×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

दशैंमा नेपाल फर्किंदै हुनुहुन्छ ? भन्सार लाग्ने र नलाग्ने सामानबारे जान्नुस्

  •  
  • बिहिबार, असोज ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रविन्द्र घिमिरे

    ६ असोज, काठमाडौं । दशैंतिहारका लागि विदेशबाट नेपाल फर्किँदै हुनुहन्छ ? त्यसो हो भने के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमलमा हुनुहुन्छ होला । सरकारले साउन १ गतेदेखि नयाँ झिटिगुन्टा आदेश लागू गरेको छ । त्यसअनुसार मात्रै समान खरिद गर्नुहोला ।

    विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ । विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामाग्री ल्याउँछन् । तर, पहिलेभन्दा अहिले विदेशबाट आउँदा ल्याउन पाइने वस्तुहरुमा विभिन्न परिवर्तनहरु गरिएका छन् । त्यसबारे विदेशबाट फर्किनेहरुले जान्नैपर्छ, नत्र ल्याएका सामान जफत हुनसक्छ भने महंगो भन्सार पनि तिर्नुपर्ने हुनसक्छ ।

    गत साउनमा सरकारले विदेशबाट केही वस्तुहरु ल्याउनै प्रतिवन्ध पनि लगाएको थियो । सरकारले नयाँ झिटीगुन्टा आदेशमार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ ।

    काँचो सुन नबोक्नुस्

    अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रय एयरपोर्टमा आउन पाइँदैन । सरकारले गहना बनिसकेका बाहेकको काँचो सुन नेपालमा ल्याउन प्रतिवन्ध लगाएको छ । अहिले सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म मात्रै ल्याउन पाइन्छ ।

    पछिल्लो समयमा बैंकहरुले १०० ग्रामको ढिक्का सुन ल्याउन पाउने व्यवस्थाबारेको खबरले धेरैलाई अलमलमा पारेको छ । तर, त्यो बैंकका लागि मात्रै हो भन्ने बुझ्नुपर्छ । कुनैपनि व्यक्तिले काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन । तयारी गहना भने ५० ग्रामसम्म ल्याउन अनुमति हुनछ । यसमा कुनै भन्सार पनि लाग्दैन ।

    के-केमा भन्सार लाग्दैन ?

    दशैंमा विदशेबाट महंगार ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने पनि समस्या हुनेछ । अघिल्लो वर्षसम्म विदेशबाट आउँदा २ लिटरसम्म मदिरा ल्याउन पाइन्थ्यो भने अब १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था गरिएको छ ।

    Airport_free tax

    यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन । वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, विदेशमा कामका लागि नगाएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।

    विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

    निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन् । तर, ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन पाइँदैन ।

    औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

    समदर भन्सार के-केमा ?

    Airport_tax pay

    केही सामग्रीमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

    १० किलोग्रामसम्म खाद्य सामग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

    व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् ।

    चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.