×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

इलाका नै गाउँपालिका

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्थानीय तह पुन:संरचना आयोगलाई सरकारको निर्देशन

    बालकृष्ण बस्नेत
    संविधानको धारा २९५ को उपधारा ३– धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न नेपाल सरकारले आयोग गठन गर्ने र त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्ने ।

    आश्विन १२, २०७३- सरकारले प्रमुख तीन दलको सहमतिअनुसार स्थानीय तह पुन:संरचनाका लागि हाल कायम इलाकालाई आधार बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जिल्ला विकास समितिअन्तर्गत विद्यमान इलाकालाई मापदण्ड मानी गाउँपालिकाको संख्या तय गर्न स्थानीय तह पुन:संरचना आयोगलाई निर्देशन दिने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकले संविधानको धारा २९५ को उपधारा ३ अनुसार आयोगलाई स्थानीय तह निर्धारण गर्ने मापदण्ड तोकेर निर्देशन दिएको हो । यसअघि तीन ठूला दलले इलाकालाई नै आधार बनाई गाउँपालिका निर्धारण गर्न सहमति जनाएका थिए । हाल मुलुकभरका जिविसअन्तर्गत ९ सय २७ वटा इलाका छन् । ती इलाकाभित्र २ सय १७ वटा नगरपालिकासमेत पर्छन् । मन्त्रिपरिषद्ले नगरपालिकालाई कायमै राखी बाँकी इलाकालाई आधार मानी गाउँपालिका बनाउने निर्णय गरेको छ । नगरपालिकालाई छाड्दा गाउँपालिकाको संख्या ९ सय २७ भन्दा धेरै कम हुने स्थानीय विकास मन्त्रालयका अधिकारी बताउँछन् ।

    ‘पुरानै इलाकालाई आधार बनाएर गाउँपालिका बनाउँदा कम विवाद आउने देखियो । त्यहीअनुसार आयोगलाई टीओआर दिने निर्णय भएको हो,’ बैठकपछि रक्षामन्त्री बालकृष्ण खाँडले कान्तिपुरसित भने, ‘पहिले भएका इलाकामा नयाँ नगरपालिका भए नगरपालिका नै कायम गर्ने र बाँकीलाई गाउँपालिका बनाउने निर्णय भएको छ ।’

    आयोगले सरकारले तोकेको मापदण्डबमोजिम स्थानीय तह पुन:संरचना गर्नुपर्ने र अन्यथा सिफारिस गर्न नसक्ने संवैधानिक बाध्यता छ । संविधानको धारा २९५ को उपधारा ३ मा ‘धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न नेपाल सरकारले आयोग गठन गर्ने र त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्ने’ उल्लेख छ ।

    यसअघि तत्कालीन केपी ओली सरकारले दिएको मापदण्डबमोजिम आयोगले ५ सय ६५ गाउँपालिका बनाउने प्रस्ताव गरेको थियो । तर, त्यसमा सरकारमा संलग्न दलहरूबाटै विरोध आएको थियो । कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकले आइतबार स्थानीय तह पुन:संरचनाको विवाद टुंग्याउँदै इलाकालाई आधार मानेर गाउँपालिका बनाउने सहमति गरेको थियो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाको मागअनुसार संविधान संशोधन प्रक्रियाका लागि दलहरूबीच सकारात्मक ढंगले छलफल अघि बढेको जानकारी दिएका थिए ।

    यसैबीच सरकारले पूर्वगृहमन्त्री माधव घिमिरे सवार गाडी त्रिशूलीमा दुर्घटना भएको विषयमा छानबिन गर्न प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह रानाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ । आइतबार दुर्घटनामा परेका घिमिरेसहित तीन जना अझै बेपत्ता छन् । समितिले पृथ्वी राजमार्गमा भइरहेको सवारी दुर्घटनाका कारणसमेत बुझी आवश्यक कारबाहीका लागि सरकारलाई पेस गर्नेछ ।

    बैठकले सवारी दुर्घटना न्यूनीकरणका लागि तदारुकताका साथ सडक संरचना सुधारलगायत काम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.