×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पूर्वमन्त्री घिमिरे सबैका प्रिय

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    काठमाडौं: बालाजु वनस्थलीस्थित नर्सरीचोकबाट थोरै अगाडि । बाटैमा राखिएका प्रहरीका गाडी । जोकोहीलाई पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेको घर पत्ता लगाउन गाह्रो पर्दैन । आँगनमा टाँगिएको पाल र पालमुनि शोकमग्न आफन्तहरू । सबैका अनुहार निन्याउरो र झोक्राएको । बोल्ने चाहना कसैमा छैन । वरिपरि छोरीबेटीलाई राखेर बसेका घिमिरेका ससुरा गहभरि आँसु लिएर भन्दै थिए, ‘यस्तो हुन लेखेको रहेछ ।’
    केही समयअघि आफूले लगाएको सप्ताहमा आउँदा ज्वाइँले ९/१० दिन बसेर नाचगान र रमाइलो गरेको उनले सम्झिए । उनीसँगै बसेका महिलाले थपिन्, ‘यसपालि तीजमा पनि उहाँले निकै रमाइलो गर्नुभयो । भिडियो खिचेर आफू पनि नाचेर हामीलाई पनि नचाएर अचम्मै गर्नुभएको थियो ।’
    घरभित्र छिर्नासाथ दायाँपट्टिको बैठककोठा शोक मनाउन पुगेका आफन्त र छिमेकीले भरिएको थियो । कोठामा लम्पसार परेर सुतेकी घिमिरेकी पत्नी कमलालाई सम्झाउने शब्द कसैसँग पनि थिएन । कसैका पनि आँखा ओभाना थिएनन् । घटना सम्झेर बेलाबेला कमला भक्कानिँदा आफन्त र छिमेकी महिलाले पनि आँसु थाम्न सकेका थिएनन् । कमलासँगै कोल्टे परेर सुतिरहेकी उनकी देउरानी मनुलाई को आए, को गए– पत्तो थिएन । एकोहोरो टोलाइरहेकी थिइन् ।
    कमलाको पाठेघरमा समस्या भएकाले रगत बग्ने समस्याले सताएको छ । खोकी लागिरहेको र ज्वरो आएका बेला अझ केही नखाँदा कमजोरी बढेको छ । भर्‌याङबाट तल ओर्लंदा शरीर धान्ने शक्ति उनमा देखिँदैन । उनकी देवरानी मनुलाई पनि न्यून रक्तचापका कारण जीवनजल दिइएको थियो ।
    कमलासँगै बसेकी उनकी छोरी सृष्टिले मुटुमाथि ढुंगा राखेको महसुस हुन्थ्यो । अस्ट्रेलियामा रहेका उनका दाजुभाउजू नआउन्जेल आमाको जिम्मा उनकै काँधमा भएकाले उनले हिम्मतसाथ छोरीको जिम्मेवारी निर्वाह गरिरहेकी थिइन् । आमा, काकी र आफन्तका अगाडि जति मन समाले पनि बुवाको पत्तो नलाग्दा भित्रभित्रै हराएकी सृष्टिले भनिन्, ‘हामीले हिजो साँझ मात्रै थाहा पाएको, कति बजे के मलाई केही थाहा छैन ।’
    होसहवासै गुमाएर पल्टिरहेका बुहारीहरूलाई देखेर घिमिरेकी भान्जीदिदी गंगा रेग्मीले पनि मन थाम्न सकिनन् । आँसुका भल बगाउँदै घर जान निस्किएकी गंगा सुर हराएर अन्तै लम्किसकेकी थिइन् । उनका आफन्तले उनलाई समालेर त्यता होइन, यता जाऊँ भन्दै अर्कोतर्फ मोडेका थिए । ‘म त मावली नै बसेर पढेकाले भाइहरूले माया गर्ने त कति हो कति, अहिले तिनै भाइहरूको अत्तोपत्तो छैन, खै अब के गर्नु ? ‘ आँसु पुछ्दै गंगाले भनिन् ।

    दुर्घटनाको समाचार सुनेदेखि नै छिमेकीहरू घिमिरेको घरमा आएका आयै छन् । ‘हिजो बेलुकी हामी १२ बजेसम्म बसेर फर्केको, आज पनि बिहानै आएँ,’ घरमा बस्नै मन नलागेर त्यहाँ आएकी छिमेकी गीता रेग्मीले बताइन् । भृकुटीचोकमा रहेको आदर्श भृकुटी सहकारी संस्थाकी अध्यक्ष गीताले घटस्थापनाका दिन सहकारीले गर्न लागेको कार्यक्रममा घिमिरेलाई बोलाउने सोच राखेकी थिइन् । ‘तर इच्छा पूरै नभई यस्तो सुन्नुपर्‌यो,’ उनले भनिन् ।
    गत जनैपूर्णिमामा केही छिमेकीसँग मिलेर घिमिरे गोसाइँकुण्ड गएका थिए । उनीसँगको त्यही भेट नै अन्तिम बन्यो गीताका लागि । भ्रमणमा सहभागी सबैका लागि अभिभावकको भूमिका खेल्ने र सबैलाई माया गर्ने घिमिरेको बानी गीताले सम्झिइन् ।
    ‘म बिरामी परेको थिएँ, हजुरहरू जाँदै गर्नुस्, म आउँछु भन्दा उहाँले मान्नुभएन । बिरामीलाई छाडेर हामी कसरी जानु भन्दै सबैलाई सँगै बटुलेर लैजानुभयो,’ गीताले मलिन स्वरमा भनिन्, ‘उहाँले अब हामी वर्षैपिच्छे यस्ता कार्यक्रम राखौं अनि एकपटक मानसरोवर जानुपर्छ भन्नुभएको थियो, त्यो चाहना अधुरै रह्यो ।’
    निजामती सेवामा छँदा असल प्रशासकका रूपमा चिनिएका घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद्मा नौ महिना गृह तथा परराष्ट्रमन्त्री बनेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.