×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

बाँदर धपाउन सर्वोच्चमा गुहार

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    यम विरही
    काठमाडौं: बाँदरले खाद्यान्न बाली, तरकारी बाली र फलफूल खेतीमा चर्को क्षति पुर्‌याउँदासमेत सरकार रमिते बनेको भन्दै कास्कीका किसानले सर्वोच्च अदालत गुहारेका छन् । किसानको रिटमा सुनुवाइपछि सर्वोच्चले बाँदर धपाएर नियन्त्रण नगरेको विषयमा सरकारलाई लिखित कारण पेस गर्न आदेश दिएको छ ।
    बाँदर आतंकका कारण खेती बाँझै छाडेर सहर पस्नुपर्ने अवस्था आइपरेको भन्दै राष्ट्रिय कृषक समूह महासंघ कास्कीका तर्फबाट कृस्ती नाच्नेचौर निवासी ६० वर्षीय ठाकुरप्रसाद सुवेदी रिट लिएर सर्वोच्च आएका हुन् । बारम्बार लिखित आग्रह गर्दा पनि बाँदर नियन्त्रणमा चासो नदेखाएको भन्दै जिल्ला प्रशासन कार्यालय, कास्की, क्षेत्रीय प्रशासन कार्यालय पोखरा, जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, वन तथा भूसंरक्षण मन्त्रालय र कृषि विकास मन्त्रालयलाई विपक्षी बनाएर सुवेदीले रिट दायर गरेका हुन् ।
    उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सोमबार ‘निवेदकको मागबमोजिम किन आदेश जारी गर्न नपर्ने हो ?’ भन्दै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जबाफ पेस गर्न सरकारलगायत निकायलाई आदेश दिएको छ ।
    उक्त आदेश सरकारलाई जानकारीका लागि मंगलबारै महान्यायाधिवक्ताको कार्यालय पठाइएको छ । ‘बाँदर वृद्धिको कारण कृषकमध्ये कतिले त बाँदरको कारण आफ्नो जग्गा जमिन बाँझो राखी गाउँ छोडी सहर पस्न बाध्य भएका छन्,’ पीडित कृषकका पक्षमा बहस गर्दै अधिवक्ता हरिप्रसाद पौडेल र सरस्वती पौडेलले भने, ‘किसानले क्षतिपूर्ति पाउन सकेका छन्, न बिमाको व्यवस्था छ । न त बाँदरबाट सुरक्षाका लागि हातहतियार नै राख्न पाउने व्यवस्था छ ।’

    उनीहरूले बाँदरका कारण संविधानप्रदत्त सम्पत्ति र खाद्यसम्बन्धी हक हनन भएकाले अर्को कानुनी उपचार अभावमा बाध्य भएर रिट हाल्नुपरेको जिकिर पनि गरे । रिटका साथ बाँदरले खाद्यान्नमा पुर्‌याएको हानिनोक्सानी सम्बन्धमा जिल्ला वन कार्यालयले गरेको सर्जमिन मुचुल्का पनि किसानले पेस गरेका छन् ।
    बाँदर नियन्त्रणमा चासो नदेखाएको विषयमा जानकारी लिन खोज्दा हालसम्म बाँदर नियन्त्रण सम्बन्धमा नीतिगत निर्णय र कानुनी व्यवस्था नभएको भनी सम्बन्धित निकायबाट अलिखित जानकारी दिएको गुनासो किसानको छ । सरकारले ठूलो बजेट कृषिमा लगानी गरी कृषि ऋण छुट दिने नीति लिए पनि बाँदरका कारण व्यर्थ हुन पुगेको दाबी पनि रिटमा छ ।
    ‘किसानले न झरी, न घामपानी भनी अहोरात्र खेतीपाती गरेका हुन्छन् । त्यसरी उत्पादित अनाजबाट जीवन गुजारा गरिरहेका हुन्छन् । किसानका लागि कृषि उत्पादनभन्दा ठूलो केही हुन सक्दैन,’ पीडित कृषकले सर्वोच्चसँग गुनासो पोख्दै भनेका छन्, ‘यस्तो अवस्थामा बाँदरले पुर्‌याएको अपूरणीय क्षति र हानिनोक्सानीउपर राज्यको कुनै पनि निकायबाट त्यसको नियन्त्रणका लागि उचित व्यवस्थापन नहुँदा किसानहरू भोकै मर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।’
    सुरुमा बाँदर नियन्त्रणका लागि कृस्ती नाच्नेचौर गाविसका कृषकले जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन, क्षेत्रीय प्रशासन कार्यालय गुहारेका थिए । दुईपटक निवेदन दिँदा पनि कुनै उपाय नआएपछि गत चैतमा प्रधानमन्त्रीको सम्पर्क शाखामा निवेदन दर्ता गरिएको थियो । ‘खाद्यान्न सुरक्षाका लागि बाँदर नियन्त्रण गर्न आवश्यक नीति निर्माण गरी पाऊँ,’ दर्ता नम्बर १०३०७ रहेको उक्त निवेदनमा लेखिएको छ ।
    खाद्यान्न बाली, फलफूल, तरकारी बाँदर नियन्त्रण सम्बन्धमा सरकारबाट चासो नदेखाएका कारण दिनप्रतिदिन बाँदरको संख्या वृद्धि हुँदै आएको जनाउ पनि सर्वोच्चलाई दिइएको छ । बाँदरको मनपर्ने खाना धान, मकै, फलफूल, तरकारी, खाद्यान्न बाली रहेकाले शतप्रतिशत क्षति व्यहोर्नुपरेको अवस्थाबारे पनि सर्वोच्चमा जानकारी गराइएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.