×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

अब गंगालालको सेवा बाहिर पनि

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    दीर्घकालीन रूपमा प्रतिष्ठान बनाउने निर्णय

    दीपा दाहाल

    काठमाडौंः मुलुकभर बढ्दो मुटुरोगका बिरामीको चाप बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रलाई थेग्न हम्मे परेपछि सरकारले उक्त केन्द्रले दिने सेवा तत्काल उपत्यकाबाहिर विस्तार गर्ने र केन्द्रलाई दीर्घकालीन रूपमा प्रतिष्ठानको स्वरूप दिने निर्णय गरेको छ ।
    स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा केन्द्र सञ्चालक समितिको मंगलबार बसेको बैठकले मन्त्रालयको सहकार्य र उक्त केन्द्रको प्राविधिक सहयोगमा उपत्यका नजिकै र सकेसम्म सरकारी अञ्चल अस्पतालहरूमा मुटुरोगसम्बन्धी विशेषज्ञ उपचार सेवा विस्तार गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
    मुलुकभरबाट रिफर भई आउने बिरामीको संख्या गंगालालमा अत्यधिक बढेको र उनीहरू सबैलाई समयमै सेवा दिन कठिनाइ भएको भन्दै सरकारले उक्त केन्द्रको सेवा विस्तार गर्न प्रक्रिया अघि बढाउने निणर्य गरेको समितिका अध्यक्ष तथा स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
    यस्तै केन्द्रलाई मुटुसम्बन्धी अध्ययनअनुसन्धान र जनशक्ति उत्पादनका लागि निकट भविष्यमै प्रतिष्ठानको स्वरूप दिने निर्णय भएको र त्यसका लागि आवश्यक कार्ययोजना बनाउन स्वास्थ्यमन्त्री थापाले निर्देशन दिएका छन् ।
    केन्द्रलाई प्रतिष्ठानको स्वरुप दिने निर्णय भएको छ ।
    लामो समय चलेको छलफलपछि समितिले केन्द्रको सेवा प्रभावकारी भए पनि रिफर भई मुलुकभरबाट आउने बिरामीको चाप थेग्न समस्या भएको र बिरामी स्वयंलाई पनि उपचारका लागि लामो यात्रा गर्नुपर्नेलगायत अनेकौं समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यस्तो निर्णय गरेको हो ।
    ‘हामीले प्रभावकारी सेवा दिँदादिँदै पनि बिरामीको चापले कतिपय अवस्थामा उनीहरूले सोचेजस्तो सेवा पाउन सकेका छैनन्’, अस्पताल स्रोतले भन्यो, ‘वा विकेन्द्रीकरण गर्न सकियो भने त्यो समस्या आफैं समाधान हुने थियो ।
    त्यसका लागि जनशक्ति र पूर्वाधार विकास गर्नुपर्छ । र यो कन्द्रलाई प्रतिष्ठान बनाइयो भने त्यहाँबाट उत्पादन हुने जनशक्तिलाई सन्तुलित रूपमा वितरण गर्न सकिन्छ ।’ उनले सेवा विस्तार र प्रतिष्ठानका विषयमा आफूहरूले लामो समय आवाज उठाए पनि अहिलेका स्वास्थ्यमन्त्रीले साथ दिँदा निर्णय भएको बताए ।
    बैठकमा केन्द्रका सञ्चालका समितिका अध्यक्ष स्वास्थ्यमन्त्री गगन थापासँग उपत्यकाबाहिर विशेषज्ञद्वारा मुटुरोग उपचार सेवा दिन केन्द्रलाई प्रतिष्ठान बनाउनुपर्ने माग गरेका थिए । प्रतिष्ठानबाट जनशक्ति उत्पादन गरी वितरण गरेपछि मात्रै उपत्यकाबाहिर मुटुरोगको विशेषज्ञ सेवा सहज रूपमा दिन सकिने उनीहरूको भनाइ थियो ।
    बैठकमा स्वास्थ्यमन्त्री थापाले थोरै पैसा खल्तीमा बोकेर दुर्गमबाट काठमाडौंसम्म उपचार गर्न आउन बिरामीले ठूलो कष्ट व्यहोर्नुपरेको र उपचारभन्दा पनि उपचारका लागि धाउँदा धेरै पैसा खर्च गर्नुपर्ने भएकाले उनीहरूका सहजताका लागि काम गर्नुपर्ने बताएका थिए ।
    साथै उनले सरकारी र गैरसरकारी दुवै स्तरमा स्रोत जुटाएर उक्त केन्द्रमा आउने कुनै पनि मुटुरोगका बिरामीले पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने वातावरणको अन्त्य गर्न पनि निर्देशन दिएका छन् । बैठकमा मुटुसँग सम्बन्धित बिरामीलाई दिने गरिएको औषधिको मूल्य घटाउने विषयमा छलफल भए पनि कुनै निर्णय गरिएको छैन ।
    गंगालाल मुलुकको एकमात्र मुटुसम्बन्धी सम्पूर्ण उपचार सेवा दिने सरकारी अस्पताल हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.