×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

क्यामराले पछयाएको त छैन ?

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     दीपेन्द्र विष्ट, काठमाडौं
    आश्विन १५, २०७३- तपाईं लेन मिच्दै हुनहुन्छ ? दुर्घटना गरी भाग्दै हुनहुन्छ ? ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम मिच्दै हुनुहुन्छ ? जतिसुकै बेला तपाईंलाई ट्राफिक प्रहरीले जरिवाना तिर्न फोन गर्न सक्छन् ।

    दुर्घटना तथा सडकमा हुने अवान्छित गतिविधि नियन्त्रणका लागि ट्राफिक प्रहरीले शुक्रबारदेखि आफ्नो घुम्ती गाडीमा ‘डयास बोर्ड’ क्यामरा जडान गरेको छ । जसले सडकमा गुडिरहेको हरेक क्षणलाई कैद गर्नेछ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कर्पोरेटर सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान क्यामरा हस्तातरण गरेको छ ।

    ट्राफिक प्रहरीका ५० वटै गाडीमा क्यामरा जडान गरिएको महाशाखाका डीआईजी प्रकाश अर्यालले जानकारी दिए । ‘यसले दुर्घटनाको प्रमाण दिन निकै सहयोग गर्छ,’ उनले भने, ‘अब चालक भाग्छु भन्ने नसोचे हुन्छ, हामीसँग दृश्य हुन्छ, यातायातबाट कसको नाममा गाडी दर्ता छ, तुरुन्त पत्ता लाग्छ, जरिवाना तिर्न बोलाउँछौं ।’ गल्ती गर्ने गाडी मालिकको नाम, टेलिफोन नम्बर पत्ता लगाउन यातायात व्यवस्था कार्यालयमा ट्राफिक प्रहरी राखेको उनले बताए । उनका अनुसार क्यामरामा ६४ जीबीको मेमोरी कार्ड, साउन्ड रेकर्डिङ स्टिम राखिएको छ, जसले २४ घण्टा लगातार भिडियो रेकर्ड गर्न सक्छ ।

    क्यामरामा ‘वाइड एंगल्स लेन्स’ राखिएको भन्दै उनले १३२ डिग्रीको एंगल्स दृश्यलाई ‘वाइड स्क्रिन’ बाट देखाउन सक्ने बताए । ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत गाडीमा क्यामरा जडान गरिएको उनले बताए । सडकमा सीसीटीभी, गोप्रो क्यामरा यसअघि नै प्रहरीले जडान गरिसकेको छ । ‘अब सवारी नियम उल्लंघन गर्ने चालकले अनावश्यक विवाद गर्न सक्दैन,’ उनले भने, ‘विवाद गरे, क्यामराले कैद गरेको दृश्यले प्रत्यक्ष देखाइदिन्छ ।’ कारबाहीमा परेको सूचना दिँदा पनि गाडीधनी ट्राफिक प्रहरीमा उपस्थित नभए घरमै प्रहरी पठाउने व्यवस्था गरिने उनले जानकारी दिए । ‘सजिलै आए सामान्य जरिवानामा छोड्छौं,’ उनले भने, ‘नभए अन्य कानुनी प्रक्रिया अघि बढाउँछौं ।’

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले ट्राफिक सुरक्षा अभियानलाई मजबुत र सबल बनाउन क्यामराले सहयोग गरेको बताए । ‘सेफ मुभअन्तर्गत हामीले ट्राफिक प्रहरीलाई क्यामरा हस्तान्तरण गरेका हौं,’ उनले भने, ‘अभियानले प्रत्येकको यात्रा सुरक्षित हुन्छ, बिमामा हुने ठगी नियन्त्रण हुन्छ, ट्राफिक व्यवस्थापनलाई मर्यादित बनाउँछ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.