×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

ज्येष्ठ नागरिकका माग सम्बोधन हुँदै जाने

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     नगेन्द्र सापकोटा  

    काठमाडौँ, असोज १५ गते ।  “बूढो भयो सब रङ गयो, आँगन भयो परदेश” भनेझैँ बुढो भएपछि व्यक्तिका लागि आफ्नै आँगन पनि टाढा हुन्छ ।  प्रसङ्ग अक्टोबर १ तारिख अर्थात् २६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हो ।
    नेपालमा पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस डेढ दशकदेखि मनाउँदै आइएको छ ।  यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा सरकारले ‘ज्येष्ठ नागरिकप्रति गरिने भेद्भावविरुद्ध उभिऔँ’ तय गरेको छ ।

    06072016115914jyestha-nagarik-600x0
    नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउने क्रम बढेसँगै ज्येष्ठ नागरिक हक अधिकार र मागहरू अपेक्षाकृतरूपमा प्रगति हुन नसके पनि केही हदसम्म भने सरकारले ज्येष्ठ नागरिकका माग सम्बोधन गर्दै गएको छ ।
    ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् ।  उनीहरूको सीप र ज्ञानलाई राज्यले उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक  बाँच्न पाउने वातावरण सरकारले बनाउनुपर्ने माग ज्येष्ठ नागरिकको छ ।
    महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले भने पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ ।
    मन्त्रालका प्रवक्ता नारायणप्रसाद काफ्लेमा अनुसार तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले मासिक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक दुई हजार रुपियाँ पुगेको, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण गरिएको, भाडामा ५० प्रतिशत छुट उपलब्ध गराइएको, सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा मठ, मन्दिरमा लाइन बस्न नपर्ने व्यवस्था कार्यान्वयन हुँदै गएको,  सरकारी अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आएको छ ।  jestha_nagarki_1465909277
    समय सापेक्ष रूपमा ज्येष्ठ नागरिकका माग सम्बोधन गर्न नसकिए पनि केही हदसम्म सरकारले ज्येष्ठ नागरिकका माग सम्बोधन गरिरहेको बताउँदै काफ्लेले आगामी दिनमा ज्येष्ठ नागरिकका मागलाई क्रमिक रूपमा सम्बोधन गर्दै जाने स्थिति बनेको दाबी गर्नुभयो ।
    सरकारले ज्येष्ठ नागरिकका माग र सामाजिक सुरक्षामा वृद्धि हुँदै गएको दाबी गरे पनि एजिङ्ग नेपाल नामक संस्थाले गरेको अनुसन्धानले भने हाम्रो समाजमा ज्येष्ठ नागरिकमाथि अझै पनि धेरै दुव्र्यवहारका घटना हुने गरेको देखाएको छ ।
    एजिङ्ग नेपालका अनुसार ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आफैले आफैलाई अविश्वास गर्नु, यौनजन्य दुव्र्यवहार, ज्येष्ठ नागरिकलाई बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य पार्नु प्रमुख समस्या देखाएको छ ।
    राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष गौरीशङ्करलाल दासले नयाँ संविधानमा ज्येष्ठ नागरिकलाई राज्यले विशेष संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने भन्ने उल्लेख भएकाले सोही अनुसार कार्यान्वयनका लागि ज्येष्ठ नागरिक ऐन २०६३ संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    यस वर्षदेखि सरकारले ज्येष्ठ नागरिक कोष स्थापना गरी ज्येष्ठ नागरिकका गुनासा र मागलाई सम्बोधन गर्ने र सरोकारवालाहरूसँग समन्वय गर्न छुट्टै निकाय स्थापना गरेको उक्त कोषका सभापति रामकृष्ण कर्माचार्य बताउनुहुन्छ ।
    उहाँ भन्नुहुन्छ, ‘बुढ्यौली जीवनलाई क्रियाशील र प्रभावकारी बनाउने जिम्मेवारी परिवार, समाज र राष्ट्रको हो ।  ज्येष्ठ नागरिकहरू मिठो खाने राम्रो लगाउने धन सम्पत्ति, कमाउनेभन्दा पनि माया, ममता, मिजास, सहानुभूति र सहयोग अपेक्षा गर्छन्् । ’
    विश्व स्वास्थ्य सङ्गठनले सन् २००२ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारमा अवहेलना र उपेक्षा हो, जहाँ उनीहरू त्यागिन्छन्, एक्ल्याइन्छन् वा बहिष्कृत हुन्छन् ।
    २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये  ज्येष्ठ नागरिकको सङ्ख्या २१ लाख ९१ हजार सात सय छ ।  उक्त जनसङ्ख्यामध्ये ५१ दशमलव ३ प्रतिशत महिला छन् भने ८० वर्ष नाघेका निष्कृय बुढ्यौलीको सङ्ख्या दश प्रतिशत छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.