×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

डोकोमा भात बोकेर कांग्रेसलाई खुवाउने आमाको पुकार

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुवर्ण शमसेरको सेवा गरेकी पद्मकुमारी बनिन् बेसहारा
    मात्रिका पौडेल

    ५ असोज, तिल्पुङ (रामेछाप) । हरियो त्रिपालमुनि दलानमा बसेर आमा सुस्ताइरहेकी थिइन् । हातमा लठ्ठी र हँसिया बोक्नु उनको आदत हो । सुस्केरा हाल्दै उनले हामीसँग भनिन्-अब त थाकियो, कसैले दया गरे पनि हुन्थ्यो ।

    उनलाई गाउँतिर कांग्रेसकी आमा पनि भन्छन् । उमेर ठ्याक्कै कति भयो भन्ने उनी आफैंलाई थाहा छैन । तर हिसाब गर्दै ८९ वर्ष पुर्‍याइन्। यिनै कांग्रेसकी आमा पद्मकुमारी कार्की कुनै बेला वीपी कोइराला र सुवर्ण शमसेरका घरमा बेरोकटोक आउजाउ गर्थिन् ।

    ‘रामचन्द्र र शेरवहादुरलाई भात खुवाएकै हुँ’

    कांग्रेसको पहिलो र दोस्रो पुस्ताका शीर्ष नेताहरुको सेवा गरेर जीवनको आधार उमेर बिताएकी यीनै आमा आज आफ्नै जीवनको उत्तरार्धमा बेसहरा भएकी छन् । १० वर्षअघि प्रजातन्त्र सेनानी उनका पति जमदार भक्तवहादुरको निधनपछि बेसहरा बनेकी पद्मकुमारी पछिल्लो समयमा आत्तिन थालेकी छन् ।

    ‘छोराछोरी छैनन्, राणा शासन ढाल्ने मेरा बुढाले पनि एक्लै छाडेर गए । अब त आत्तिन थालेकी छु, कहाँ गए होलान् मैले पालेका कांग्रेस नेताहरु’ लठ्ठी सुम्सुम्याउँदै उनले भनिन् ‘रामचन्द्र र शेरवहादुरलाई पनि मैले दरभंगामा भात खुवाएकै हुँ’ ।

    टाउकोको मोल तोकिएपछि दरभंगामा

    भारतको दरभंगामा भक्तबहादुर र पद्मकुमारी निर्वासित थिए । कांग्रेसका भिमवहादुर तामाङ, पद्मशंकर अधिकारीहरुसँगै उनीहरु दरभंगा पुगेका थिए । पछि सुवर्ण शमसेरले कलत्तामा आफ्नै हबेलीमा लगेर राखे यिनलाई ।

    कांग्रेसका चार तारा मध्येका एक तार मानिन्छन् स्वर्गीय सुवर्ण शमसेर । २००७ सालको क्रान्तिमा सुवर्ण शमसेरको शसस्त्र समूहका एक लडाकु थिए जमदार भक्तवहादुर कार्की ।

    तत्कालीन नेपाली सेनाको जागिर छाडेर भक्तवहादुर कांग्रेसको मुक्तिसेनामा भर्ती भएका थिए । रामेछाप तिल्पुङ भलायोखर्कका भक्तबहादुर क्रान्तिपछि सुवर्ण शमसेरको आठ पहरिया भए ।

    सुवर्ण शमसेरको ५० वर्ष पूरानो चिठी

    padamkumari 4

    पञ्चायत शासनले कांग्रेसका पद्म शंकर अधिकारीसँगै भक्तवहादुरको पनि टाउकोको मोल तोकेपछि उनी पत्नी पद्मकुमारीसँगै निर्वासित भएका थिए । वीपी जेलमा परेकाले त्यो बेला सुवर्ण शमसेर कांग्रेसको कार्यवाहक सभापति थिए ।

    करीव ९ वर्षको निर्वासनपछि तत्कालीन पञ्चायती सरकारले आम माफी दिएसँगै सुवर्ण शमसेरको चिठी बोकेर भक्तवहादुर दम्पत्ति पनि नेपाल फर्किएका थिए । पतिले आम माफी पाएको २०२५ सालको सुवर्ण शमसेरको चिठी समेत उनको झुपडीमा सुरक्षित छ ।

    भूकम्पको बेला घर भत्किए पनि यी ९० पुग्न लागेकी कांग्रेसकी आमाले सुवर्ण शमसेरको चिठी,त्यो बेलाका फोटा र कांग्रेसको सदस्यतापत्र सुरक्षित राखेकी छन् । २०५७ सालदेखि उनको कांग्रेस पार्टीको क्रियाशिल सदस्यता नविकरा गरिएको रहेनछ ।padam kumari3

    ‘अब दिन गनेर बाँच्नु परेको छ, के को क्रियाशील सदस्यता ? जति गर्नु उमेरमा गरियो, टाउको काटेर ल्याउ भन्दा जंगलमा गएर बसियो’ अतीतमा डुब्दै आमा बोल्न थालिन् ‘आजका कांग्रेसले त हामीलाई चिन्दैनन् होला तर सुवर्ण बाबु र बिपी बाबु,किसुनजीहरुको काखमा हुर्किर्एकी हुँ पनि पनि’ ।

    जंगलाका बिद्रोहीलाई डोकोमा भात

    जति बेला कांग्रेस शसस्त्र क्रान्तिको नेतृत्व गरिरहेको थियो बेला पद्मकुमारीका पति भक्तवहादुर बन्दुक बोकेर हिडेका थिए । कांग्रेस नेताहरुको टाउकोको मूल्य तोकेको राज्यले ।

    जंगलमा लुकेर बसेको विद्रोही कांग्रेसहरुलाई घरमा भात पकाएर डोकोमा बोकेर लुकाउदै पुर्‍याउँथिन् उनी । अतीत सम्झिँदै उनी भन्छिन्-डोकोमा भात बोकेर धेरै कांग्रेसलाई पालेँ । अब त आफैं थला परेँ, कसले पाल्ने, कसले फाल्ने हो ?

    सजायँ मिनाहा भएपछि २०२५ सालमा पतिसँगै पद्मकुमारी तिल्पुङ भलायोखर्क फर्केकी हुन् । यसबीचमा जायजन्म केही नभएकाले पतिले भएभरको जग्गा जमिन बेचेर जीवन धाने ।

    कांग्रेस बेखबरः एमाले नेताको चासो

    एक्लो जीवन,बृद्ध अवस्था र पछिल्लो पटक भूकम्पले बास समेत भत्काएपछि उनी शिथिल बनेकी छन् । केही समयअघि सिकिस्त बिरामी परेपछि उनकै इच्छा अनुसार दश दान वैतर्णी गराइएको भतिजा ठगबहादुर कार्कीले बताए ।

    बिहान बेलुका ठगबहादुरका परिवारले सामान्य सहयोग गरिरहेका छन् । आपत विपत पर्दा नाति पर्ने शंकर कार्कीले पनि उनलाई भरथेग गर्दै आएका छन् । शंकर कांग्रेसका गाउँ कार्य समिति सभापति पनि हुन् ।

    कांग्रेसका ठूला साना सबै नेताको रेखदेख गरेकी आमालाई पार्टीले किन नचिनेको ? यो प्रश्नमा शंकर भन्छन्-उहाँको पनि गुहार माग्ने स्वभाव छैन, हामीले पनि सकेको यतै गरेका छौं, जिल्ला र केन्द्रलाई भनेका छैनौं । यसमा पार्टीको दोष छैन ।

    गत साता एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेल आएपछि मात्र आमाको सन्दुकभित्रबाट कागजपत्र खोज्दा पूराना दस्ताबेजहरु भेटिएको शंकरले बताए । ‘एमालेको नेताले केही सहयोग जुटाउने भन्नुभएको छ’ उनले भने ।

    कसैले सहारा दिए आशिर्वाद दिन्थेँ

    जीवनका अधिकांश समय गाउँमै बिताएकी र ९ वर्ष निर्वासनमा बसेकी यी आमा सकेसम्म आफ्नै गाउँमा बाँकी जीवन बिताउन चाहान्छिन् । बाँकी जीवन सहज ढंगले जिउन कसैले सघाए आशिर्वाद दिने थिएँ भन्छिन् आमा ।

    शहरमा बस्ने व्यवस्था भए जानुहुन्न ? आमा भन्छिन्-कसले लान्छ र जानु ? राम्रो व्यवस्था गरिदिने भए पनि जानु पनि हुन्थ्यो नि । अब त कति पो बाँचौंला र ? यो उमेरमा बेसहारा भएर बाँच्न गाह्रो हुँदो रहेछ ।

    भूकम्पले घर भत्कायोः पाटीको बास

    भूकम्पले घर भत्काएपछि यी आमा केही महिना घरसँगैको सानो मन्दिरमा बसिन् । पछि भतिजाहरुले त्रिपालको ओत लगाएर पाटी जस्तो छाप्रो बनाइदिएपछि त्यहीँभित्र बसिरहेकी छन् । ‘अब सबैले सहयोग गरे भने मेरा पति बितेको यहि ठाउँमा घर बनाउने मन छ’ उनले भनिन् ।

    padamkumari5कांग्रेसका जिल्ला तथा केन्द्रका नेताहरु अहिलेसम्म यी आमाको हालचाल बुझ्न रामेछाप सदरमुकाम मन्थली नजिकैको भलायोखर्कसम्म पुगेका छैनन् । पछिल्लो पटक एमाले नेता पौडेल पुगेपछि मात्र यी आमाको घरमा पुगेपछि मात्र जिवितै छन् भन्ने थाहा पाए ।

    आशे आमा

    आयस्रोत र जायजेथा केही नभएकी यी आमा अब आशे भएकी छन् । उनको दलानमा कोही पुग्यो भने केही ल्याइदिएको छ कि भनेर आशा गर्छिन् । मन्थलीबाट करीव १० किलोमिटरको यात्रापछि आधा घण्टामात्र उकालो हिँडेपछि पुगिन्छ यिनको छाप्रोमा ।

    आफ्नो सिंगो जीवन मुलुकको परिवर्तनका लागि समर्पण गरेकी आमालाई भेट्दा इतिहासको जिउँदै छ भन्ने लाग्छ । अब उनलाई सहाराको खाँचो छ । लिखित इतिहास पढेर गर्व गर्नेमात्र होइन जीवित इतिहासको संरक्षण गर्ने दायित्व पनि नयाँ पुस्ताको हो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.