×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपालमा पनि देखियो चिकनगुनिया, कसरी बच्ने ?

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किट अभावमा रोग परीक्षणमा कठिनाई

    ऋचा अर्याल
    ११ असोज, काठमाडौं । छिमेकी मुलुक भारतमा चिकनगुनियाका विरामीको संख्या बढीरहेका बेला नेपालमा पनि एक व्यक्तिमा चिकिनगुनियाको संक्रमण भेटिएको छ । गत साता चितवन घर भएकी एक महिलामा चिकनगुनिया संक्रमण भेटिएपछि नेपालमा पनि यो रोग भएको पुष्टि भएको हो ।

    चिकनगुनिया जाँच गर्ने किट नेपालमा अभाव भएकाले यसको संक्रमण अझै कति जनामा छ भन्ने कुराको यकिन जानकारी छैन ।

    चितवनकी ति संक्रमित महिला भने हाल आवश्यक उपचार पूरा गरी घर फर्किसकेकी शुक्रराज ट्रपिकल अस्पताल टेकुले जनाएको छ ।

    अस्पतालका अनुसार सुरुमा जार्नी दुख्ने, आँखाका गेडी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतको समस्या देखिएपछि ति महिला जाँचका लागि अस्पताल पुगेकी थिइन् । अस्पतालले सुरुमा उनमा डेंगुको शंका गरिएको थियो तर रिपोर्ट नेगेटिभ आएपछि पुनः परीक्षण गर्दा चिकनगुनिया संक्रमण भएको पाइएको शुक्रराज ट्रपिकल अस्पतालका कल्सल्टेण्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले बताए ।

    ‘ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांशपेशी दुख्ने लगायतका विभिन्न समस्या लिएर आएकी महिलाको रगत परीक्षणका क्रममा उनमा चिकनगुनिया भएको पाइएको थियो,’ डा. बास्तोलाले भने, ‘उनलाई आवश्यक उपचार गरी घर फर्काइसकेका छौं ।’

    उनका अनुसार यो रोग एडिस नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यसलाई एजिप्टी पनि भनिन्छ । यो लामखुट्टे डेंगु, जिका भाइरस तथा एलो फिवर (पहेलो ज्वरो) सार्नका लागि पनि चिनिने गर्दछ । नेपालमा जिका भाइरस र एलो फिवर अहिलेसम्म देखिएको छैन भने डेंगु केहि समय पहिले वीरगञ्जमा देखिएको थियो ।

    के हो चिकनगुनिया ?

    डा. अनुप बास्तोलाका अनुसार अफ्रिकी मुलकमा जोर्नीको दुखाईका क्रममा कुप्रो पर्ने आसनलाई चिकनगुनिया भनिन्छ ।

    एडिस नामक लामखुट्टेले धेरै मानिसलाई टोकेमा यो रोग मानिसमा देखा पर्ने गर्छ । विशेषगरी चिकनगुनिया सार्ने लामखुट्टेले जहिले पनि एकभन्दा बढी मानिसलाई टोक्ने भएकाले नै यसको संक्रमण पनि धेरै हुने गरेको चिकित्सकहरु बताउँछन् ।

    यो रोग १९५२ मा पहिलो पटक साउथन टान्जानियामा देखा परेको थियो । यो रोग अहिलेसम्म युरोप, अफ्रिका, एसिया लगायत विश्वका ६० भन्दा बढी देशहरुमा देखा परिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    पछिल्लो समय यो रोगका कारण भारतमा हजारौं मानिस प्रभावित बनेका थिए । अहिले यो रोग नेपालमा पनि देखिएको हो । चिकनगुनिया फैलाउन लामखुट्टेले डंगुु पनि फैलाउने हुँदा यसबारे सजग हुन चिकित्सकको सुझाव छ ।

    चिकनगुनियाका लक्षण

    सामान्यतयाः चिकनगुनिया सार्ने लामखुट्टले टोकेको तीनदेखि सात दिनभित्र यसको लक्षण देखा पर्न सुरु हुन्छ ।चिकनगुनियाको संक्रमण भएमा मानिसलाई एक्कासी ज्वरो आउँछ । मांसपेशी बाउँडिने, शरीरका हड्डी दुख्ने, एक हप्तामै शरीर कमजोर हुने लगायतका समस्या देखिन्छ ।

    चिकनगुनियाको संक्रमण भएमा मानिसमा उच्च ज्वरो आउँछ । ज्वरो एक्कासी बढेर १०४ डिग्रीसम्म पुग्नसक्छ । यसैगरी कम भोक लाग्नु, कमजोरी महसुस हुनु, टाउको दुख्नु, बेस्सरी जोर्नी दुख्नु, जोर्नी सुन्निनु यसका लक्षण हुन् । मांशपेशी दुख्नु, लगातार उल्टी हुनु, उल्टीमा रगत देखापर्नु पनि यस रोगका लक्षण हुन् ।

    यो समस्या भएमा मानिस एकाएक विरामी भई केही गर्न नसक्ने अवस्थामा पुग्दछ । यो रोग लागेमा मानिसको तत्काल मृत्यु भने हुँदैन ।

    उपचार पद्धति

    चिकनगुनिया डेंगु तथा मलेरिया जस्तै एक प्रकारको लामखुट्टेबाट मानिसमा सर्ने रोग हो । यो रोगको उपचार पद्दति खासै छैन । अझ भनौं चिकनगुनियाको अहिलेसम्म औषधि पत्ता लागेको छैन ।

    त्यसैले लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोग लाग्नबाट बच्नु हो । त्यसबाहेक पानी प्रशस्त पिउने र शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त झोलिलो पदार्थ सेवन गर्नुपर्दछ ।

    ज्वरो घटाउन र जोर्नीको दुखाई कम गर्न सिटामोल पनि प्रयोग गर्न सकिन्छ ।

    बच्ने उपाय

    यो रोग लामखुट्टेको टोकाईबाट सर्ने हुँदा लक्षण सुरु भएको पहिला हप्ता यो रगतमा देखिन्छ । जुन संक्रमित व्यक्तिको शरीरबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै जरुरी छ ।

    लामखुट्टेबाट बच्न घरभित्र तथा बाहिर पानी जम्न नदिने, खाली भाँडाहरुलाई सकेसम्म घोप्ट्याएर राख्ने, विशेषगरी दिउँसोको समयमा चिकनगुनियाको संक्रमण धेरै हुने हुँदा बाहिर हिँड्दा शरीर ढाकिने लामो लुगा लगाउने र दिउँसो अथवा राति सुत्दा लामखुट्टे नछिर्ने झुलको प्रयोग गर्नुपर्दछ ।

    गाढा रंगको लुगामा लामखुुट्टे आकर्षित हुने भएकाले लामखुट्टे लाग्ने समयमा हल्का रंगको लुगा लगाउनु उपयुक्त हुन्छ ।
    यसबाहेक २४ घण्टासम्म पनि धेरै ज्वरो आएमा चिकित्सकलाई देखाउनु उचित हुन्छ ।

    ध्यान दिनुपर्ने कुरा

    ज्वरो आउँदैमा चिकनगुनिया नै भयो भनेर आत्तिनुपर्दैन । किनकी सबै ज्वरो चिकनगुनिया हुँदैन । तर, उच्च ज्वरो आयो भने अस्पताल गएर जचाउँन भने ढिलाइ नगर्नु नै बुद्धिमानी हुन्छ ।

    तर, चिकनगुनियाको ज्वरो देखा पर्दैमा अस्पताल भर्ना भने हुनुपर्दैन । डिहाइड्रेसन (शरीरमा पानी कम हुनु)बाट बँच्नुपर्छ । त्यसका लागि धेरै पानी पिउनुपर्दछ । धेरै पानी पिउँदा पनि यो रोग निको हुन्छ ।

    किट अभावमा रोग परीक्षणमा कठिनाई

    नेपालमा एक व्यक्तिमा चिकनगुनियाको संक्रमण देखिएसँगै अन्य व्यक्तिमा पनि यो रोग सर्न सक्ने खतरा देखिएको छ ।

    तर चिकनगुनिया जाँच गर्ने किट अभावमा यसको संक्रमण अझै कति जनामा छ भन्ने कुराको यकिन जानकारी नभएको स्वास्थ्य सेवा विभाग टेकुले जनाएको छ ।

    विभागका अनुसार हाल यो जाँच गर्ने किट केन्द्रीय प्रयोगशाला टेकुमा मात्र छ । त्यसबाहेक, नेपालमा अन्य कतै पनि यो जाँच गर्ने उपकरण छैन । उपकरण नहुँदा चितवनमै पनि यस रोगका विरामी अरु भए-नभएको थाहा नभएको विभाग स्रोत बताउँछ । स्रोत भन्छ ‘चितवनमै पनि यस रोगका विरामी छन् कि भनेर बुझ्ने प्रयास भएको थियो । तर त्यहाँका चिकित्सकले कीट अभावमा रोगको पहिचान गर्न कठिन भएको बताइरहेका छन् ।’

    यद्यपी विभागले चितवन, जनस्वास्थय कार्यालयलाई संक्रमण हुन सक्ने ठाउँहरुको निरीक्षण गर्न र सजगता अपनाउन निर्देशन दिइसकेको बताएको छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.