×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

अख्तियार भन्छ, ‘लडाकु शिविर अनियमितता छानबिन रोकिंदैन’

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ५, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुहरुको शिविर व्यवस्थापन, भत्ता, भरणपोषण खर्चको अनुसन्धान प्रक्रिया नरोकिएको दावी गरेको छ । आयोगका प्रवक्ता गणेशराज कार्कीले बजारमा चलेको हल्लाले कुनै अर्थ नराख्ने प्रतिक्रिया दिए ।

    ‘बाहिर कसले के बोल्छ, के अर्थले बोलिन्छ त्यसप्रति हामीले के नै प्रतिक्रिया दिनु उचित हुन्छ र ?’ कार्कीले भने, ‘पत्रकार सम्मेलन नै गरेर आयोगले अनुसन्धान अघि बढाएको भनिसकेपछि आयोग त्यत्तिकै पछि हट्ने कुरा हुँदैन ।’

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलिसकेको बताउँदै यो प्रकरण रोकिने बताएका थिए ।

    अख्तियारले चार वर्षअघि नै लडाकु भत्ता अनियमितता प्रकरणमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट फाइल लगिसकेको थियो । त्यसमध्ये केही कागजात नभेटिएको र तिनका लागि सम्बन्धित निकायमा आयोगले फेरी ताकेता गरिरहेको कार्कीले बताए । मागपछि प्राप्त हुने कागजातका आधारमा संलग्नहरुमाथि बयान पनि सुरु हुने आयोगले जनाएको छ । ‘आयोगले जे भेटिन्छ, त्यसकै आधारमा निर्णय गर्छ’ कार्कीले भने, ‘बजारमा आउने हल्लाले अनुसन्धान प्रभावित हुँदैन ।’

    सुडान छानविन प्रकरणमा पनि यस्तै प्रवृति दोहोरिएको भन्दै अख्तियारस्रोतले अनुसन्धान नरोकिने दाबी गरेको छ । २०६८ साल पूर्व आईजीपी ओमविक्रम राणाले सुडान प्रकरणमा मुछिएका प्रहरी केही अधिकारीहरुलाई निवासमै भेटेर अख्तियारका तत्कालिन सचिव भगवतीकुमार काफ्लेले मुद्दा नचलाउने आश्वासन दिएकाले निश्चिन्त रहन आग्रह गरेका थिए । तर अख्तियारले भने २८ करोड ८१ लाख मागदावी गरी विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।

    २०६८ साल जेठ २४ गते दायर मुद्दामा तीन प्रहरी पूर्वमहानिरीक्षकसहित ३४ प्रहरी अधिकारी, ठेकेदार एस्यूर्ड रिस्क लिमिटेडका मिचेर राडार र उनका नेपाल प्रतिनिधि शम्भु भारतीलाई विपक्षी बनाइएको थियो । अनुसन्धान विस्तृत तहमै पुगेको र थप फाइलहरुको खोजी भइरहेकाले त्यत्तिकै अन्त्य गर्न कानूनी रुपमा पनि सम्भव नहुने कार्कीले बताए । ‘प्रमुख आयुक्तज्यू भ्रमणमा जानुभएको छ, त्यसले केही फरक पार्दैन’ प्रवक्ता कार्कीले भने, ‘अनुसन्धान अधिकृत समेत तोकिइसकेकाले अनुसन्धानको काम आफ्नै गतिमा अघि बढ्छ ।’

    पदाधिकारी नियुक्त हुनुभन्दा अघि नै अख्तियारपले लडाकु भत्ता र भरणपोषणको खर्च विवादमा छानविन शुरु गरेको थियो । एक सहसचिवको नेतृत्वमा १० जनाभन्दा बढी अनुसन्धान अधिकृतको टोली बनाएर गरिएको छानविन विचमै सेलायो । ७ वटा मुख्य र २१ वटा सहायक शिविरमा व्यवस्था गरिएको माओवादी लडाकुहरुको व्यवस्थापनको विवरण त्यतिबेला शान्ति मन्त्रालयले अख्तियारलाई उपलब्ध गराइसकेको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.