………
बाबुको श्राद्ध गरी फर्कनेक्रममा दमौलीमा आइपुगेपछी पूर्व गृहमन्त्री माधव घिमिरेले ‘तिमि थाक्यौं होला आराम गर म चलाउंछु’ भनेपछी राइले गाडिको स्टेयरिङ छाडेर पछाडिको सिटमा आएर बसेका थिए । अघि चालक सिटमा घिमिरे बसे र संगै आमा चैतत्यकुमारी । पछाडिको सिटमा थिए भान्जा नारायणप्रसाद काफ्ले भाइ प्रकाश र घिमिरेको वगिार्ड सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की ।
कुरिनटारसम्म आफूंले चलाएपछी राईलाई स्टेयरिङ दिने योजनामा रहेका घिमिरेको योजना सफल भएन । घोप्टेभिरमा आइपुगे लगत्तै जीप भिरबाट खस्यो । पौडिएर बांचेका राईकै जानकारीको आधारमा घटनास्थलमा पुगेको प्रहरीले पाखामा उनको आमा, भान्जा र सई रामचन्द्रको शब फेला पार्यो । घिमिरे सहित तीन जनाको अत्तोपत्तो लागेन ।

मंगलबार विहान ११ वजे घोप्टेभिरमा पुग्दा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली फेला परिहाल्छ की भन्दै घिमिरे चढेको जीपको खोजीमा जुटिरहेको थियो । बत्ति बालेर रातभर गरेको प्रयासमा अंकुशेमा केही अड्किएको थियो । तीनै सुरक्षा निकायका सदस्य त्यो अंकुशे जीपमा अड्केको आशमा तानिरहेका थिए ।
त्यही ठाउंमा ग्यास बुलेट बोकेको ट्रक र अर्को एक ट्रक समेत यसैगरी दुर्घटनामा परेर वेपत्ता रहेकाले अंकुशले जीपमै अड्केको हो या ट्रकमा त्यो खुलेको थिएन ।
‘लामो प्रयासपछी अंकुशेमा केही अड्केको छ अहिले त्यही तान्ने प्रयास भइरहेको छ,’ घटनास्थलमा भेटिएका नेपाल प्रहरीका डिआइजी हेमन्त पालले भने‘ यसभन्दा अघि ट्रक पनि यही खसेर हराइरहेकाले जीपनै हो भन्ने पक्का छैन ।’
……………..
मंगलबार गृहमन्त्री विमलेन्द्र नीधि नेपाली सेनाका अधिकृत, नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रमुख दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिप रेग्मी, गृह सचिव लोकदर्शन रेग्मी सहितको टोली लिएर दुघर्टनास्थल घोप्टेभिर पुगेका थिए ।

स्थानीय प्रहरीले रेलिङ भाच्चिएको ढाडो भिरमा यस अगाडि २ वटा ट्रक खसेर वेपत्ता भएको र यस अगाडि त्रिशुलीमा खसेका १० भन्दा बढी अझै फेला नपरेको जानकारी दिएपछी भिरतिर हेर्दै उनले भने‘ अहो, बढो रहस्यमय ठाउं पो रहेछ ।’
गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीका अनुसार घिमिरे सहितको खोजीमा घोप्टेभिर क्षेत्रमा सेना, सशस्त्र र प्रहरी गरी ५ सय ८० जनशक्ति खटिएका छन् । त्यसमा डेढ सय गोताखोर सहितको दक्ष टोली छन् । बाढी, खोलाको तिब्र रफ्तार र धमिलिएको पानीका कारण गहिराइमा पुग्न गोताखोरलाई हम्मे परेपछी सय मिटरभित्र सम्म पढाएर दृष्य हेर्न सकिने क्यामरा आइपुगेको छ ।

पानीको तिब्र गती, धमिलो पानी र घटनास्थलको गहिराइका कारण खोजीमा समस्या आएको स्थानीय सुरक्षा अधिकारीको ब्रिफिङपछी घटनास्थलको अवलोकनका लागि पुगेका गृहमन्त्री नीधिले हराइरहेकाको खोजीका लागि आवश्यक पर्ने उपकरणको अभाव भए छिमेकी मुलुकबाट मगाउने बताए । बंगलादेशबाट गोताखोर ल्याउन आग्रह आइरहे पनि नेपाली जनशक्तिनै दक्ष देखिएको भन्दै उनले भने‘ पहिला पनि बंगलादेशका गोताखोर आएर असफल भएको घटना रहेछ, अहिलेसम्मको अवस्थामा हाम्रै जनशक्ति सक्षम देखिए ।

‘अहिलेसम्मको अवस्थामा हाम्रै जनशक्तिले खोज्न सक्ने देखिएको छ,’ नीधिले भने‘आवश्यक पर्यो भने भारत, चीन, पाकिस्तान, बंगलादेश लगायतका देशबाट आवश्यक प्रविधी र जनशक्ति मगाएर भए पनि पूर्वगृहमन्त्रीजीलाई खोज्छौं ।’
…………….
हेलिकप्टरमा घोप्टेभिर पुगेका नीधिले हवाईयात्राबाटै त्रिवेणीधामसम्म जारी रहेको खोजी कामको अवलोकन गरी घाइते राइलाई उपचारका लागि काठमाडौं ल्याउन चितवनको भरतपुरमा रहेको नेपाल प्रहरीको तालिम केन्द्र पुगेका थिए । तालिमकेन्द्रमा स्थानीय सञ्चारकर्मीलाई घटनाबारे जानकारीदिएका थिए ।
खोजी कहिलेसम्म जारी रहन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने‘ जहिलेसम्म भेटिदैन ।’
चितवनको अस्पतालमा उपचाररत राईलाई हेलिकप्टरमा लिएर निधि काठमाडौं फर्किए । त्रिभुवन विमानस्थलमा हेलिकप्टरबाट उनी बाहिर निस्किए लगत्तै गृहका उपसचिव पन्थीले नयां जानकारी दिए‘ मन्त्रीज्यु धादिंगमा बस दुघर्टनामा परेछ ।
उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशनदिंदै उनले भने‘ यस्तो ताल छ के गर्ने होला ।



ekantipur



