×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

ओलीलाई बुद्धको उपदेश सुनाउँदै घनश्याम भुसालको फरक दस्तावेज

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ‘गुटबन्दीले हामीलाई सिध्यायो, अब गुट सिध्याउँ’

    ५ असोज, काठमाडौं । नेकपा एमालेको आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले फरक दस्तावेज प्रस्तुत गर्दै छलफलमा पठाउन अध्यक्ष केपी ओलीसमक्ष आग्रह गरेका छन् ।

    पार्टीभित्र माधव नेपाल गुटका नेता मानिने उपमहासचिव भुसालले अध्यक्ष ओलीको ३२ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि फरक मत राखेका हुन् । भुसालको फरक मत २६ पृष्ठ लामो छ ।

    भुसालले आफ्नो दस्ताबेजमा ओलीको राजनीतिक विश्लेषणमाथि खासै फरक मत नजनाए पनि संगठन सञ्चालन पद्धतिमा भने व्यापक असहमति राखेका छन् । उनले एमाले पार्टी गुटबन्दीले कमजोर बनेको बताएका छन् ।

    राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्दर्भ र तत्कालिन राजनीतिक विषयमा ओलीसँग भुसालले विमति राखेका छैनन् । तर कतिपय सन्दर्भहरुलाई हेर्ने बैचारिक सैद्धान्तिक दृष्टिकोणमा उनले आफ्नो अलग मत राखेका छन् ।

    पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलको कार्य सञ्चालनमा विमति राख्दै उपमहासचिव भुसालले अब पार्टीलाई गुटबन्दीबाट मुक्त गर्नुपर्ने बताएका छन् । एमालेमा नवौं महाधिवेशनदेखि गुटबन्दी संस्थागत भएको उनको फरक प्रतिवेदनमा किटान गरिएको छ ।

    भुसालले एमालेभित्र गुटमा विभाजित नभएका कोही पनि नेता कार्यकर्ता बाँकी नरहेको प्रष्ट पारेका छन् । कसैले म गुटबन्दीमा छैन वा गुटबन्दी गर्दिन भन्छ भने त्यो आत्मवञ्चना वा पाखण्डमात्रै हो

    भुसालले भनेका छन्, ‘अहिले हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक एमालेमा गुटबन्दी छ । हामी सबै आम रुपमा गुटबन्दीमा छौं । हामी नवौं महाधिवेशनमा औपचारिक रुपमा गुटमा बाँडियौ र निर्वाचित र पराजित भयौं । त्यसपछिका हाम्रा सम्बन्धहरु महाधिवेशनमा को कता थियो भन्ने आधारमा बिभाजित भएका छन् ।’

    भुसालले एमालेभित्र गुटमा विभाजित नभएका कोही पनि नेता कार्यकर्ता बाँकी नरहेको प्रष्ट पारेका छन् । कसैले म गुटबन्दीमा छैन वा गुटबन्दी गर्दिन भन्छ भने त्यो आत्मवञ्चना वा पाखण्डमात्रै हो । हामी गुटबन्दीले यति गाँजिएका छौं कि पार्टीप्रति इमान्दार छैनौं ।

    यसबीचमा प्रायः जिल्लादेखि टोलसम्मका अधिवेशनमा गुटबन्दीका आधारमा निर्वाचन भएको भन्दै भुसालले यसको अन्त्य गर्ने उपाय खोजिनुपर्ने माग केन्द्रीय कमिटी समक्ष राखेका छन् ।

    गुटबन्दीले एमाले कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा समेत विभाजित गरेको भुसालको निष्कर्ष छ । उनले भनेका छन्, ‘सामाजिक सञ्जालमा अर्को गुट वा गुटका नेताविरुद्ध जस्तोसुकै अपमान गराउने कार्य भइरहेको छ ।’

    उनले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एक व्यक्ति एक पद भनेर अध्यक्ष तथा संसदीय दलको नेता जिते पनि आफू जितेपछि त्यो मान्यता कायम नगरेको बताएका छन् ।

    भुसालको प्रतिवेदनमा भनिएको छ- एक व्यक्ति एक पदको नारा लगाएर जितेपछि कि त दलको नेताबाट राजिनामा दिनुपर्थ्यो कि त्यो नारा नै गलत थियो भन्नुपथ्र्यो । आफूलाई जे फाइदा हुन्छ, त्यही पद्धति हो भन्ने कुरा यसबाट स्थापित भयो ।

    मन्त्री लगायत राजकीय पदहरुमा नियुक्ति गर्दा पनि गुटबन्दीले काम गरेको भन्दै उनले यसबीचमा अपवाद बाहेक संस्थापन पक्षले एकलौटी गरेको बताएका छन् । पुरुषोत्तम पौडेलले खेलकुद मन्त्री हुँदा जिल्ला खेलकुद विकास समितिमा नियुक्ति गर्नु अपवाद थियो भन्दै उनले अरु सबैमा संस्थ्ाापनलाई दोषी देखाएका छन् ।

    महासचिव ईश्वर पोखरेल नेतृत्वको केन्द्रीय सचिवालयको पनि भुसालले चर्को आलोचना गरेका छन् । उनले केन्द्रीय सचिवालय विधि विधान अनुसार नचलेको भन्दै यसबारे केन्द्रीय कमिटीले ठोस निर्णय गर्नुपर्ने बताएका छन् ।

    गौतम बुद्धका उपदेश र अन्तरक्रियाहरुबाट आफ्नो धारणालाई पटक-पटक पुष्टि गर्न खोजेका भुसालले राजनीतिक दस्तावेजको अन्त्य पनि बुद्धकै वाणीहरुबाट गरेका छन् ।

    उनी अगाडि लेख्छन्- तत्कालीन विकसित मगध राज्यका राजा अजात शत्रुले अविकसित बज्जीकामाथि आक्रमण गर्ने निर्णय गरे । त्यसैबेला बुद्ध मगध पुगेका थिए । आफ्नो योजनाबारे सल्लाह माग्न राजाले आफ्ना मुख्य दूतलाई बुद्धकहाँ पठाए । जब दूतले राजाको योजना बुद्धलाई बताए र सल्लाहका लागि अनुरोध गरे, बुद्धले नजिकै बसेका आफ्ना मुख्य चेला आनन्दतिर फर्केर सोधे-
    बुद्धः- आनन्द १ बज्जीहरु पहिले जस्तै संगठित छन् ?
    आनन्द-हो पहिले झैँ अहिले पनि संगठित छन् ।
    बुद्धः-उनीहरुले आफ्ना सबै निर्णय सामुहिकरुपमा गर्छन् ?
    आनन्द- हो, गर्छन् ।
    बुद्ध-उनीहरु जब आफ्ना समस्याका बारेमा छलफल गर्छन्, पहिले झैँ सानो-ठूलो नभनिकन समान हैसियतमा रहेर छलफल गर्छन् ?
    आनन्द- हो, त्यसै गर्छन् ।
    बुद्ध-पहिले-पहिले आफ्ना निर्णय लागू गर्न सबैले दिलोज्यानले काम गर्थे, आजकल पनि त्यसै गर्छन् ?
    आनन्द-सबैले सामुहिक निर्णय गर्छन्, सबैले लागू गर्छन् ।

    एमाले उपमहासचिव भुसाल बुद्धलाई उधृत गर्दै त्यसपछि लेख्छन्- ‘बुद्ध राजाका दूततिर फर्के र भनेः यदि बज्जीहरु सामुहिकतामा त्यति बढी विश्वास गर्छन् भने उनीहरुमाथि बिजय पाउन सम्भव छैन । उनीहरुमाथि आक्रमण गर्ने धृष्टता नगर्नू । यो शिक्षा आज नेकपा एमालेका लागि पनि असाध्यै महत्वको छ । हामीले पनि सामुहिक रुपमा छलफल गर्ने, निर्णयमा सबैलाई सहभागी गराउने र त्यो निर्णयको पालना सबैले गर्ने हो भने राष्ट्रिय एकतालाई सुदृढ गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवाद तर्फ अगाडि बढ्न कसैले रोक्न सक्दैन ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.