आश्विन ५, २०७३- भुकम्पपछिको पुनर्निर्माणका लागि खटिएका प्राविधिकहरुले बुधबार काठमाडौंमा र्याली निकालेका छन् ।
माग पूरा गराउन भन्दै पुन:निर्माण प्राविधिक समूह केन्द्रीय संघर्ष समितिको अगुवाईमा उनीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकाले । संघर्ष समितिले प्राविधिकहरुलाई गाउँ–गाउँमा काम गर्ने सहज वातावरण बनाउन, करार सम्झौता नवीकरण गर्न, अतिप्रभावित १४ जिल्लामा खटिने प्राविधिकलाई समान पारिश्रमिक र तालिम दिनुपर्ने लगायत माग अघि सारेको छ ।
संघर्ष समितिले आफ्ना माग पूरा नभए प्राविधिकहरु कार्यक्षेत्रमा नजाने चेतावनी दिएको छ । साथै, सेवा, सुविधा उल्लेख नगरी सम्झौता नवीकरणका लागि विभिन्न जिल्लाबाट आयोजना प्रमुखले धम्की दिने गरेको समितिले गुनासो गरेको छ ।
तस्बिर : अंगद ढकाल
ekantipur




















