×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

फोटोकथाः ‘सिंहदरबार राष्ट्रिय निकुञ्ज’ घोषणा गर्ने कि ?

  •  
  • शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कवाडीखाना र घाँसे मैदानले यसरी कुरुप बन्दैछ सिंहदरवार

    पुष्प ढुंगाना

    १४ असोज, काठमाडौं । सिंहदरबारभित्र राष्ट्रिय निकुञ्जको झल्को मेट्न सकिन्छ भन्ने कुरामा सजिलै पत्यार नलाग्न सक्छ ।

    झट्ट देख्नेहरुले सिंहदरबारको वातावरण सन्तुलनका लागि हुर्काइएका विरुवाहरुमात्र देख्छन् । तर, साच्चै सिंहदरबारलाई नजिकबाट नियाल्न थाल्ने हो भने राज्यको केन्द्रीय सचिवालय क्षेत्र भनेर चिनाउन जालमर्दो अवस्था छ ।

    सिंहदरबारको दक्षिण गेटबाट छिरेपछि पश्चिमतर्फ मन्त्रालयका ठूला-ठूला भवनहरु छन् । त्यही कारण पनि त्यतातर्फको भागमा निकुञ्जको झल्को पाउन सकिँदैन । तर, त्यसले कवाडीखाना र व्यथितिको भने अर्कै सन्देश दिन्छ ।

    दक्षिण गेटबाट छिर्ने बित्तिकै पूर्वी भागतर्फ सहकारी तथा गरिवी निवारण मन्त्रालय तर्फ मोडियो भने सिंहदरबारको दुदर्शा देख्न शूरु हुन्छ । ती मन्त्रालय छिर्दा छिर्दै लामखुट्टेले टोक्न थाल्छ भने बाटो सधैभरी हिलाम्य हुन्छ । त्यही ठाउँमा छ, सहकारी तथा गरिबी निवारण मन्त्रालय । मन्त्रालयका नाम जस्तै त्यहाँको वातावरण पनि गरीब नै देखिन्छ ।

    त्यहाँबाट उत्तरतर्फ फर्कियो भने एउटा घाँसे मैदान छ । राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानहरु हिउँदमा डढेलो लगाएर सफा पारिएको हुन्छ । तर, सहरी विकास मन्त्रालयको पछाडी, सञ्चार मन्त्रालय र गरिवी निवारण मन्त्रालयबीचको भागको घाँसेमैदान जस्तै भूभाग निकुञ्जको जति पनि व्यवस्थित छैन ।singha durbar (7)

    घोरल र मृग सजिलै लुक्नसक्ने झाडीले भरिएको छ । फरक केमात्र छ भने निकुन्जका घाँसे मैदानमा जस्तो वन्यजन्तुको साटो यहाँको घाँसे मैदानमा थोत्रा गाडीहरु लडिरहेका भेटिन्छन् । कुनै ओडार हो कि जस्तो लागेर नजिक जाँदा थाहा हुन्छ ती थोत्रा गाडी हुन् ।

    अब जाऔँ, रक्षा मन्त्रालय हुँदै पूर्वी गेटको ठीक अगाडीबाट उत्तरतर्फ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र वितरण इकाइ बसेको छ । यसअघि त्यो ठाउँ गाँजाको झाडी थियो तर भर्खरै खोरिया फाँडेजस्तै गरि सफा गरिएको छ ।

    मुल सिंहदरबारको हरिविजोग

    singha durbar (10)
    भूकम्पअघि प्रधानमन्त्रीको कार्यालय रहेको भवनसँगै रक्षा मन्त्रालय थियो । र, सँगै जोडिएको उत्तरतर्फको भागमा सिंहदरबारभित्रको सेनाको गुल्म बस्थ्यो ।

    नेपाली सेना बस्ने त्यो ठाउँ पुग्दा अहिले ठ्याक्कै चितवन राष्ट्रिय निकुञ्जभित्र छिरेको झल्को आउँछ ।

    singha durbar (4)सिंहदरबारभित्रका लागि विद्युत वितरण केन्द्र पुरै रुख र लहराले ढोकेको छ । विद्युत ट्रान्समिटर हेर्नुपर्‍यो भने झाडी पल्टाइ पल्टाइ मात्र हेर्न सकिन्छ ।

    singha durbar (2)यस्तै सिंहदरबारभित्रको पानी वितरण गर्ने मुल ठूला दुई ट्याङकी छन् । त्यो पनि यहाँभित्र झाडीले पुरिएका छन् । यसअघि सेना बसेको राणाकालीन भवनभित्र पिपल र विभिन्न घाँसहरु उमि्रएका छन् ।
    यस्तै पश्चिम-उत्तर कुनामा छ, गृह मन्त्रालय । तर, मन्त्रालयको पछाडीको ठूलो क्षेत्रमा फैलिएको खाली जमिन समेत उस्तै गरि खाँसे मैदान जस्तै अव्यवस्थित बनेको छ ।

    देशको कार्यकारी पद हो प्रधानमन्त्री । र प्रधानमन्त्री कार्यालयले आफ्नो देशभित्रको समग्र पक्षको सुक्ष्म अनुगमन गर्दै कमजोरी पक्षहरु सुधार्न निकायहरुलाई निर्देशन दिन्छ ।

    तर, त्यही प्रधानमन्त्रीको कायालयबाट करिब २ सय मिटर आसपासको अवस्था कबाडी खाना, निकुञ्जभित्रको झाडी जस्तै गरि उदेकलाग्दो बनेर लडिरहेको नदेख्ने सरकारले पश्चिम कणर्ालीका व्यथा र पीडाहरु कसरी नियाल्न र बुझ्न सक्ला ?

    singha durbar (8)भद्रगोल फोहोर कोठाले त्यहाँ बस्ने व्यक्ति कति जाँगरिलो छन् भन्नेबारे दिने पूर्व जानकारी दिन्छ । त्यस्तै सिंहदरबारलाई व्यवस्थित बनाउन नसक्ने सरकारप्रतिको चिनारी पनि झल्काउछ ।

    सिंहदरबारका खाली जमिनलाई विभिन्न चित्र कोरिएका सुन्दर बगैँचामा रुपान्तरण गर्दा के विग्रन्थ्यो सरकार ?

    आखिर राज्यको ढुकुटी खर्च गरेर दिनहुँ सरकारी अधिकारीहरु कुनै न कुनै देश घुमिरहेकै हुन्छन् । देश हेर्नेले मुखमात्र फेर्ने कि त्यहाँबाट केही सिकेर पनि फर्किने ? प्रश्न चाहिँ सिंहदरवाभित्रै अनुत्तरित छ ।

    तस्वीरः कविन अधिकारी

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.