसकेको छ” प्राचार्य श्रेष्ठले भन्नुभयो ।

    विशेष कक्षा सञ्चालन भएदेखि नै भर्ना भएका कोल्कीका नवराज गुरुङ अहिले कक्षा आठमा अध्ययन गर्दैछन् । कक्षा ५ सम्म भोटेओडारको विशेष कक्षामा अध्ययन गरेका २० वर्षिय गुरुङ अहिले बाग्लुङमा अध्ययन गर्दै आएका छन् । अध्ययनका क्रममा गुरुङ कहिल्यै दोस्रो भएनन् । पढाइका अतिरिक्त उनी कराते प्रशिक्षक पनि हुन् । अध्ययनकै क्रममा उनले सहपाठीलाई कराते सिकाउने गरेका छन् । “शारिरिक अपाङ्गता भए पनि नवराजमा बहुप्रतिभा छ”–प्राचार्य श्रेष्ठ भन्नुहुन्छ, “उनले जिल्लास्तरीय करातेमा उपाधि जितेका छन्, उनको क्षमताले उनलाई अपाङ्ग हुन् जस्तो लाग्दैन ।”

    कक्षा ५ सम्म अध्ययन गरेर थप अध्ययनका लागि बाग्लुङ गएका होम तामाङ पनि बहुप्रतिभाका धनी हुन् । तामाङले पनि जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर आफ्नो फरक क्षमता भएको उनले पुष्टि गरेका छन् ।

    मुख नबोल्ने आफ्नो नातीलाई विशेष कक्षामा भर्ना गरेपछि आएको परिवर्तनले बँेसीसहरकी कृष्णकुमारी अधिकारीलाई खुशीको सीमा नै छैन । नाती अकित पौडेल अहिले कक्षा ३ मा अध्ययन गरेको देख्न पाउदा उहाँ हर्षित बन्नुभएको छ ।

    “सानैदेखि मुख बोल्न नसक्ने र सुस्तश्रवण भयो, अहिले ३ कक्षामा पढेको देख्दा अचम्म लाग्छ”– कृष्णकुमारी भन्नुहुन्छ “पढाइभन्दा पनि मेरो नाती अनुशासीत भएको देख्दा निकै खुसी लाग्छ ।”

    गाउँमा अनेक उपनाम पाएर अपहेलित गोरखाकी अम्बिका परियार पनि विशेष कक्षामा आएपछि परिवर्तन भएकी छन् । अम्बिकामा आएको परिवर्तनले उनका बुबा गणेशबहादुरलाई निकै हर्ष भएको छ । “गाउँमा सबैले हेला गर्थे, छोरीको व्यवहार पनि अस्वभाविक थियो, अवसर पाए यस्ता बालबालिका पनि परिवर्तन हुँदा रहेछन्”–परियारले भन्नुभयो “अहिले छोरीको आनीबानी फरक भएको छ, मलाई मेरो छोरी अपाङ्ग जस्तै लाग्दैन ।”

    भक्ती नमुना उमाविमा सञ्चालित विशेष कक्षामा ३० जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । सोहीकक्षामा अध्ययन गरेका दुई विद्यार्थीलाई थप शिक्षाका लागि बाग्लुङ पठाइएको छ । विशेष कक्षाका लागि तीन शिक्षकले अध्यापन गराउँछन् ।

    सुस्त श्रवण भएका र बोल्न नसक्ने साना बालबालिकाहरुलाई पढाउन पाउदा निकै खुसी लागेको शिक्षक सुनील आलेमगर बताउनुहुन्छ । आँफैमा बोल्न नसक्ने शिक्षक आले मगर इशारा गर्दै जस्तो सुकै बालबालिकालाई पनि शिक्षाको अवसर दिनुपर्ने बताउनुहुन्छ ।

    “सुरुमा म बालबालिका पढाउन आएको होइन, प्रौढलाई पढाउँछु भनेर आएको थिएँ, पछि यहाँको विद्यालयले मलाई बालबालिका पढाउन आग्रह ग¥यो”–शिक्षक आलेमगरले भन्नुभयो, “सुरुमा विद्यार्थीको बानी सुधार गर्न निकै हम्मे भयो, अहिले करिब तीन दर्जन विद्यार्थीलाई पढाउन पाएकोमा निकै खुसी लागेको छ, मेरा विद्यार्थी निकै अनुशासीत छन् ।”

    सुस्त श्रवण र बोल्न नसक्ने बालबालिकाबीच नौ वर्ष काम गर्नुभएकी शिक्षिका खनाल पनि बालबालिकाका क्षमतालाई खेलाचीको रुपमा लिन नहुने बताउनुहुन्छ । “हामीले सवितालाई परिवर्तन गरायौँ, नवराज उत्कृष्ट खेलाडी बन्यो, होमको चित्र उत्कृष्ट छन्, यहाँका विद्यार्थीमा वास्तवमै फरक क्षमता छ”–शिक्षिका खनालले भन्नुभयो, “यी बालबालिकामा देखिने मुस्कान र उनीहरुको क्षमताले मन भित्रैदेखि आनन्द आउँछ ।”

    विशेष कक्षामा १४ छात्र, १६ छात्रा छन् । उनीहरु सबै विद्यालयको आवासमा रहँदै आएका छन् । सुस्त श्रवण र बोल्न नसक्ने भए पनि विद्यार्थीको अनुशासनले व्यवस्थापनमा कठिनाइ नभएको शिक्षक धनबहादुर मालुवा बताउनुहुन्छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.