×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

समानुपातिक ११० छनौट फर्मुलाः महिला ५१ प्रतिशत, मधेसीको संख्या घट्यो

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    थारु र मुस्लिमको अलग क्लस्टर

    राजकुमार श्रेष्ठ

    १२ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक सदस्य छनौटको सूत्र अघि सारेको छ । र, यसले संविधान अनुसार एक तिहाई महिलाका साथै तोकिएका क्लस्टरको प्रतिनिधित्वको सुनिश्चितता हुने आयोगले बताएको छ ।

    यसो भएमा समानुपातिकबाटै कम्तिमा ५६ महिला सांसद बनाउन दलहरु कानुनी बन्धनमा पर्नेछन् ।

    संविधानको धारा ८४ अनुसार प्रतिनिधिसभा २७५ सदस्यीय हुनेछ । जसमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेछन् भने ११० समानुपातिक निर्वाचन प्रणालीबाट आउनेछन् ।

    समानुपातिकमा दलहरुले उम्मेदवारी दिँदा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था छ ।

    संविधानले नै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । यहि संवैधानिक सुनिश्चितता व्यवहारमा उतार्न समानुपातिकमा कम्तिमा ५१ प्रतिशत महिला निर्वाचित गराउनु अनिवार्य हुनेछ ।

    किनकी अहिलेको अवस्थालाई हेर्दा १६५ प्रत्यक्षबाट धेरै कममात्र महिला विजयी भएर आउने सम्भावना छ । जबकी संविधान अनुसार प्रतिनिधिसभामा एक तिहाई अर्थात ९२ जना महिला अनिवार्य छ ।

    हालको २४० प्रत्यक्ष निर्वाचित सिटमा महिलाले जम्मा ११ सिट जितेका छन् । जसमा कांग्रेसका ७, एमालेका ३ र माओवादीका एक प्रत्यक्ष निर्वाचित महिला सांसद छन् ।

    यस्तोमा बाँकी जातीय तथा भौगोलिक क्लस्टरहरु मिलाउन कठिन हुने देखिएको थियो । र, केहीले यसलाई मिलाउन संविधान संशोधन गर्नुको विकल्प नभएको बताएका छन् ।

    तर, निर्वाचन आयोगले संविधान संशोधन नगरी महिला र जातीय क्लस्टरको प्रतिनिधित्व सुनिश्चित गर्ने विकल्प खोजेको छ । र, यसको मस्यौदा गर्ने काम भइरहेको छ ।

    यस्तो छ निर्वाचन आयोगको प्रस्ताव

    प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्वन्धी ऐनको मस्यौदा बन्दैछ । जसमा हरेक राजनीतिक दलले समानुपातिकतर्फ जित्ने सिटमा कम्तिमा ५१ प्रतिशत महिलालाई अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।

    बाँकी क्लस्टरहरुलाई ६ वटा जातीय समूहमा राखिएको छ । र, २०६८ को जनगणनालाई आधार मानेर जातीय समूहहरुको जनसख्याका आधारमा प्रतिशत तय गरिएको छ ।

    जसअनुसार खसआर्यको ३१ प्रतिशत हुनेछ । आदिवासी जनजातिको २९, मधेसीको १५, दलितको १४, थारुको ७ र मुस्लिमको ४ प्रतिशत हुनेछ ।

    अघिल्लो संविधानसभामा यो क्लस्टर पाँच वटा थियो । जसमा मधेसीको ३१.२, दलितको १३, खसआर्यको ३०.२, आदिवासी जनजातिका २९ र पिछडिएको क्षेत्रको ४ प्रतिशत थियो ।

    यो पटक संविधान अनुसार थारु र मुस्लिकको क्लस्टर अलग्गै थपिएकाले मधेशीको प्रतिशत घटेको हो । थारु र मुस्लिम अब अलग-अलग आरक्षण क्लस्टर हुनेछन् । थारु र मुस्लिमहरुले आफूहरुलाई मधेसी कोटामा नराख्न माग गर्दै आएका थिए ।

    यसमा पिछडिएको क्षेत्रलाई त्यसमा राखिएको छैन । पीछडिएको र अल्पसंख्यक भनिएपनि त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेमा आयोग छलफलमै रहेको प्रमुख आयुक्त यादवले बताए ।

    अपाङगता भएका व्यक्तिहरुको उपस्थिति सुनिश्चित गर्न हरेक दलले अपाङगता भएका व्यक्तिहरु जनसंख्या अनुसार आफूले जितेको सिटमा १.९ अर्थात २ प्रतिशत सुनिश्चित गर्नु पर्नेछ ।

    कसरी गरिन्छ हिसाव ?

    निर्वाचन आयोगले बनाउँदै गरेको मस्यौदा अनुसार समानुपातिकको बन्दसूची साँच्चीकै बन्द हुनेछ । अर्थात दलहरुले सुरुमा क्लस्टर अनुसार नै ११० को सूची आयोगलाई बुझाउनु पर्नेछ ।

    र, चुनावी परिणाम आएपछि त्यो सूचीबाट प्रतिनिधिसभा सदस्य हुनेहरु दलले होइन, आयोगले छनौट गर्नेछ । अहिले २३५ समानुपातिकको सूची बुझाएपनि आफूले आफ्नो अनुकुलता अनुसार छनौट गर्न सक्थे । तर, अब यो नरहने प्रस्ताव गरिएको छ ।

    साथै आयोगले छनौट गर्न पहिला महिला र पुरुषको संख्या आधा गर्नेछ र त्यसमा ६ वटा जातीय क्लस्टरहरु पार्नेछ ।

    मानौं, यदि कुनै दलले प्रत्यक्षतर्फ २५ सिट (५ महिला र २० पुरुष) र समानुपातिकमा ३० सिट जित्यो । आयोगले तोकेको समानुपातिकमा आधा महिला अनिवार्य गर्दा १५ महिला हुन्छ र, समानुपातिकको ५ गर्दा महिला २० पुग्छ । यो कुल ५५ को एक तिहाइ हुन्छ । र, अब उक्त दलले पाएको समानुपातिक सिटमा सदस्य छनौट गर्दा १५ महिला हुने गरी जातीय क्लस्टरको प्रतिशत अनुसार छानिनेछ ।

    तर, प्रत्यक्षतर्फ ३० र समानुपातिकमा ४० सिट जित्यो । तर, प्रत्यक्षमा एक महिला आएनन् भने समानुपातिकमा आधा महिला गर्दा २० मात्र हुने भयो । यो कुल ७० को एक तिहाइ भएन । त्यसैले समानुपातिकको सदस्य छनौट गर्दा २४ महिला र १६ पुरुष छनौट गरिनेछ ।

    सुरुमा महिला र पुरुषको हिसाव निकालेपछि ६ जातीय क्लस्टरहरु अनुसार विजेताहरु छनौट गरिनेछ । निर्वाचन आयोगका अनुसार अघिल्लो चुनावमा तोकिएको प्रतिशतमा १० प्रतिशत जोडघटाउ गरिएको थियो । यदि अब पनि यही व्यवस्था अपनाउने हो भने मधेसी समुदायको १५ प्रतिशत भन्नाले १५ देखि १८ हुनेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.