×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

चिकित्सकलाई माफी मगाइएको दृष्य ‘फेसबुक भाइरल’ पछि चरिकोट अस्पतालमा हड्ताल

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    दोलखास्थित चरिकोट अस्पतालमा उपचार गर्न प्रतिक्षारत मानिसहरु । तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर

    आश्विन १२, २०७३- स्वास्थ्यकर्मीमाथि स्थानीय प्रशासनको रोहबरमा अमानवीय व्यवहार गरिएको भन्दै दोलखा सदरमुकाममा रहेको जिल्लाकै सबैभन्दा ठूलो चरिकोट अस्पतालमा बुधबारदेखि हडताल सुरु गरिएको छ ।

    अस्पतालको लापरवाहीका कारण ज्यान गएको भनिएको एकजना नावालकको विषयमा चिकित्सकहरुले गरेको क्षेमायचनाको भिडियो ‘फेसबुक भाइरल’ भएपछि स्वास्थ्यकर्मीहरुले हड्ताल सुरु गरेका हुन् । प्रशासन र प्रहरीसहित देखिने भिडियोमा स्वास्थ्यकर्मीहरुलाई नमस्कार गर्न लगाई भीडको बीचबाट अगाडी लामबद्ध गर्दै माफी माग्न लगाइएको छ । उक्त कार्य गर्न जवरजस्ती गर्दै अपराधी झै उभ्याएरु बेइजती गर्न लगाइएको आरोप स्वास्थ्यकर्मीहरुको छ ।

    अस्पतालको आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प गर्दै स्वास्थ्यकर्मी हड्तालमा उत्रिएपछि विरामीहरुको विचल्ली भएको छ । सम्पूर्ण उपचार सेवा निशुल्क रहेको सरकारी र निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालित अस्पतालमा दैनिक सरदर तीन सय मानिसहरु स्वास्थ्य जाँच गर्न आउँछन् । शल्यकृया, औषधी शैयामा सम्पूर्ण निशुल्क भएको अस्पतालप्रति आकर्षित हुँदै आएका मानिसहरु विनाजानकारी बन्द भएको अस्पतालको हाताबाट निरास हुँदै फर्किएका थिए । सरकारले देशमै पहिलो अभ्यासस्वरुप २०७२ माघ महिनादेखि नेपाल सरकार र न्याय हेल्थ नामक गैरसकारी संस्थाले निशुल्क अस्पताल सेवा सुरु गरेको हो ।

    बान्ता हुने र पेट दु:ख्ने समस्या देखिएपछि अस्पाताल ल्याइएका अढाइ बर्षिय महादेव रिजालको गएको विहिवार अस्पतालमा निधन भएको थियो । उक्त दु:खदायी घटनामा देखिएको त्रुटीलाई अस्पतालले स्वीकार गर्दै माइन्यूटसमेत गरिएको छ । परिवारको आफन्तहरुले अस्पतालको चरम लापरबाहीका कारण बच्चा गुमाउनु परेकोमा दु:ख व्यक्त गर्दै लाभको बार्गेनिङ भन्दा पनि सेवा सुधारका लागि गरिएको प्रयास भनेका छन् । मृतकका हजुरबुबा इन्द्रबहादु्र रिजालले आगामी दिनमा अरु कुनै मानिसले अस्पतालको चरम लापरबाहीले ज्यान गुमाउन नपरोस भन्ने हेतुले माफी माग्नुपर्ने माग राखिएको बताए ।

    सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेको संयोजकत्वमा छानवीन समितिसमेत गठन गरेर प्रतिवेदन नआइसक्दै माफी मगाइएको र त्यो सार्वजनिक गरेको प्रति जिल्लास्थित स्वास्थ्यकर्मीहरुको हितमा स्थापित संघसंस्थाले विरोध जनाएका छन् । घटनाको छानवीन हुँन बाँकी हुँदै स्थानीय प्रशासनको प्रतिनिधिहरुको उपस्थितिमा अमानवीय, अस्वभाविक, सुनियोजित रुपमा अपमानित गर्दै अत्यन्त घृणित व्यवहार प्रर्दशन गर्दै माफी मगाइएको भिडियो सामाजिक सञ्जालमा फैलाइनुको जघन्य अर्को अपराध भएको जिल्लास्थित ९ वटा संस्थाहरुले विज्ञप्ति जारी गरेर भत्सर्ना गरेका छन् ।

    अस्पतालको चिकित्सकहरुले अस्पतालमा हुनसक्ने क्षेती र आफ्नो आत्मरक्षाका निम्ती प्रशासन र भीडको मागअनुसार माइन्युटमा सही गरिएको र माफी मागिएको बताए । भीडले निजी आवास कोठाहरु तोडेर त्यहाँभित्रको दृष्य र माफी मागिएको दृष्यलाई सार्वजनिक गरिदिएपछि देशविदेशका चिकित्सकहरुले समेत हिनताबोध गरेकाले सेवा ठप्प पार्न बाध्य भएको एकजना चिकित्सकले बताए । जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्रप्रताप शाहले आफु फिल्डमा रहेकोले घटनाबारे बेखवर रहेको बताए । छानवीन समितिका संयोजक औलाखबहादुर आलेले घटनाको प्रतिवदेन आउन बाँकी रहेको जानकारी दिएका छन् ।

    ekanipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.