×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

नाटकीय ढंगले व्यस्त बजारमा गाडीको सिसा फुटाएर २५ लाख चोरी

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विराटनगरको बी प्लटमा पार्किङ गरेर राखिएको अवस्थामा सिसा फुटाएर २५ लाख रुपैयाँ चोरी भएको भनिएको गाडी । तस्बिरः किशोर बुढाथोकी
    किशोर बुढाथोकी
    विराटनगरः विराटनगरको बी प्लटमा पार्किङ गरिएको को १ त ८०१९ नम्बरको गाडीको सिसा फुटाएर जेब्राको झोलाबाट २५ लाख चोरी भएको छ । तेह्रथुमको बसन्तपुरस्थित माउण्ट मकालु डेभलपमेन्ट बैंकको शाखा कार्यालयका कर्मचारीले गाडीमा राखेको पैसा चोरी भएको हो ।
    बैंकको गाडीका चालक वीरबहादुर लिम्बू र सिनियर असिस्टेन सुमन लिम्बू तेह्रथुमबाट दशैंका लागि नयाँ नोट साट्न भनेर विराटनगर स्थित राष्ट्र बैंक आएका थिए ।
    विराटनगरको जलजला चौकमा रहेको माछापुच्छ्रे बैंकबाट पैसा निकालेर साट्नका लागि राष्ट्र बैंक जाने तयारी गरिरहेका बेला पैसा चोरी भएको उनीहरुले बताएका छन् ।
    ‘पैसा निकालेर बी प्लट पुग्दा एक्कासि घाँटी चिलाएर डाबरनै डाबर भयो,’ बैंकका सिनियर असिस्टेन सुमन लिम्बूले भने, ‘झुस बिजेको आशंकामा पैसा हालेको झोला गाडीमा राखेर नजिकै रहेको ट्युबेलमा घाँटी धोएर फर्कदा गाडीको सिसा फुटाएर पैसा चोरी भएको थाहा भयो ।’
    वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाले गाडीबाट पैसा हराएको जानकारी आउन साथ विराटनगरका सबै एरियालाई सिल गरेर घटनाको डिटेल रुपमा अनुसन्धान सुरु गरिएको जनाए ।
    ‘गाडीको सिसा फुटाएर पैसा चोरी भयो भनिएको छ,’ उनले भने, ‘बाँकी कुरा अनुसन्धानबाट खुल्दै जाने छ ।’ उनका अनुसार पैसा चोरी भएको भनिएको गाडी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरी घटनास्थलमा पुग्दा सिसा फुटेको अवस्थामा पैसा राखेको भनिएको गाडी पार्किङ थियो ।
    गाडीको सिसा फुटाएर पैसा चोरी गर्नेको कुनै पनि हुलिया नभएको प्रहरीको भनाइ छ । ‘व्यस्त बजारमा पैसा चोरी गरेको देख्ने पनि कोही छैनन्,’ थापाले भने, ‘प्रहरीले वरिपरिका सबैसंग सोधीखोजी पनि गरिरहेको छ ।’
    मंगलबार साँझसम्म अनुसार घटनामा संलग्न पक्राउ परेका छैनन् । प्रहरीले पैसा कसरी चोरी भयो भनेर पूर्ण रुपमा खुल्न नसकेका कारण घटनालाई शंकास्पद रुपमा हेरिएको जनाएको छ ।
    ‘घटना भएको देख्ने कोही पनि नभएका कारण थप जानकारी पाउन कठिन भइहरेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामीले सबै कोणबाट अनुसन्धान थालिसकेका छौं ।’ उनले भने, ‘कस्तो मानिसले सिसा फुटाए भन्ने विषयमा खोजी भई रहेको र नजिकैको सीसी टिभी फुटेजबाट हेरेर पत्ता लगाउने तयारी भइरहेको छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.