×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

घोप्टेभीरमा गृहमन्त्रीले भने, ‘मेसिन प्रयोग गरेरै भए पनि खोज्नू’

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तस्बिर : विमल खतिवडा

    आश्विन ११, २०७३- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दुर्घटनामा बेपत्ता पूर्वगृहमन्त्री लगायतको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

    पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटनामा परेको त्रिशूलीको घोप्टेभीरमा निरीक्षणमा आएका गृहमन्त्री निधिले घटना अन्त्यन्तै दु:खदायी भन्दै सरकारले खोजीमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । पूर्वगृहमन्त्री घिमिरेका दुई भाइ पनि बेपत्ता छन् ।

    घटनास्थलको निरीक्षणपछि गृहमन्त्री निधिले सुरक्षा निकायलाई खोजीमा अहोरात्र खट्न निर्देशन दिए । पूर्वगृहमन्त्री दुर्घटना परेमा सरकार गम्भीर रहेकाले आफू निरीक्षण, अवलोकनमा आएको मन्त्री निधिको भनाइ छ ।

    गृहमन्त्रीको टोलीमा गृहसचिव लोकदर्शन रेग्मी, गृहमन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी पनि छन् ।

    खोजी कार्यमा वाटर क्यामरा, सोनार (पानीभित्र खोज्न मेसिन लगायत उच्चस्तरीय प्रविधि प्रयोग गरिएको उल्लेख गर्दै गृहमन्त्री निधिले अपुग भए विदेशबाट मगाउन सरकार तयार रहेको बताए ।

    गोताखोर टोली, विशेषज्ञ प्राविधिक टोली खोजीमा दिनरात खटिएको भन्दै गृहमन्त्री निधिले आवश्यक सहयोग गर्न सरकार जुनसुकै समयमा तयारको वचन दिए ।

    घटनास्थल चितवनको घोप्टेभीर अवलोकनपछि गृहमन्त्रीको टोली भारतसँग सीमा जोडिएको नवलपरासीको त्रिवेणीतर्फ गएको छ ।

    खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी पाँच सयभन्दा बढी खटिएका छन् ।

    गृहमन्त्रीको टोली भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको अवलोकनपछि मंगलबार नै काठमाडौं फर्कनेछ । टोलीसँगै घाइते चालक विष्णु राईलाई काठमाडौं ल्याइनेछ ।

    मुस्ताङमा बाबुको सोह्रश्राद्ध गरेर फर्कंदै गरेका घिमिरे र उनको परिवार चढेको गाडी आइतबार त्रिशूलीमा खसेको थियो । दुर्घटनामा आमासहित तीन जनाको मृत्यु भएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.