×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

चरिकोट अस्पताल प्रकरण: सहायक सिडियो र डिएसपीलाई काठमाडौं तानियो

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मृतक बालकका हजुर बुवा भन्छन्–डाक्टरले बिरामीको नाडी समेत छामेनन्

    चरिकोटः दोलखाको चरिकोट अस्पतालमा एक बालकको मृत्यु भएपछि चिकित्सकहरुलाई माफी मगाइएको घटनाले चर्को रुप लिएपछि सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले र प्रहरी नायब उपरीक्षक रविन कार्कीलाई काठमाडौं तानिएको छ।

    अस्पतालका डाक्टरहरुले असुरक्षित भएको भन्दै इमर्जेन्सी सेवा समेत बन्द गरेर काठमाडौं आएपछि गृहमन्त्रालयले सोधपुछको लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी आले र प्रहरी नायब उपरीक्षक कार्कीलाई काठमाडौं तानिएको हो।

    प्रस्तावित चरिकोट अस्पतालमा भीनपा–१० का नवराज रिजालका साढे दुई वर्षीय छोरा महादेव रिजालको गत शुक्रवार मृत्यु भएपछि उत्पन्न विवाद अझै टुंगिएको छैन। शनिबार दिउँसो मृतक पक्ष र अस्पताल ब्यबस्थापनबचि सहमति गराएर निर्णय सुनाउँदा भिडबाट चिकित्सकलाई जर्बजस्ती माफी माग्न लगाइएको आरोप लगाउँदै चिकित्सक संघले विरोध जनाएपछि दुवै सुरक्षा अधिकारीहरुलाई बयानका लागि राजधानी झिकाइएको हो। चिकित्सक संघ लगायत चिकित्सकहरुको विभिन्न पेशागत संघसंगठनले चिकित्सकलाई माफी प्रहरी प्रशासनकै आडमा माग्न लगाएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

    यता पीडित पक्षले भने डाक्टरले माफी माग्ने क्रममा प्रहरी प्रशासनको कुनै पनि हात नरहेको बताउँदै उनीहरुलाई अनावश्यक दुःख नदिन आग्रह गरेका छन्। मृतक बालकका हजुरबुबा इन्द्र रिजालले सहायक सिडियो र डिएसपीले सहमति गराएर बाहिर निस्किएको र माफी माग्ने क्रममा प्रहरीले अस्पताल प्रशासनलाई नै सुरक्षा दिन आएको बताए।

    उनले आफुहरु अहिले पनि अस्पताल सञ्चालन गर्नुपर्ने पक्षमा रहेको र छानविन समितिले सार्वजनिक गर्ने रिपोटको पक्षमा आफु रहेको बताए। रिजालले इमर्जेन्सी सेवा बन्द गराएर आन्दोलनमा उत्रिनु भनेको छानविन समितिले सार्वजनिक रिपोटलाई डाकछोप गरी आफ्नो गल्ति लुकाउन खोजेको आरोप लगाए। पीडित परिवारले टुंगिसकेको घटनालाई उचालेर आफूमा पीडा थपेको जनाएका छन्।

    यसैबीच स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन टोलीले शुक्रबारबाट घटनाबारे छानविन शुरु गरेको छ।

    ‘डाक्टरले बिरामीको नाडी समेत छामेनन्’

    मृतक बालकका हजुरबुबा इन्द्रबहादुर रिजालले भने चिकित्सकले आफ्नो बिरामी नातिको नाडी समेत नछामिदिएको दुखेसो गृहमन्त्रालयका सहसचिव लोकनाथ पौडेलसाम पोखेका छन्। उनले जिल्ला प्रशासन कार्यालय दोलखाको रोहबरमा भएको छलफलको क्रममा रिजालले डाक्टरलाई पटक–पटक हेरिदिन आग्रह गर्दा पनि वास्ता नगरेपछि आफ्नो नातिको मृत्यु भएको बताए।

    उनले बच्चालाई लिएर अस्पतालको कोठा कोठामा भौतारिँदै हिड्दा पनि डाक्टरहरुले वेवास्था गरेपछि आफ्नो नातिको ज्यान गएको र पछि मृत्यु सर्टिफिकेटमा आफुहरुले अथक प्रयास गर्दा पनि निमोनिया र दुध सर्केर मृत्यु भएको भनि झुटो रिपोट बुझाएर आफुहरुलाई झन् पीडित बनाएको बताए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.