×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आपत्तिजनक भेटघाट

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीलाई नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । सौजन्यः श्याम श्रेष्ठ

    प्रधानमन्त्री पुष्पकमल दाहालको यसपटकको भारत यात्राले निकै चर्चा पाएको छ र केही हदसम्म विवाद बढाएको पनि छ । एक अर्थमा त्यसमा असामान्यताको अंश केही बढी भए पनि पूर्वका यस्ता भ्रमणहरू सायदै विवादरहित रहेका छन् । सधैं झैं यो भ्रमणमा पनि सुरक्षा विषयमा उच्चतम तहमा चिन्ता र चासो व्यक्त गरिए र एकअर्काको भूमि एकअर्काविरुद्ध प्रयोग हुन नदिने वचनबद्धता पनि प्रकट गरियो ।

    नेपालविरुद्ध हतियार उठाउने र विखण्डनको राजनीति सञ्चालन गर्ने अनेक समूहले विभिन्न चरणमा भारतमा आ श्रय पाउँदै आएका छन् । भारतीय सुरक्षा अवधारणामा नेपाली भूमि भारतीय जाली नोट कारोबारी तथा तस्करले प्रयोग गर्ने गरेको मान्यताले प्राथमिकता पाउँदै आएको छ । यसपटकको यात्रामा प्रधानमन्त्री दाहालले टीकापुर प्रहरी हत्याकाण्डका नायकका रूपमा चिनिएका रेशम चौधरीसँग भेटघाट गरेको तथ्यले बढी आशंका उत्पन्न गरेको छ भारतप्रति ।

    उच्च सुरक्षा सर्तकता र भारतीय सुरक्षा अधिकारीहरूको कडा निगरानीमा रहेको प्यालेस होटेलमा चौधरीले प्रधानमन्त्री दाहालसँग भेटे । प्रधानमन्त्रीले सम्भवतः उनलाई नचिनेका हुन सक्छन्, तर नेपाल सरकारको सर्वाधिक ‘वान्टेड’ सूचीमा रहेका र ‘रेड कर्नर’ सूचना जारी गरिएका व्यक्तिको भारतीय सुरक्षा अधिकारीहरूले पहरा दिएको ठाउँमा उपस्थितिले भारतलाई थप जिम्मेवार र जवाफदेही बनाएको छ, दुईपक्षीय समझदारीका सन्दर्भमा ।

    नेपाली सुरक्षा निकायहरूसँग परामर्श नगरी उपप्रधान तथा गृहमन्त्रीले टीकापुर घटनाका अभियुक्तविरुद्धको मुद्दा फिर्ता घोषणा गर्नु र लगत्तै चौधरीको दिल्लीमा उच्च सुरक्षाबीचको सभास्थलमा प्रधानमन्त्रीसमक्ष उपस्थितिलाई संयोग मात्र भन्न सकिन्न । के भारत अर्को मध्यस्थतामार्फत नेपालमा राजनीति र आपराधिक गतिविधिबीचको सीमा रेखालाई भेट्न चाहन्छ ?

    प्रधानमन्त्री दाहाल स्वयंले पनि यो भेटघाटको पृष्ठभूमि र मनसायबारे नेपाली जनतालाई जानकारी दिनु आवश्यक छ । अहिले अभूतपूर्व रूपमा भारत आफैँ आक्रान्त छ । उग्रवादमा आधारित राजनीतिबाट खासगरी कश्मीरमा यद्यपि त्यसका राजनीतिक पक्ष पनि छन् ।

    त्यस्तो अवस्थामा हत्या र हिंसामा उत्रिएका या निर्देशित गरेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन प्रोत्साहित गर्नुको साटो ‘सम्मानजनक राजनीतिक आवरण’ दिलाई प्रधानमन्त्री दाहालसँग भेटघाटको तारतम्य मिलाउँदा दुईपक्षीय सम्बन्धमा थप असहजता आउनेछन् । त्यसले थप जटिलता तथा अन्तर्राष्ट्रिय आयाम पनि पाउनेछ किनकि भारत-पाकिस्तान आरोप-प्रत्यारोपको पृष्ठभूमिमा यस क्षेत्रका सबै मुलुकको हिंसात्मक र उग्रवादमा आधारित राजनीतिलाई विश्वले नियालिरहेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.