×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

अन्तरजातीय विवाह गर्ने युवतीलाई प्रहरीले अपहरण गरेपछि…

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सिमरन र एर्शादको विवाहपछि लिएको तस्विर ।

    राजविराजः सर्वसाधारण जनताको सुरक्षा गर्ने प्रहरीले नै अपहरण शैलीमा घरबाट लगेर एक महिलालाई बेपत्ता बनाएको भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक सूर्यनारायण यादवले प्रहरी आचरण र नीतिविपरीत यस्तो काम गरेको पत्ता लागेको छ ।

    प्रहरी निरीक्षक यादव, प्रहरी नायब निरीक्षक जयप्रकाश साहसहितको टोलीले गरेको यो अनौठो कामविरुद्ध उजुरी परेपछि मात्रै यो घटना सार्वजनिक भएको हो।

    सप्तरीको इनरुवा फुलवडिया ९ का एर्शाद हुसेनसँग अन्तरजातीय विवाह र अदालतबाट नाताकायम गरी बसेकी सिमरन मण्डल खत्वेलाई गत भदौ ३१ गते पुरुष प्रहरीहरुले दुईतिर समाई मोटरसाइकलको बीचमा राखेर जबरजस्ती लगेको उनका ससुरा जियाउल हकले बताए ।

    प्रहरी कार्यालयमा उजुरीसहित धाउँदा पनि सिमरनबारे कुनै जानकारी नपाएपछि हकले जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालय तथा राष्ट्रिय मानवअधिकार आयोग, जनकपुरमा निवेदन दिएका छन् । उनले उच्च अदालतको राजविराज इजलाशमा गत असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दिएपनि हालसम्म सिमरनलाई उपस्थित नगराइएको गुनासो गरे ।

    लहानमा सँगै पढिरहेका एर्शाद र सिमरनकाबीच प्रेमसम्बन्ध भयो । प्रेमविवाह गरेका उनीहरुलाई पटक–पटक छुट्याउने प्रयास भयो। कल्याणपुर प्रहरीले भदौ १ देखि ६ गतेसम्म दुबैलाई बिना पुर्जी थुनामा राख्यो ।

    एर्शादका अभिभावकलाई ‘अपहरण तथा बलात्कार मुद्दामा एर्शादलाई ११ वर्ष कैद हुने’ धम्की दिएपछि डराएर उनीहरुले प्रहरीको मागबमोजिम भदौ ६ गते दुई लाख पाँच हजार दिएर एर्शादलाई छुटाएर घर लगेको एर्शादका हजुरबुवा मो. इमामुद्धिनले बताए । उता सिमरनलाई उनका काका शोभित मण्डलको जिम्मा लगाइयो ।

    जतिपटक भागेपनि र मन्दिरमा विवाह गरेपनि सम्भव नभएपछि उनीहरुले सल्लाहबमोजिम सप्तरी जिल्ला अदालतबाट भदौ २७ गते नाताकायम गराए । नाताकायम पछि उनीहरु ढुक्कले घरमा बस्न थालेका थिए ।

    तर, भदौ ३१ गते प्रहरी निरीक्षक यादवसहितको चार जना पुरुष प्रहरीको टोलीले अदालतको नाताकायमलाई वेवास्ता गर्दै सिमरनलाई जबरजस्ती उठाएर लगे । ‘हामी एक अर्कासँग प्रेम गर्छौ, एकअर्का बिना बाँच्न सक्दैनाँै, अदालतबाट नाताकायम पनि गरेका छौं’ भनेर दुवैले प्रहरीसमक्ष जिद्दी गरिरहे । तर, प्रहरीले सिमरनलाई कल्याणपुरको एक एम्बुलेन्समा राखेर माइत पु¥यायो । प्रहरी निरीक्षक यादवले भने इलाका प्रहरी कार्यालय लहानले घरबाट बेपत्ता सिमरनलाई जिम्मा लगाउन पठाएको र पत्रअनुसार जिम्मा लगाएको बताएका छन् ।

    पूर्वमन्त्री राजलाल यादवको प्रतिबद्धतामा दुबै पक्ष बसेर सिमरन र एर्शादलाई सामुन्ने राखेर छलफल गराउने र सिमरन राजी भएमा दुई लाख पाँच हजारसहित सिमरनलाई एर्शादको जिम्मा लगाउने सहमति पनि भएको थियो । यसरी सहमति र अदालतको आदेश समेत कार्यान्वयन नहुँदा एर्शाद परिवार निराश भएका छन् ।

    प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले प्रहरी निरीक्षक यादव र प्रहरी नायव निरीक्षक साहसँग स्पष्टिकरण सोध्नुका साथै छानविन समिति नै गठन गरी कारवाही प्रकृया अगाडि बढाएको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.