×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अदालतसँग पनि लोकमानको कुरा मिलाइसकेको बुझिन्छ : दाहाल

  •  
  • बुधबार, असोज ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन ५, २०७३- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र सर्वोच्च अदालतबीच पनि कुरा मिलिसकेको आफुले थाहा पाएको बताएका छन् । लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया बारे पार्टी नेताहरुलाई जानकारी दिने क्रममा मंगलबार उक्त कुरा बताएका हुन् ।

    लाजिम्पाटस्थित निजी निवासमा मंगलबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा दाहालले यस्तो बताएका हुन् । ‘अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रोतर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा हिँडेपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टि देखियो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै माओवादी उच्च स्रोतले भन्यो, ‘मैले सबै कुरा प्रस्ट बताइदिएको छु । उनले (कार्कीले) ‘रियलाइज’ पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नुस् ।’

    दाहालले अदालत र अख्तियारको पाटोमा के कुराकानी हुन्छ भन्नेबारे आफूले विस्तृतमा चासो राख्न नपाएको पनि बैठकमा बताएका थिए । ‘अदालतसँग पनि उनको (लोकमान) कुरा मिलाइसकेको बुझिन्छ, यसबारे मैले विस्तारमा कुराकानी गर्न बाँकी छ,’ दाहालको भनाइ उद्धृत गर्दै बैठकका अर्का सहभागीले भने । सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्तिको योग्यतासम्बन्धी विषयमा भएको फैसलाको पुरावलोकन गर्ने निर्णय गरेकै दिन अख्तियारले लडाकु शिविर अनियमितताको छानबिन प्रक्रिया अघि बढाउने बताएको थियो ।

    अब त्यो दोहोरो आशंकाको अध्याय सकिएको भन्दै दाहालले केन्द्रीय कार्यालय सदस्यलाई आश्वस्त पारेका थिए । प्रवक्ता पम्फा भुसालले भने अख्तियारबाट माओवादीका लडाकु शिविरमा भएको भ्रष्टाचार तथा अनियमितताबारे अनुसन्धान थाल्ने भनी आएको समाचारसम्बन्धी विषयले बैठकमा प्रवेशै नपाएको दाबी गरिन् । ‘पार्टीको प्रवक्ता म हुँ, अरू पनि नयाँ–नयाँ प्रवक्ता निक्लेर केही भनेछन् भने थाहा भएन,’ उनले भनिन्, ‘यसबारे आजसम्म केही पनि कुरा उठेको छैन ।’

    नेताहरूद्वारा आलोचना
    माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर बैठकमा आइतबार सकिएको प्रधानमन्त्रीको भारत भ्रमणबारे अरू नेताले धारणा तथा समीक्षा राखेको भुसालले जानकारी दिइन् । ‘हिजो प्रधानमन्त्रीले भारत भ्रमणबारे पार्टीलाई जानकारी गराइसकेकाले आज त्यसैको सेरोफेरोमा अरू नेताले धारणा राख्नुभयो,’ उनले भनिन्, ‘यो भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउने, भूकम्पपछिको पुनर्निर्माणमा भारतको थप सहयोग प्राप्त हुने र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्ने अवस्थालाई भ्रमणको मुख्य उपलब्धिका रूपमा बैठकले निष्कर्ष निकालेको छ ।’
    तर, पार्टी केन्द्रीय कार्यालयका नेताहरूले दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा केही बुँदाले विवाद र अन्योल सिर्जना गरेकाले त्यसबारे प्रस्ट धारणा बाहिर आउनुपर्ने माग गरेका थिए । उनीहरूले संयुक्त वक्तव्यमा नेपालको संविधानको स्वीकार्यता र संशोधनजस्तो आन्तरिक मामिला समावेश गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यस्तै भारत सरकारले सञ्चालन गरेका आयोजना र कार्यक्रमको अनुगमन नेपाल सरकार र भारतीय दूतावास दुवैले गर्ने भन्ने वाक्यांशले गलत सन्देश गएको भन्दै उनीहरूले दाहालको आलोचना गरेका थिए ।

    सोमबारको बैठक थाल्दै दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूभन्दा ठूलो नेता भनी प्रशंसा गरेको सुनाएका थिए । ‘मोदीले तपाईं मभन्दा ठूलो नेता हो, म तपाईंजति ठूलो नेता होइन भन्दै प्रशंसा गरेका छन्, उनले भारत बदलिइसकेकाले अब मैले जे भन्यो, त्यही गर्ने आश्वासनसमेत दिए,’ दाहाललाई उद्धृत गर्दै बेठक स्रोतले भन्यो, ‘मोदीजीसँग खुलेरै कुरा भयो । यो भ्रमणबाट द्विदेशीय सम्बन्धमा धेरै विश्वास पैदा भएको छ । असमझदारी र आशंका हटेका छन् । भ्रमण मैले अपेक्षा गरेभन्दा बढी सफल भयो ।’

    नेताहरूले संयुक्त वक्तव्यमा प्राविधिक कमजोरी थुप्रै भएको भन्दै आलोचना गरे पनि दाहालले त्यस्तो कमजोरी नभएको, सामान्य त्रुटि केही भए व्यवहारमा सच्याउँदै जाने आश्वासन बैठकमा दिएका थिए । सोमबारको बैठकमा दाहालले आफ्नो कुरा राख्दै गर्दा अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा बीचैमा उठेर हिँडेका थिए । मंगलबारको बैठकमा उनीहरू दुवै उपस्थित भएनन् । नेता देव गुरुङ, वर्षमान पुन, मणि थापा, गोपाल किरातीसमेत अनुपस्थित रहे । पुन चीन भ्रमणमा तथा अरू केही नेता राजधानीबाहिर रहेको प्रवक्ता भुसालले बताइन् ।

    बैठकमा सहभागी अधिकांश नेताले भारत नेपालप्रति रणनीतिक र कार्यनीतिक दुवै किसिमले नबदलिइसकेको भन्दै भ्रममा नपर्न दाहाललाई चेतावनी दिएका थिए । ‘उत्पीडनकारी व्यवहार उस्तै छ, संविधानसम्बन्धी पुरानो दृष्टिकोण पनि उस्तै रह्यो, यस्तो देशसँग अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा एउटै धारणा बनाउने भन्ने निर्णय कसरी पर्न गयो ?’ एक नेताले बैठकमा सोधेका थिए, ‘दूतावासलाई राज्यकै हैसियतमा आयोजना र कार्यक्रम अनुगमन गर्न दिनेजस्तो विषय त चन्द्रशमशेर र मोहनशमशेरकै समयको कुरा हो ।’

    ती नेताको प्रश्नमा दाहालले राष्ट्रघात भएको भन्ने टिप्पणी सरासर झूट भएको भन्दै प्रतिरक्षा गरेका थिए । त्यसपछि ती नेताले ‘तपाईंको नियतमा राष्ट्रघात छ भनेर हामी कोही पनि विश्वास गर्न सक्दैनौं, तर व्यवहारमा गलत देखिने भयो, यसलाई सच्याऔं’ भनेका थिए । बैठकबारे जिज्ञासा राख्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठले भारत भ्रमण सफल भएको निर्णय हेडक्वार्टर बैठकले गरेको जानकारी दिए । ‘पार्टीको निर्णय भारत भ्रमण सफल भएको छ भन्ने हो, अरू केही विषय पनि छलफलमा आएका छन्,’ श्रेष्ठले भने ।

    पार्टी बैठकका विषय प्रवक्ता भुसालबाहेक अरूले बाहिर लान नपाउने निर्णय भएको अर्का एक नेताले बताए । प्रवक्ता भुसालका अनुसार बैठकले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच न्यानो सम्बन्ध विकास भएको, नेपाली र भारतीय जनताको सम्बन्ध थप सुदृढ भएको, भुटान र बंगलादेशमा समेत नेपालले खुला व्यापार गर्ने गरी खुला मार्केटको अवधारणामा पीटीए भएको, भूकम्पको पुनर्निर्माणमा भारतले थप सहयोग घोषणा गरेको, नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गरेको’ विषयलाई भ्रमणका मुख्य उपलब्धिका रूपमा निष्कर्ष निकालेको छ । बैठक बुधबार पनि जारी रहनेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.