कैलासबावु श्रेष्ठ/गोरखा
असोज ७ गते । थारु महिलाहरुको तीजका रुपमा परिचत जितिया पर्व आज धुमधामका साथ मनाइँदै छ ।
सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना गर्दै पर्व मनाउने गरीन्छ । आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने प्रचलन छ । 
जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर महिलाहरुले जितियाको सुरुवात गर्ने गर्दछन् । थारु महिलाहरुले जितियाको अघिल्लो राति ओटघन अर्थात् दर खाइ ब्रत बस्ने गर्दछन् । उनीहरु आजका दिन पानी पनि नखाइ दिनभर ब्रत बस्छन् ।
विशेष गरी आजको दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन् । जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउँदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ ।
जितियाको अवसरमा तराईमा बसोबास गर्ने थारु समुदायहरुले विभिन्न स्थानमा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका छन । थारु समुदायको विशेष साँस्कृतिक प्रस्तुति झाम्टा, लठ्ठी नाच लगायत अन्य नाचहरु आज हेर्न पाइने छ ।
यो चाडलाई थारु समुदायले बिशेष उल्लासका साथ मनाइने गरीन्छ 
।



