×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पिडारीगुठीबासीले सीडीओसँग भने-सक्दिनँ भन्नुस्, भूमि आफैं जोगाउँछौं

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतीयबाट कुटिएपछि न्याय माग्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका पर्साको पिडारीगुुठीका पीडित ।
    क्रान्ति शाह
    वीरगन्जः ‘सीडीओ साब हजुरले केहि गर्न सक्दिन भन्नुस् हाम्रो नेपाली भूमीको आफै रक्षा गर्छौ । पुलिस प्रशासनले सक्दिनँ भनेर हात उठाओस्, हामी हाम्रो भूमिआफू मरेर भए पनि जोगाउँछौं,’ पर्सा पिडारीगुठीको पिपरडारीकी जितनी देवीले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई यसो भन्दै थिइन् ।
    भारतीयहरुले पटक पटक नेपाली भूमीमै छिरेर कुटपिट गर्न थालेपछि असह्य भएर शुक्रबार जिल्ल प्रशासन कार्यालयमा पिडारीगुठीबाट जितनी देवीसंगै आएका करिब ४० जना पीडितहरु मध्येकै झमपतिया देवी थरुनीले पनि आक्रोश पोख्दै भनिन्, ‘भारतीयले हाम्रो भूमी मिचेका छन्, खोलामा नहुाउन, शौच गर्न जाँदा पनि हाम्रा चेलीबेटीहरुलाइ भारतीयहरुले छेडखानी गर्छन, उनिहरुका कारण हाम्रो चेलीबेटीको इज्जत प्रतिष्ठा जोगाउनै गार्‌हो भइसक्यो ।’
    सीमावर्ती भारतको भंगाहा गाँउबाट पर्साको पिडारीगुठीमा रहेको ओरीया खोलामा बालुवा तस्करी गर्न आउने भारतीय तस्करहरुले पटक पटक कुटपिट गर्न थालेपछि पिडारीगुठीवासी न्यायको गुहार माग्न शुक्रबार जिल्ल प्रशासन कार्यालयमा आएका थिए ।
    भारतीयहरुले नेपाल भारत सीमा रहेको सीमा स्तम्भ भन्दा एक किलो मिटर भित्र नेपाली भूमीमा रहेको ओरीया खोलाबाट बालुवा उत्खनन् गर्दा नेपालीहरुले रोक्ने गरेका छन् । बालुवा उत्खनन् रोक्न जादा भारतीय गाँउ भंगाहाका तस्कर र स्थानीयले नेपाली नागरिक र सुरक्षाकर्मी माथि आक्रमण गर्दै आएका छन् ।
    गत बुधबार पनि बालुवाको उत्खनन् रोक्न जादा भारतीयहरुले सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी , पिडारीगुठीका प्रभु चौधरी र शम्भु रामलाइ कुटेर घाईते बनाएका थिए । भारतीयहरुको कुटाइबाट सशस्त्र प्रहरी हवल्दार माझी रक्ताम्य भएका थिए भने रामको देब्रे खुट्टानै भाँचिएको छ । उनको वीरगन्जमा उपचार भइरहेको छ ।सशस्त्र प्रहरीले चार राउण्ड अश्रु ग्याँस प्रहार गरेपछि मात्र भारतीयहरु खोलाबाट भागेका थिए ।
    खोलाको बाढीले कटानको गरेको लालपुर्जा भएकै जग्गामा भारतीयहरुले उत्खनन् गरेर बालुवा तस्करी गर्दै आएको पिडारीगुठी ३ की हुमो देवीले बताइन् ।
    नम्बरी जग्गामै खनेर बालुवा लैजान्छन्, जसले गर्दा अरु पनि जग्गा बाढिले कटान गरिरहेको छ , उनले भनिन्, हाम्रो नेपाली जमिनबाट बालुवा नलैजाउ भन्दा उल्टै कुटपिट गर्छन्, यताको पुलिस रोक्न गयो भने पुलिसलाइ नै कुट्छन् ।
    भारतीयहरुले नेपाली भूमीबाट विगत २८ वर्षदेखि बालुवा तस्करी गर्दै आएको पिडारीगुठी एकका ढोडा महत्तो थारुले बताए । भंगाहका भारतीयहरुले बालुवा उत्खनन् गर्ने क्रममा नेपाल तर्फको केहि भूमी पनि मिचेर आफनो भएको दाबी गर्दै आएको थारुले बताए ।
    ‘यो आजको समस्या होइन, २८ वर्ष देखि भारतीयहरुले हाम्रो नेपालको खोलाबाट बालुवा तस्करी गर्दै आएका छन्’, पिडारीगुठीका सुकुल देव महत्तोले भने,–’पुलिस प्रशासनले कि त बालुवा उत्खनन् बन्द गरिदिओस कि हामीलाइ रोकटोक नगरोस, हामी आफै सल्टाइदिन्छौ , कि मार्छौ कि मर्छौ, तर अब नेपाली भूमीमा भारतीयलाइ छिर्न दिन्नौ ।’

    पिडारीगुठीवासीको समस्या सुनेपछि जवाफमा पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पिडारीगुठीमा देखिएको समस्याको दीर्घकालीन सामधानका लागि स्थानीय प्रशासन गम्भिरताका साथ लागिपरेको बताए ।
    ‘पहिले त्यहा पिलर गायब हुदा सीमाको समस्या थियो तर अब नयाँ पिलर गाडिएपछि सीमा निर्धारण भइसकेको छ’, उनले भने, ‘नेपालको भुमीमा पर्ने खोलाबाट भारतीय पक्षबाट भइरहेको तस्करी रोक्नका लागि हामीले ठोस रणनीति बनाइरहेका छौ,’ उनले थपे । भारतीयहरुबाट भइरहेको आक्रमणका बारेमा भारतीय काउन्टरपार्टसंग कुराकानी भइरहेको पनि उनले बताए ।
    पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले भारतीयहरुको आक्रमणबाट घाइते भएका रामको उपचार खर्च भारतीय पक्षबाटै नै तिराउने बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.