×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

उच्च ओहोदादेखि सांसदसम्मको घरमा बालश्रमिक

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भक्तपुर, असोज ५ गते । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ ।

    भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य उजागर भएको हो ।

    अनन्तलिङ्गेश्वर नगरपालिका–६ स्थित सिरुटारबाट गत माघ २० गतेबाट औपचारिक रुपमा अभियान सुरु गरेको थियो ।

    अभियानमा सक्रिय रहेको अनन्तलिङ्ेश्वर नगरस्तरीय बाल संरक्षण तथा संर्वद्धन उपसमितिले यस नगरपालिका क्षेत्रमा मात्रै ७८ जना घरेलु बालश्रमिक पाइएको उपसमितिका सदस्य सचिव सुनिता सिलवालले जानकारी दिनुभयो ।

    विभिन्न जिल्लाबाट परिवार छाडेर आएका ७८ जनामध्ये १४ वर्ष मुनिका ४० जना घरेलु बालबालिका श्रममा रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

    अभियानका क्रममा घरघरमा गएर गरिएको अनुगमनमा यस नगरपालिकामा क्षेत्रमा बसोवास गर्दै आएका बाहलवाला कर्मचारी, नेपाली सेनाका मेजर, नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी नायब उपरीक्षक, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीदेखि सांसदसम्मका घरमा घरेलु बालश्रममा रहेको पाइएको सदस्य सचिव सिलवालले जानकारी दिनुभयो ।

    अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालसहित नगरपालिकाका कर्मचारी, जिल्ला बाल कल्याणसमिति, प्रहरी, बाल संरक्षण समितिलगायतको संयुक्त टोलीले घरघरमा अनुगमन गरेका थिए ।

    समितिका सदस्य श्रीकृष्ण थापाले बालश्रम मुक्त नगरपालिका बनाउने अभियान रोक्न विभिन्न निकाय तथा व्यक्तिबाट धम्की आएको र केन्द्रीय बालकल्याण समितिबाट समेत निर्देशन आएको बताउनुभयो ।

    उहाँले भन्नभयो—“उच्च पदस्थ व्यक्तिको घरमा बालश्रमिक पाइएपछि धेरै धम्की आएका छन्, केन्द्रीय बाल कल्याण समितिले समेत अभियान रोक्न निर्देशनात्मक दबाब दिएको छ, तर अभियान जारी राखेका छाँै ।’ कतिपय घरेलु बालश्रमिकलाई दुब्र्यबहार समेत गरेको पाइएको सदस्य थापाले बताउनुभयो ।

    ती बालश्रमिकको उद्धार गर्न बाँकिरहेको बताउँदै असोज १५ गतेसम्म घरेलु बालश्रमिकलाई उनीहरुको परिवारसँग पुनःमिलन गराउने समय दिएको पनि उहाँले बताउनुभयो ।

    समयमै बालश्रमिकलाई परिवारमा पुनःमिलन नगराए ती बालबालिकाको उद्धार गरिने र उनीहरुको नाम सार्वजनिक गरी कारबाहीको लागि अगाडि बढ्ने सदस्य थापाले बताउनुभयो ।

    समितिले अनुगमनकै क्रममा अनन्तलिङ्गेश्वर नगरपालिका– १४ मा रहेको पुष्प कार्कीको च्याउँखेतीमा शारीरिक यातना दिएर १३ वर्षका एक बालकलाई श्रममा लगाएको पाइएपछि उसको उद्धार गरेको सदस्य सचिव सिलवालले जानकारी दिनुभयो ।

    अभियानका क्रममा बालश्रमिक नभएका घरमा हरियो झन्डा गाडेको र बालश्रम प्रयोग भएका घरमा झन्डा नगाडिएको उहाँले जानकारी दिनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.