कैलासबावु श्रेष्ठ/गोरखा
असोज १३ गते । दशैमा मा चङ्गा उडाएर रमाईलो गर्न परम्परा पूरानै हो । दशै नजीकिदै गर्दा चङ्गा उडाएर धूमधामका साथ दशैंको स्वागत गरिन्छ । दशै नजीकिए सगै राजधानी तथा देशेको बिभिन्न स्थानकां गिप्ट सपहरुमा रगी चङ्गी चङ्गा सजाउने क्रम बढेको छ ।

दशै को चहलपहल बढेसगै चङ्गा को ब्यापार पनि बढने गर्छ । दशै को समय झै अरु बेला खासै चङ्गाको कारोबार हुदैन । भदौ र असोज दूई महिना चङ्गा को बजारमा अत्याधिक माग हूने गर्छ । मनोरन्जन, प्रतिष्पर्धा र धार्मिक बिश्वास को सगमका रुपमा पनि दशै मा चगा चङ्गा उडाउने गरिन्छ । दशै नजीकिए सगै आकाशमा बिभिन्न रगी बिरगी चङ्गाहरु उडेको देख्न पाईन्छ ।
चङ्गा को इतिहास सन ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङग सुवानले काठ र बासँको चरा आकारको चङ्गा बनाएर तीन दिन सम्म आकाशमा उडाएको कुरा उल्लेख गरिएको छ र त्यही समय देखिनै चङ्गा उडाउने परम्परा रहेको इतिहासमा उल्लेख छ ।
नेपालमा भने चङ्गाको चलन जापान बाट भित्रीएको बिश्वास गरिन्छ । चङ्गा उडाउनु लाई शुभ सगुन का रुपमा पनि लिईन्छ । किम वंदन्ती अनुसार वर्ष याम भरि धेरै पानी परिसकेको हुन्छ । धान पाक्ने बेला भएको हूनाले पानीका राजा ईन्द्रदेव लाई पानी चाहिदैन भनेर चङ्गा उडाएर सन्देश पढाएको मानिन्छ । चङ्गा उडाएमा पानी पदैन भन्ने जन विश्वाश पनि रहि आएको छ । 
अहिलेको नयाँ पुस्तामा चङ्गा मोह घटदै गएको छ । मनोरन्जनका सामाग्रीको तीव्र बिकास सगै अहिलेका पुस्ता चङ्गा उडाउने भन्दा पनि त्यही मनोरन्जन का सामाग्रीमै रमाउनु र चङ्गा उडाउन खुल्ला ठाउ अभाव र घर को छत बाट चङ्गा उडाउदा दुर्घटना हुन थालेपछि अहिले चङ्गा प्रतिको आर्कषण घटदो छ ।
पहिले पहिले नेपाली कागजका चङ्गा प्रयोग गर्ने गरेपनि पछिल्लो समयमा नेपाली कागज महगो भएपछि अधिकाश चङ्गाहरु भारत र चीन बाट आर्यत गरिन्छ । बिषेषत कपडाको चङ्गा , कागजको चङ्गा र प्लाष्टीक को चङ्गा बडी आर्यत गरिन्छ । चङ्गा उडाउन प्रयोग गरिने धागो पनि भारत बाटै आर्यत गर्ने गरिन्छ भने लटाई यहीनै उत्पादन भएको प्रयोग गरिन्छ ।
बजारमा १० रुपैया देखि १ हजार रुपैया सम्म का चङ्गाहरु रहेका छन । गएको वर्ष आएको भूकम्प र प्रबिधिको बिकासले बच्चाहरु कम्प्यूटर मोवाइल लगाएतका साधनमै बढी रम्न थालेपछि बिगतका वर्षहरुमा झै यो बर्ष चङ्गाको ब्यापार नभएको र ७५ प्रतिशत चङ्गा को ब्यापार घटेको ब्यवशाहीहरु दावी छ ।
मनोरन्जन मात्रै नभई एैतिहासीक र धार्मिक महत्व बोकेको चङ्गा उडाउने परम्परा पछिल्लो समयमा सकंटमा पर्न थालेको छ । यसको संरक्षण र महत्व बचाउनका लागी सम्पूर्णको ध्यान जान जरुरी छ ।
फोटो गुगल



