×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

चन्दा माग्ने विप्लव र वैद्य माओवादीका नेता पक्राउ

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फइल तस्बिर
    सुवास गोतामे
    काठमाडौंः चन्दा असुलीका लागि निजी विद्यालयमा पूर्व लडाकुको समुहले बम विष्फोट गराएको घटना सेलाउन नपाउँदै राजधानीमा चन्दा माग्न सक्रिय मोहन बैद्य र नेत्रविक्रम चन्द विप्लप नेतृत्वका माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

    गृह मन्त्रालयले मंगलबार सुरक्षा निकायका प्रमुखलाई बैठक बोलाएर चन्दा असुली गर्ने जो कोही भएपनि कारबाहीको दायरमा ल्याउन निर्देशन दिएसँंगै प्रहरी सक्रिय भएको हो ।

    बुधबार बिहान कलंकी र बागबजारबाट प्रहरीले ६ जनालाई चन्दा मागेको अभियोगमा पक्राउ गरेको छ । कलंकीस्थित क्याम्ब्रिज कलेजमा चन्दा माग्दै गरेको अवस्थमा विप्लपका कार्यकताद्वय दाङ तुल्सीपुरका प्रमोद गिरी र महेन्द्र तामाङ पक्राउ परेका छन् । सामना सांस्कृतिक अभियानको लागि पर्चा देखाएर चन्दाको लागि वार्गेनिङ गरेको जानकारी महानगरीय परिसर काठमाडौंले जनाएको छ ।

    त्यसैगरी परिसर काठमाडौंले वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादी निकट ४ जना नेतालाई चन्दा असुलीकै आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराम यादव, दिपेन्द्र सुनुवार, राम नेपाली र महेश श्रेष्ठ छन् ।

    यी मध्ये शिवराम केन्द्रीय सदस्य हुन् । प्रहरीले उनीहरुलाई बागबजारबाट उनीहरुलाई पक्राउ गरेको हो । परिसरका प्रमुख एसएसपी विक्रम थापाले चन्दा मागेको उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताए । उनले भने,‘ जवर्जस्ती चन्दा माग्न पाइँदैन, उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो, थप सोधपुछ भइरहेको छ ।’

    मंगलबार ११ वटा नीजि विद्यालयमा बम राखेको आरोपमा पक्राउ परेका दुई जनालाई हातहतियार तथा विष्फोटक पदार्थ ऐन र संगठीत अपराधमा मुद्दा चलाएको छ ।

    बुधबार अदालतमा सो अभियोगमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले पाँच दिनको थुना अनुमति पाएको हो । प्रहरीले पक्राउ गरेका दुई जना क्रमश शंकर लाखे र चन्द्रबहादुर तामाङले बम बनाउन जिलेटिन लगायतका सामाग्रीको स्रोतबारे अनुसन्धान अगाडी बढाएको छ ।

    उनीहरुले योक कम्युनिष्ट फोर्स नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र केन्द्रको नाममा पर्चा छाडेर दुई निजी विद्यालयमा बम विष्फोट गराएका थिए भने अन्य नौ निजी विद्यालयमा बम छाडेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.