×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

संविधानमाथि राजनीति धेरै भयोः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, असोज ५ गते । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानमाथि नै धेरै राजनीति भएका कारण पूर्ण कार्यान्वयनले गति लिन नसकेको टिप्पणी गर्नुभएको छ ।

    नेपाल कानुन समाजले आज ललितपुरमा आयोजना गरेको ‘संविधान जारी भएको एक वर्षका प्रतिबिम्ब’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब संविधानले राजनीतिलाई सुसंस्कृत तुल्याउनुपर्छ, कानुन मान्ने संस्कृतिको विकास गर्न आवश्यक छ । नेताले जित्ने, जनताले हार्ने संविधान हामीले खोजेका होइनौँ ।”

    संसद् र सांसद रुपान्तरण हुने, जनताले चाँहि रुपान्तरणको अनुभूति गर्न नपाउने भन्ने हुन नहुने बताउँदै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “मोटो आकारमा आएको संविधानमा उल्लेखित अधिकारको तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता भने कमजोर छ ।”

    संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले जनताका इच्छा र आकांक्षालाई परिमार्जन गरेर समेटेर लैजान सक्ने प्रावधानसहितको दस्तावेजका रुपमा नेपालको संविधान जारी भएकाले यसलाई राम्रो संविधान भनिएको हो भन्नुभयो । राजनीतिक दल र सिङ्गो समाजबीच संविधान कार्यान्वयनका लागि धुमधाम छलफल र विचार–विमर्श हुन आवश्यक रहेको बताउँदै उहाँले एक वर्षमा संविधानका विषयमा उठेका प्रश्न सबैका लागि चुनौती भएको बताउनुभयो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले राज्यको आवश्यकता, राष्ट्रहित र जनताको आवाज सम्बोधन गर्न संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्दै लैजानुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष संविधान जारी भयो, जारी गर्नैपर्ने आवश्यकता थियो, संशोधन पनि भइसकेको छ, संविधानसभाबाट जारी गर्ने घटना ऐतिहासिक हो, लोकतन्त्र, गणतन्त्र र सङ्घीयता यसका महान उपलब्धि हुन्, संविधानको स्वीकार्यता बढाउँदै कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।”

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले नयाँ संविधानभित्रै रहेर असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न सकिन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकारले आगामी २०७४ साल माघभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन तयार गर्ने कार्यलाई केन्द्रित गरेर काम गरिरहेको छ ।”

    सद्भावना पार्टीका सहअध्यक्ष एवम संविधानविद् लक्ष्मणलाल कर्णले नेपालको संविधानलाई दीर्घकालीन र सबैका लागि स्वीकार्य बनाउन संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन नगरेसम्म जतिसुकै कानुन बनाएपनि कार्यान्वयन हुनै सक्दैन, प्रदेशको सीमा, नागरिकता, भाषालगायत विषय सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्छ ।”

    नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान र विज्ञ मोहनदास मानन्धरले जारी भएको संविधान कतिले मन्जुरी जनाएमा सतप्रतिशत स्वीकारेको मानिन्छ ? भनी प्रश्न गर्दै विश्वमा स्थापित मान्यताका सबै विधि र प्रक्रिया पु¥याएर जारी भएको हुँदा यसको कार्यान्वयन अहिलेको आवश्यकता हो भन्नुभयो ।

    उहाँहरुले भन्नुभयो, “अव पनि संविधान कार्यान्वयन हुन्छ कि हुदैन भनेर चिन्ता र संशय कसैले राख्न हुदैन, अनुभवका आधारमा सुधार गर्दै अघि बढनुपर्दछ, ३१ वटा मौलिक हकको अद्वितीय व्यवस्था गरेर संविधान जारी भएको छ, यसबारे जनतालाई मातृभाषामार्फत जानकारी गराउनुपर्ने आवश्यकता छ ।”

    नेपाल कानुन समाजका अध्यक्ष कोमलप्रकाश घिमिरेलेलगायतले राजनीतिक दल सत्तामा पुग्ने ध्याउन्नमा लाग्ने मात्र होइन, विविधता हाम्रो शक्ति र सम्पत्ति हो भन्ने पक्षलाई बुझेर संविधानका विशेषताबारे जनतामा सन्देश प्रवाह गर्ने कार्यमा एकीकृत हुन आवश्यक रहेको बताउनुभयो । रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.