×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

त्रिशुलीले निल्यो एक दशकमा ५ सय ६१ यात्रु

  •  
  • बुधबार, असोज १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    ग्राफिक्स : नेपालखबर

    ‘रेडजोन’ का १० वर्ष, १ हजार ८ सय १० सवारी दुर्घटना

    खगेन्द्र गिरी

    धादिङका ट्राफिक प्रहरी नायव निरीक्षक (सइ) रामचन्द्र घिमिरेका अनुसार गत साउन–भदौमा धादिङ त्रिशुली सडक खण्डमा ६ वटा सडक दुर्घटना भए। जसमा ७ जनाले ज्यान गुमाए भने ५ गम्भीर घाइतेका उद्धार गरियो

    त्रिशुली नदी किनारको सडक दुर्घटनामा परी अहिलेसम्म कतिले ज्यान गुमाए? प्रहरी भन्छः १० वर्षयता पाँच सय ६१ जनाले ज्यान गुमाए।

    धादिङदेखि चितवनसम्मको सडक खण्डमा भएका सवारी दुर्घटनामा मात्रै यति धेरै ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अंगभंग हुनेका संख्या हजार नाघेको छ।

    २०६३ यता नागढुंगाबाट धादिङ पसेपछि दुई सय २६ जनाले र चितवन पुगेपछि तीन सय ३५ जना गरी पाँच सय ६१ जनाले ज्यान गुमाएका हुन्।

    मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाका अनुसार त्रिशुली सडक खण्डमा मात्रै यी दुघर्टना भएका हुन्।

    गत आर्थिक बर्षको अन्तिममा बुझाएको सरकारी तथ्यांकअनुसार मध्य क्षेत्रको त्रिशुली सडक खण्डमा मात्रै एक हजार आठ सय १० सवारी दुर्घटना भए।

    मध्य क्षेत्रले धादिङ त्रिशुली सडक खण्डलाई सवारी दुर्घटनाको ‘रेड जोन’ मा राखेको छ।

    प्रहरीका अनुसार २०७२ वैशाख ९ गते धादिङको नौबिसेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गयो। धादिङको नौबिसे –५ मा पशुपतिनाथ तिर्थयात्राको लागि आएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १६ भारतीय धार्मिक पर्यटक मरे।

    धादिङ ट्राफिक प्रहरीका अनुसार २०७२-२०७३ मा ९५ सवारी दुर्घटना हुँदा ६५ को मृत्यु भयो भने एक सय २१ जना घाइते।

    धादिङका ट्राफिक प्रहरी नायव निरीक्षक (सइ) रामचन्द्र घिमिरेका अनुसार गत साउन–भदौमा धादिङ त्रिशुली सडक खण्डमा ६ वटा सडक दुर्घटना भए। जसमा ७ जनाले ज्यान गुमाए भने ५ गम्भीर घाइतेका उद्धार गरियो।

    गत भदौ १० गते बिहान रौतहटको सदरमुकाम गौरबाट पोखराका लागि छुटेको बस नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकबाट त्रिशुलीमा खस्यो। त्यसबेला २५ यात्रुले ज्यान गुमाए भने १६ घाइते भए। १० जना अझै बेपत्ता छन्।

    भदौ ११ गते चण्डीभन्ज्याङ–९ स्थित जलबिरेबाट ना३ख ४५५६ नम्बरको मालवाहक ट्रक त्रिशूलीमा खस्यो। वीरगन्जबाट तनहुँ गुडेको ट्रक त्रिशुलीमा आधा डुबेको थियो।

    ट्रकको हुटमा बसिरहेका सात जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो।

    त्यसैगरी, २१ भदौमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक–७ मा पुलबाट त्रिशुली किनारमा ट्रक खस्दा दुई जनाको ज्यान गयो। दुई घाइते भए।

    काठमाडौंबाट मुग्लिनतर्फ गुडेको ना३ख ९९०६ नम्बरको ट्रक चुमखोलाको पुलबाट त्रिशुली किनारमा खसेको थियो।

    आइतबार मुग्लिन नजिकै घोप्टेभीरबाट पूर्वमुख्य सचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो। तीनजना मरे भने घिमिरे र उनका दुई भाइ बेपत्ता छन्। सशस्त्र प्रहरी विपद् व्यवस्थापनको कुरीनटार टोली खोज्दै नवलपरासीसम्म पुग्यो। तर, अझै फेला पारेको छैन।

    दसै नजिकिँदा दुर्घटना अझ बढेको छ।

    सवारी चाप, साँघुरो सडक र तीव्र गतिका कारणले दुर्घटना बढेको पाइएको छ।

    यस खण्डमा साना र ठूला दुर्घटना नभएको दिन सायदै हुन्छ।

    यात्रु र प्रत्यक्षदर्शीले दुर्घटनाको दोष चालकलाई दिन्छन्। चालकले मदिरा सेवन गरी गाडी चलाउने, निदाउने र सडक साँघुरो भएकाले दुर्घटना बढेका छन्।
    सडकको दुरावस्थाका साथै गाडीहरुबीच ‘ओभरटेक’ गर्ने प्रतिस्पर्धा चल्दा पनि गाडी त्रिशुलीमा खस्छ।

    २०६३ यता चितवनको नारायणगढदेखि धादिङको सीमा मौवा खोलासम्म भएका दुर्घटनामा तीन सय ३५ ले ज्यान गुमाएका छन्। जसमध्ये दुई सय ५२ पुरुष र ५८ महिला छन्। धादिङमा दुई सय २६ मध्ये एक सय ८९ जना पुरुष र ३७ जना महिलाले ज्यान गुमाएका छन्।

    मुग्लिन–नारायणगढ र पृथ्वी राजमार्गअन्तर्गत ९५ किलोमिटर त्रिशुली किनारहुँदै यात्रा गर्नुपर्ने बाध्यता छ।

    यस खण्डमा पहिरो खस्ने, जाम हुने भन्दै चालक मानसिक तनावमा गाडी चलाउँछन्। फलस्वरुप दुर्घटना हुने प्रहरीले जनाएको छ।

    त्यसैगरी, पक्की पुलसमेत जीर्ण छन्। पुलमा एकतर्फी गाडी चलाउनुपर्ने भए पनि दुईतर्फी चलाउँछन्। धेरै गाडी र ट्रक तिनै पुलबाट खसेका छन्। र, पुलछेउका बार भाँच्चिएका छन्।

    धादिंङ प्रहरी प्रमुख एसपी शरद खत्रीले दुर्घटना जति न्यूनिकरण गर्न खोजे नि बढेको बताए। खत्रीका अनुसार चालकहरुमा अनुशासनको कमि, अनावश्यक ओभरटेक गर्नु, तीब्र गति, साँघुरो सडक, यातयातका साधन बढ्दै जानु, पैदलयात्रीमा सवारी ज्ञानको कमिले पनि दुर्घटना बढे।

    ‘साँघुरो सडकमा ओभरटेक गर्न चालकहरूबीच प्रतिस्पर्धा चल्छ,’ चितवन जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले भने, ‘जहाँ अप्ठेरो मोड आउँछ, त्यहीं चालक निदाएकाले पनि ठूला दुर्घटना भएका हुन्।’

    उनले अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीले नै भएको दाबी गरे।

    चालक सवारी अनुमतिपत्र छ र छैन भनी अनुगमन नगर्नुले पनि ठूला दुर्घटना निम्तिएका हुन्। प्रहरीका अनुसार लामो दुरीका चालक थाक्छन् र पालो दिने अर्का चालक नहुँदा एक सेकेन्ड झकाउँदा नि गाडी सिधै त्रिशूलीमा खस्छन्।

    एसपी कुँवरका अनुसार मुग्लिनदेखि धादिङको मौवा खोलासम्म त्रिशुलीको तिरैतिर २७ किमि र मुग्लिनदेखि जुगेडीसम्म साढे २५ किलोमिटर दूरी पार गर्नुपर्छ। जसमध्ये बढी खतरा नारायणगढ–मुग्लिन खण्डमा छ।

    nepalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.